Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, June 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

गृह मन्त्रालय र केयूबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं। गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालय (केयू)को मानसिक स्वास्थ्य विभागबीच मानसिक स्वास्थ्य अध्ययन-अनुसन्धानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा दीपक कुँवरले समझदारीपत्रमा आज हस्ताक्षर गरेका हुन्।

त्यस अवसरमा गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा आत्महत्याका घटानालाई नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे। गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याका घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे।

“आत्महत्याको विषय गम्भीर छ। प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु। पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन्। जसमध्ये ११ जनाको मुत्यु भएको छ। बाँच्न सफल २६ जनाले जुनसुकै बेला पनि आत्महत्या गर्ने खतरा हुन्छ”, उनले भने।

आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौं विश्वविद्यालयले अध्ययन र अनुसन्धान गर्ने उनको भनाइ छ। “नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्नेमा हामीले काम राखेकै छौं। तर यत्तिले पुगेन। थप अगाडि बढ्नुपर्यो। त्यसका लागि काठमाडौं विश्वविद्यालयलेसँग मिलेर काम गर्दा उपलब्धि प्राप्त गर्छौं,” गृहमन्त्री लेखकले भने, “आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या उद्योग गरे पनि मृत्यु नभएका मान्छेको पहिचान गरेर प्रहरीले काठमाडौँ विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउँछ।”

उनका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिनेछ। आत्महत्या नियन्त्रण र न्यूनीकरणसम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए। केही समयपछि आत्महत्यासम्बन्धी एउटा ‘एप’ विकास गरेर सबै कुरालाई एपमा समावेश गर्ने योजना रहेको पनि उनको भनाइ छ।

आत्महत्या न्यूनीकरणबारे तीन महिनामा आवधिक मूल्यांकन गर्न गृहमन्त्री लेखकले निर्देशन दिए। “तीन महिनामा नेपाल प्रहरीले आत्महत्याको प्रयास गरेका कति मान्छेलाई मानसिक स्वास्थ्य विभागलाई जानकारी गरायो। कति जनालाई मानसिक स्वास्थ्य विभागले मनोपरामर्श दियो। हामीले कति मान्छेलाई जोगाउन सक्यौँ भनेर आवधिक रुपमा मूल्यांकन गर्नुपर्छ,” उनले भने।

विश्वविद्यालयका मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौँ बाहिर पनि काम गर्ने अवस्था बनेको बताए। ‘टेलिमेडिसियनमार्फत दूरदराजसम्म पनि पुग्न सकिन्छ । गृह मन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ”, उनले भने।

एन.पी खबर

Related Posts

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

लोकप्रीय

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

जलवायु च्याम्पियन हानिकारक कृषि अभ्यास विरुद्ध जनचेतनामूलक र्‍याली

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास
  • सवल नेपालको समुन्नति कार्यक्रमले उद्यमी बढे : खडकमा परिवर्तनको कथा
  • किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?