Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, August 13, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, August 13, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

आज दिपावली !

आज दिपावली !

आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ। यसवर्ष तिथिको हेरफेरका कारण कुकुर तिहार तेस्रो दिनमा परेको छ । जसले गर्दा आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

कात्तिक कृष्ण चतुर्दशीको दिन कुकुरलाई विशेष सम्मान गर्दै मनपर्ने परिकार दिनुपर्ने धार्मिक मान्यता छ। यमराजको द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुला गरिदिने विश्वासले कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन्। युधिष्ठिरलाई स्वर्ग यात्रामा पनि साथ दिएको धार्मिक कथाले कुकुरलाई मानवकै हितैषी मानिन्छ।

आजका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन अरुणोदयकालमा नदी वा तलाउमा स्नान, तर्पण गरि यमदीप बगाउँदा नरकको दर्शन नगर्नु पर्ने धार्मिक विश्वास छ। बिहानै घर सफा सुग्घर गरेर गाईको गोबर र रातोमाटोले लिपपोत गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ, जसलाई दीपमालिका पनि भनिन्छ।

कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि भनिन्छ। लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै पूजाकोठासम्म गाईको गोबर, रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मीको आगमनको मार्ग तयार गरिन्छ। पाइलापिच्छे दीप प्रज्ज्वलन गरी झिलमिलि बनाइन्छ, जहाँ हाल मैनबत्तिको प्रयोग पनि बढ्न थालेको छ। तर, दीयोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् गौतम बताउँछन्।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने परम्परा छ। सन्ध्याकालमा पूजा गरी मध्यरातमा घरका महिलाले ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धन-धान्यको आगमन होस्’ भनी नाङ्लो ठटाउने चलन पनि छ। आज साँझ युवतीहरूले समूहमा भैलो खेल्ने प्रचलन छ, जसलाई भगवान विष्णुले बलिराजालाई दिएको वरदानको सम्झनामा गाइन्छ। भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा, रोटी दिइन्छ, जसलाई कात्तिकको दान मानी पुण्य प्राप्त हुने विश्वास छ।

यस अवसरमा आज बजारमा दीपावली गरी झिलमिलि सजाइन्छ। कतै कतै आजै गाई पूजा गर्ने परम्परा पनि छ, यद्यपि औँसीपछि मात्र गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई बताउँछन्।

एन.पी खबर

Related Posts

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

लोकप्रीय

नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नवराजपुरमा समाजसेवी जयकृष्ण यादवद्वारा १३० घरधुरीलाई झुल वितरण
  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?