Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 15, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 15, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

प्याब्सन सिरहाको आपत्ति— “कमिसन दिने प्रकाशनको किताब मात्र लागू”

प्याब्सन सिरहाको आपत्ति— “कमिसन दिने प्रकाशनको किताब मात्र लागू”

महेश सिंह लहान – सिरहा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एकरूप पाठ्यपुस्तक प्रयोग अनिवार्य गरेको छ। नगर शिक्षा समितिको चैत २८ गते बसेको बैठकको निर्णयअनुसार शैक्षिक गुणस्तरमा एकरूपता ल्याउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो।
नगर कार्यपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनामा भनिएको छ, “शैक्षिक प्रणालीलाई प्रभावकारी र समान बनाउन पाठ्यपुस्तकको एकरूपता आवश्यक भएकाले सम्पूर्ण विद्यालयमा तोकिएको पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्नेछ।”
निर्णयअनुसार कक्षा १ देखि १० सम्मका लागि नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा सामाजिक अध्ययन विषयमा एकरूपता लागू गरिएको छ। सूचनाअनुसार, कक्षा १–५ का लागि ‘त्रिवेणी’ पब्लिकेशनको नेपाली पुस्तक र कक्षा ६–१० का लागि ‘जनक शिक्षा सामग्री केन्द्र’को पुस्तक प्रयोग गर्नुपर्नेछ। अङ्ग्रेजीमा ‘टाइम्स’, गणितमा ‘वेदान्त’, विज्ञानमा ‘विजय पब्लिकेशन’ र सामाजिक अध्ययनमा ‘हिङसोर’को पुस्तक लागू गरिएको छ।
शिक्षा शाखाले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक लगायत सबै सरोकारवालालाई निर्णय कार्यान्वयनमा सहकार्य गर्न आह्वान गरेको छ। नगर प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवद्वारा हस्ताक्षरित सूचनामा, तोकिएको मापदण्डअनुसार कक्षा सञ्चालन नगर्ने विद्यालयमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
तर, पुस्तक चयनमा पारदर्शिता नदेखिएको भन्दै निजी विद्यालय संगठन (प्याब्सन) सिरहाले भने आपत्ति जनाएको छ। प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले ‘कमिसन दिने प्रकाशन’का पुस्तक मात्र छनोट गरिएको आरोप लगाएका छन्।
“दर्जनौं प्रकाशनमध्ये कमिसन दिने प्रकाशनको मात्र पुस्तक लागू गरिएको छ,” उनले भने, “शिक्षा सुधार र एकरूपता भन्नुको नाममा आर्थिक प्रलोभन र चलखेलका आधारमा निर्णय गरिएको छ।”
चौधरीका अनुसार निर्णय नगर प्रमुख, शिक्षक, विद्यालय वा अभिभावकसँग कुनै परामर्श नगरी सताकाे अन्त्यमा हठात् सूचनामार्फत लादिएको छ।
नगर प्रमुख नवीन कुमार यादवसँग यसबारे बुझ्न पटकपटक प्रयास गर्दा फोन नउठाएको चौधरीको भनाइ छ। फोन उठे पनि उहाँको तर्फबाट अरू कसैले ‘कार्यक्रममा व्यस्त हुनुहुन्छ’ भन्दै पछि सम्पर्क गर्ने जानकारी दिएको तर पछि सम्पर्क नभएको चौधरीको दाबी छ। प्याब्सनले सूचनाको खारेजीको माग गर्दै आवश्यक परे आन्दोलनमा जानेसमेत चेतावनी दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

लोकप्रीय

सप्तरी : नेङ्गडा बैरियास्थित शत्रुध्न मा.वि.को ७०औं वार्षिक उत्सव भव्य

सप्तरी : नेङ्गडा बैरियास्थित शत्रुध्न मा.वि.को ७०औं वार्षिक उत्सव भव्य

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत
  • नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 
  • पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग
  • सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?