Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

एसपी पाण्डे गो’ली मार्न कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेपछि…

एसपी पाण्डे गो’ली मार्न कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेपछि…

सिरहा । सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी हिराबहादुर पाण्डे र कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवबीच विवाद भएको छ ।
विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डे आइतबार राति साढे १ बजे पेस्तोलसहित कांग्रेस सिराहा सभापति यादवको घरमा पुगेको खुलेको छ । आफ्नो सरुवा गरिदिने धम्की दिएको र प्रहरी प्रधान कार्यालयले आफूलाई हेडक्वार्टर तानेपछि एसपी पाण्डे सभापति यादवसँग आक्रोशित हुँदै मार्छु भन्दै उनको घरमा पुगेका हुन् ।
स्रोतका अनुसार पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले एसपी क्वार्टरमा फर्काएका थिए ।
कांग्रेस सिराहाका सभापति यादवले आफूलाई मार्छु भन्दै एसपी पाण्डे पेस्तोल लिएर आफ्नो घरमा आएको बताए । उनले भने, ‘उहाँ (एसपी साप) सँग मेरो खास मतभेद थिएन । तर, राति मलाई मार्छु भनेर पेस्तोलसहित मेरो घरमा आउनु भएको रहेछ ।’
सभापति यादवले आफूहरूबीच मतभेद नभएको र मार्छु भन्दै आएको विषयमा आफूले सोधखोज गरिरहेको बताए । ‘मेरो घरमा पेस्तोल लिएर मार्छु भन्दै आएका पाण्डेलाई सीडीओ कवारी र सशस्त्रका एसपी गिरीले फर्काएर लिएर जानुभएको रहेछ । मैले अहिले मात्रै थाहा पाए । यो विषयमा सोधखोज गर्दैछु,’ उनले भने ।
प्रहरी प्रधान कार्यालयले सरुवा गरेपछि पाण्डे यादवमाथि जाइलागेका हुन् । तर, एसपी पाण्डेले भने आफूहरूबीच विवाद नभएको र आफू मार्छु भनेर यादवको घर नगएको दाबी गरे । ‘उहाँसँग कुनै विवाद भएको होइन,’ एसपी पाण्डेले भने, ‘कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ गरेपछि उहाँ (यादव) ले मलाई मेरो सुरुवा गर्छु भन्नुभएको थियो र सरुवा पनि भयो ।’
प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । एसपी पाण्डले अभियुक्तलाई समातेपछि यादवले छोड्न आफूलाई दबाब दिएको बताए ।
‘अभियुक्तलाई समातेपछि छोड्न उहाँले मलाई दबाब दिनुभएको थियो,’ उनले भने, ‘विवाद भएको चाहिँ यी विषयमा हो, अरु कुरामा होइन ।’ आफ्नो सरुवाको विषयलाई लिएर आफू यादवको घरमा नपुगेको एसपी पाण्डेको दाबी छ ।
उता सिराहाका प्रमुख जिल्ला अधिकारी कवारीले भने एसपी पाण्डे गस्तीमा गएको र अरु कुरा आफूलाई थाहा नभएको बताए । ‘एसपी साप गस्तीमा जानु भएको हो,’ उनले भने, ‘अरु कुरा हामीलाई थाहा छैन ।’
प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । एसपी पाण्डे ८ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा भएका थिए । – शिलापत्र

मिथिला रत्न

Related Posts

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?