Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, July 28, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, July 28, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सुरक्षा समीक्षा बैठक : धार्मिक अतिवाद मधेशको प्रमुख सुरक्षा चुनौती

सुरक्षा समीक्षा बैठक : धार्मिक अतिवाद मधेशको प्रमुख सुरक्षा चुनौती

गौरव पोखरेल शैलेन्द्र महतो गौरव पोखरेल 
जनकपुर/काठमाडौं । मधेश प्रदेशका सुरक्षा अधिकारीहरुले सामाजिक एकता, सद्भाव र सहिष्णुतामा प्रहार गरेर समाजलाई अशान्तिको दिशातिर लैजाने तत्वहरु सक्रिय रहेको निष्कर्ष निकालेका छन् । धरानदेखि सुरु भएको अशान्ति फैलाउने प्रयास मधेशमा पनि सक्रिय रहेको सुरक्षा सम्बद्ध अधिकारीहरुको विश्लेषण छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतको उपस्थितिमा महोत्तरीको बर्दिबासमा बुधबार भएको प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठीमा ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले धार्मिक अतिवाद अहिलेको प्रमुख सुरक्षा चुनौतीका रुपमा देखा परेको रिपोर्टिङ सुनाए ।

छलफलमा सहभागी एक अधिकारीका अनुुसार, प्रमुख जिल्ला अधिकारीहरुले हिन्दु र मुस्लिम समुदायका धार्मिक एवं सांस्कृतिक कार्यक्रममा एकअर्कालाई सहयोग नगर्ने, बरु द्वन्द्व सिर्जना गर्ने मनोविज्ञान देखिएको ब्रिफिङ गरेका छन् । ‘एक अर्काको अस्तित्व स्वीकार नगर्ने परिस्थिति देखिन थालेको छ’, एक प्रमुख जिल्ला अधिकारीले भने, ‘समुदायबीचमा विश्वासको वातावरणमा कमी आएको छ ।’

सर्लाहीमा कर्फ्यू लागेका बेला समेत मानिसहरु बाहिर निस्किएर आगजनी र तोडफोड गरेको ब्रिफिङ समेत अधिकारीहरुले सुनाए ।

‘४ असोजमा भएको तनावमा कफ्यू उल्लंघन गरेर मलंगवा–३, नुर हार्डवेयर नजिकै मुस्लिम समुदायका व्यक्तिहरुले घरमा आगजनीको प्रयास गरेका थिए, त्यसलाई सुरक्षा संयन्त्रले समयमै सावधानी अपनाउँदा रोक्न सम्भव भयो’ बैठकमा एक सुरक्षा अधिकारीले ब्रिफिङ गरे, ‘मलंगवा–१० मा झण्डै २/३ सयको संख्यामा हिन्दु समुदायका मानिसहरु बेला भएर सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा प्रहार गरेका थिए, त्यसपछि हवाई फायर समेत गर्नुपरेको थियो ।धार्मिक तनावका बीच सर्लाहीमा प्रशासनले कर्फ्यू आदेश जारी गर्नुपरेको थियो । ‘दुवै जिल्लाको विषयमा सुक्ष्म रुपमा छलफल भयो, साथै यस्ता तनावको स्थिति सिर्जना हुनसक्ने अन्य स्थानबारे पनि विषयहरु उठे’, जनकपुरका एक सुरक्षा अधिकारीले भने, ‘सबैको निष्कर्ष सामाजिक सञ्जाललाई नियमन गरेर सद्भाव विगार्नेलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने रह्यो ।’

अर्का प्रमुख जिल्ला अधिकारीले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्नुपर्ने राय राखे । ‘अहिले भइरहेका जतिपनि झडप वा हिंसाका घटना छन्, त्यसमा आगो बाल्ने काम सामाजिक सञ्जालबाट पनि भएका छन्’, उनले भने, ‘सोसल मिडियामा ग्रुप बनाउने, शेयर गरेर मानिसहरुलाई भड्काउने काम भइरहेको छ ।’

जानाजान वा अन्जानमा द्वन्द्वको दिशातिर यो समाजलाई धकेल्ने काम भइरहेको संकेतहरु देखा पर्न खोज्दैछ, केही गतिविधिहरुले गम्भीर प्रश्न चिह्न उठाइरहेका छन् – नारायणकाजी श्रेष्ठ, उपप्रधान एवं गृहमन्त्री
सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले पनि सामाजिक सञ्जालमा कि नियमन गर्ने क्षमता राख्नुपर्ने नभए बन्द गर्ने विषयमा सोच्नुपर्ने प्रस्ताव राखे । ‘जसरी हुन्छ सामाजिक सञ्जालमा समूह बनाएर द्वन्द्व फैलाउनेलाई रोक्नुपर्ने चुनौती हामीसामू छ’ अर्याललेको भनाइ उदृत गर्दै एक सुरक्षा अधिकृतले भनेका छन्, ‘धार्मिक लफडाले टाढाको मान्छे मर्दैन, हाम्रै दाजुभाइ मर्छन् भन्ने कुरा आम जनतालाई बुझाउनु पर्‍यो ।’

अर्यालले सुरक्षा अधिकृतहरुलाई समेत शान्ति मिसनमा धार्मिक दंगामा जाँदा भोगेका परिस्थितिलाई समेत स्मरण गराउँदै नागरिकलाई सचेत बनाउने गरी लाग्न निर्देशन दिए ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले अर्यालसँग मिल्दो धारणा राखे । ‘अहिले धेरै समस्या बढेको सामाजिक सञ्जालको दुरुपयोगले हो, प्रहरीले भेटेजतिलाई समात्ने, कारबाही गर्ने रणनीति लिएको छ’, उनले भने, ‘मानिसहरुलाई सामाजिक सञ्जालबाट उत्तेजित बनाउने प्रयास भइरहेको छ, त्यसले वातावरण विग्रिएको छ ।’ कुँवरले नेपालगञ्जमा अहिले भइरहेको तनावको समेत उदारहण दिँदै त्यो विषय सामाजिक सञ्जालबाट सुरुवात् भएको सुनाए । ‘यस्ता कार्यमा संलग्नविरुद्ध एग्रेसिभ्ली जानुपर्छ’, कुँवरले भने ।

अधिकारीहरुले विभिन्न धार्मिक व्यक्तिहरले पनि गतिविधिका पक्ष र विपक्षमा उत्तेजक तर्क राखेर सामाजिक सञ्जालमा राखेको भन्दै त्यसमा कमेन्ट गर्नेले झन् वातावरण विगारिरहेको बताए । ‘तथ्यलाई तोडमोड गरेर विभिन्न उद्देश्य बोकेका मानिसहरुले भड्काउने खाल्का सामाग्री पोष्ट गरिरहेका छन्’, एक अधिकारीले भने, ‘आफ्ना रीतिरिवाजको आडमा अर्को धर्म र जातलाई हेला र अपहेलाना गर्ने प्रवृत्तिले विवाद सिर्जना गरिरहेको दुखद् स्थिति छ ।’

प्रमुख जिल्ला अधिकारीहरुले मधेशमा सर्लाहीमा ५ र महोत्तरीमा एउटा धार्मिक तनावको घटना सार्वजनिक भएपनि भित्रभित्रै परिस्थिति भड्काउने तत्वहरु सक्रिय रहेको विश्लेषण सुनाए । ‘धर्मको नाममा अतिवादी समूहरुबाट भड्काउने, उक्साउने काम भइरहेको छ, यसमा आन्तरिक तत्व मात्र जिम्मेवार रहेको देखिँदैन’ एक प्रमुख जिल्ला अधिकारीले विश्लेषण सुनाए, ‘सार्वजनिक स्थानमा एकै समयमा एकैठाउँमा विभिन्न जाति विशेषका धार्मिक, सामाजिक तथा संस्कृति कार्यक्रम सञ्चालन गर्न दिइनु हुन्न ।’

रिपोर्टिङ सुनेपछि गृहमन्त्री श्रेष्ठ समेत देशको बहुजातीय, बहुधार्मिक, बहुभाषीय र बहुसांस्कृतिक मौलिक पहिचान रहेको विशेषतामाथि प्रहार गर्ने प्रयास भएको बताए । ‘हाम्रो विविधता बीचको एकता, सद्भाव र सहिष्णुतामा केही समय यता प्रहार भइरहेको छ, यसमा आँच पुर्‍याउने, कमजोर पार्ने काम भइरहेको छ’ गृहमन्त्री श्रेष्ठले सुनाए, ‘जानाजान वा अन्जानमा द्वन्द्वको दिशातिर यो समाजलाई धकेल्ने काम भइरहेको संकेतहरु देखा पर्न खोज्दैछ, केही गतिविधिहरुले गम्भीर प्रश्न चिह्न उठाइरहेका छन् ।’

अहिलेको स्थितिमा सुरक्षा निकायहरुले सामाजिक एकता र विविधताबीचको एकतालाई कायम राख्ने गरी काम गर्नुपर्ने उनले बताए । ‘सामाजिक एकता कायम गर्न सक्यौं, राष्ट्रिय एकता कायम गर्न सक्यौं भने मात्रै हाम्रो मौलिक परम्परा मूल्य र संस्कृतिको पनि रक्षा गर्न सक्छौं’ श्रेष्ठले भने, ‘आफ्नो परम्परा, धार्मिक आस्था र मुल्यको रक्षा गर्ने नाममा एकअर्काप्रति लक्षित हुन थाल्यौं भने त्यसले देश र समाजलाई गम्भीर नकरात्मक असर पुर्‍याउने छ ।’

सुरक्षा समीक्षा बैठक लगत्तै गृहमन्त्री श्रेष्ठले प्रदेशका सबै राजनीतिक दलका प्रमुख धार्मिक अगुवा, नागरिक समाज लगायतसँग अन्तरक्रिया गरेका थिए । साम्प्रदायिक सद्भाव खलबलिन खोजेको संकेत देखिएको भन्दै त्यसमा श्रेष्ठले सबैलाई गम्भीर बनिदिन आग्रह गरे ।

सुरुमा सहभागीका धारणा सुनेका उनले अन्तिममा जवाफ दिँदै सामाजिक एकता कायम गर्दै सद्भाव र सहिष्णुताको रक्षा गर्न आग्रह गरे । ‘कुनै पनि कोणबाट सामाजिक एकतालाई खलल पुर्‍याउने सद्भाव र सहिष्णुतालाई खलल पुर्‍याउने राष्ट्रिय एकतालाई कमजोर पार्ने दिशातिर नलागौं’, श्रेष्ठले अपिल गरे । यो समाचार अनलाइन खबर बाट साभार गरिएको हो ।

एन.पी खबर

Related Posts

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?