Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, March 13, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, March 13, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

‘नर्कको ढोका’ बन्द हुँदै

‘नर्कको ढोका’ बन्द हुँदै

काठमाडौं । मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको उत्तरी क्षेत्रमा एउटा ठूलो खाडल छ, जसलाई गेट अफ हेल अर्थात् नर्क जाने ढोका भनिन्छ । उक्त नर्कको ढोका अब बन्द हुने भएको छ । तुर्कमेनिस्तानका राष्ट्रपतिले उक्त नर्कको ढोका बन्द गर्न आदेश दिएका छन् ।

तुर्कमेनिस्तान यस्तो देश हो जसको ७० प्रतिशत भूभागमा काराकोरम मरुभूमि छ । साढे ३ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त मरुभूमिको उत्तरतर्फ गेट क्रेटर नामको निकै नै भिमकाय खाडल छ ।

६९ मिटर चौडा तथा ३० मिटर गहिरो उक्त खाडलमा केही दशकदेखि आगोको ज्वाला दन्किरहेको छ । तर कुनै अलौकिक कारणले गर्दा उक्त खाडीमा आगो दन्किएको होइन । त्यहाँबाट निस्कने प्राकृतिक ग्‍याँस मिथेनका कारण त्यहाँ आगो बलेको हो ।

राष्ट्रपति गुरबांगुली बर्डीमुखामेदोभले उक्त खाडल बन्द गर्ने कार्यलाई पर्यावरण तथा स्वास्थ्यसम्बन्धी कारणका साथै ग्‍याँस निर्यात बढाउने प्रयासका रुपमा हेरिएको छ ।

टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति गुरबांगुलीले भनेका छन् , ‘हामीले महत्वपूर्ण प्राकृतिक संसाधन गुमाइरहेका छौँ जसबाट हामीलाई ठूलो लाभ हुन सक्दथ्यो। हामीले यसको प्रयोग मानिसहरुको जिवनलाई उत्तम बनाउनका लागि गर्न सक्दछौँ ।’

उक्त नर्कको ढोकामा दन्किरहेको आगो निभाउने उपाय खोज्न उनले अधिकारीहरुलाई आदेश दिएका छन् । तर त्यहाँको आगो निभाउन तुर्कमेनिस्तानले गरेको प्रयास यो पहिलो पटक भने होइन । सन् २०१० मा पनि राष्ट्रपतिले विशेषज्ञहरुलाई उक्त आगो निभाउने तरिका खोज्न आदेश दिएका थिए ।

कहिले बन्यो त्यो खाडल ?

कतिपय स्थानीयहरुका अनुसार सन् १९७१ मा सोभियत संघका भू-वैज्ञानिकले काराकोरम मरुभूमिमा कच्चा तेलको भण्डारको खोजी गरिरहेका थिए । त्यहाँ एक ठाउँमा उनीहरुले प्राकृतिक ग्‍याँसको भण्डार फेला पारे तर उत्खननका क्रममा त्यहाँको जमिन धसियो र त्यहाँ ठूला ठूला तीनवटा खाडल बने ।

उक्त खाडलबाट मिथेन ग्याँस निस्कने खतरा थियो जुन वायुमण्डलमा मिसिन सक्दथ्यो । त्यसैले मिथेन ग्‍याँसलाई वायुमण्डलमा पुग्नबाट रोक्नका लागि भूवैज्ञानिकहरुले उक्त खाडलमा आगो लगाइदिए ।

केही हप्तामै मिथेन ग्‍याँस रित्तिने र आगो निभ्ने उनीहरुको अपेक्षा थियो । तर क्यानडाली खोजकर्ता जर्ज कोरोनिसका अनुसार यो कहानीलाई प्रमाणित गर्ने कुनै दस्तावेज फेला परेको छैन ।

सन् २०१३ मा नेशनल जियोग्राफिक च्यानलका लागि निर्माण गर्न लागिएको एक कार्यक्रमका क्रममा एक टोली तुर्कमेनिस्तानको सो इलाकामा पुगेको थियो । जर्ज कोरोनिस उक्त दलका सदस्य थिए । लगातार बलिरहेको आगो कहिले शुरू भएको हो भन्ने कुरा जान्ने उनीहरुको कोसिस थियो । तर उनीहरुले प्रश्नको जवाफ खोज्नुको साटो उल्टै धेरै प्रश्नहरु खडा गरे ।

तुर्कमेनिस्तानका भू-वैज्ञानिकका अनुसार यो विशाल खाडल वास्तवमा सन् १९६० को दशकमा बनेको थियो र सन् १९८० को दशकमा त्यसमा आगो लाग्यो ।

गोपनीयता

इतिहासकार जेरोनिम पेरोभिकका अनुसार यो नर्कको ढोकाका विषयमा जति रहस्य छन् ती विल्कुलै तार्किक छन् । आगोको यो खाडल मरुभूमिको बीचमा बनेको हुँदा त्यसबाट धनजनको क्षति भएन र असर पनि नगण्य रह्यो ।

जानकारहरुका अनुसार सोभियत संघसँग त्यस समयमा प्राकृतिक ग्‍याँस वा इन्धनको कुनै कमी थिएन त्यसैले खाडलबाट उत्पन्न भएको ग्‍याँसलाई जलाउनु नै उसका लागि उत्तम विकल्प थियो ।

कोरोनिसको खोजी दलमा सहभागी भएका सुक्ष्मजीव विज्ञ स्टिफन ग्रिनका अनुसार मिथेनलार्य अनियन्त्रित तरिकाबाट पर्यावरणमा घुल्न दिनु गलत विचार भएको हुनाले त्यसलाई जलाइदिने निर्णय सही हो । यसले ठूलो परिमाणमा मिथेन ग्‍याँस जम्मा भएर विस्फोट हुने खतरा पनि रहँदैन ।

यो नर्कको ढोका तुर्कमेनिस्तानको सबैभन्दा लोकप्रिय पर्यटक आकर्षण केन्द्र बनेको छ । तर लाभ प्राप्त गर्न सकिने प्राकृतिक संसाधन गुमाइरहेको भन्दै तुर्कमेनिस्तानका राष्ट्रपति उक्त नर्कको ढोकामा दन्किरहेको आगो निभाउने उपायको खोजी गर्न निर्देशन दिएका छन् ।

स्मरण रहोस् पहिले नर्कको ढोका भनिने यो खाडलको नाम सन् २०१८ मा परिवर्तन गरी साइनिङ अफ काराकोरम अर्थात् काराकोरमको चमक राखिएको छ । यो खाडल रातको समयमा पनि टाढैबाट देखिन्छ । बीबीसीबाट

एन.पी खबर

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?