महेश सिंह लहान – नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहा जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बिहारी रायको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।
शनिबार सम्पन्न अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेस सिरहा जिल्ला सभापति एवं संविधानसभा सदस्य रामचन्द्र यादव थिए। उनले यातायात ऐनमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए। ‘सडकमा गुड्ने साना सवारी साधनको संख्या कम भए पनि ठूला गाडीलाई मात्रै दोषी देखाउने प्रवृत्ति गलत छ,’ यादवले भने, ‘यातायात व्यवसायीहरूको हकहितका लागि आफू सधैं साथमा रहनेछु।’
अधिवेशनले निर्वाचित जिल्ला कार्यसमिति यस्तो छ:
अध्यक्ष बिहारी राय,उपाध्यक्ष राजकुमार यादव,सचिव परमेश्वर यादव,सह-सचिव बैजनाथ यादव,कोषाध्यक्ष इंजीलाल चौधरी सदस्यहरूमा रामप्रकाश यादव,कैलाश यादव, मउनु झा, अरुण कुमार सिंह लगायतका सदस्य चयन भएका छन्।
कार्यक्रममा वक्ताहरूले यातायात व्यवसायीहरूको समस्या र समाधानबारे छलफल गरेका थिए। उनीहरूले यातायात व्यवसायलाई व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
नव-निर्वाचित नेतृत्वले यातायात व्यवसायीहरूको हकअधिकार सुनिश्चित गर्ने र यातायात सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको सञ्चालन बिजय यादवले गरेका थिए भने स्वागत मन्तव्य पूर्व अध्यक्ष हरिनारायण यादवले राखेका थिए।







