Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 15, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, December 15, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

मर्दीका चिया काका


मर्दीका चिया काका

काठमाडौं । विहानको ३ बज्नै लाग्दा जुरुक्क उठ्यो । अनि मर्दी भ्यू प्वाइन्टतिर खुट्टा लम्किन्छ । एक हातमा १५ लिटरको पानीको गिलेन अर्को हातमा चियाको पोको । पदयात्रीहरु मर्दी हिमालतिर लम्कदै गर्दा बिच बाटोमै उछिन्यो । पदयात्रीहरु भ्यू क्याम्प पुग्दा तातो चिया तयार भइसकेको हुन्छ । मर्दी हिमाल रुटको हाई क्याम्पमा बस्ने टंक प्रसाद गौतम (४६) उर्फ ‘चिया काका’को दैनिकी यसरी नै बित्छ ।

चिया काका अहिले उनको पहिचान बनेको छ । गौतमलाई सबैैले ‘चिया काका’ भनेर सम्बोधन गर्छन् । ‘मलाई प्रत्यक्ष नदेखेकाहरुले समेत पहिलो भेटमै चिया काका भनेर सम्वोधन गर्छन्, कतिपयले धेरै माया सद्भाव छाडेर जानुहुन्छ’ चिया काका सुनाउँछन्, ‘सबैको सेवा गर्न पाउँदा म पनि खुसी नै छु ।’

मर्दी हिमालको भ्यू क्याम्पमा उनले यसरी चिया बेच्न थालेको ८ वर्ष भयो । विगत २ वर्ष भने पर्यटकहरु एकदमै कममात्रै मर्दी हिमालको ट्रेकिङमा पुगे । व्यवसाय केही खस्किएको जस्तो भयो । तर यस वर्ष भने चिया काको व्यवसाय चम्किएको छ ।

कात्तिक लागेसँगै मौसमले भने साथ दियो । नजिकबाट हिमाल हेर्न मर्दी ट्रेकमा पुगेका धेरै पर्यटकहरु कुहिरोमात्रै हेरेर पनि फर्किए । ‘मंगलबार र बुधबार त भ्यू नै देखिएन, धेरै जनाले मेरोमा चिया खानु भयो मेरै चिया टहराको फोटो खिचेर जानुभयो’ चिया काका सुनाउँछन् ।

मर्दी ट्रेकिङमा बास बस्न सकिने अन्तिम प्वाइन्ट भनेको हाइक्याम्प हो । हाइक्याम्पमा बास बसेका पदयात्रीहरु २ घण्टा हिँडेर उज्यालो नहुँदै भ्यूक्याम्प पुग्छन् । भ्यूक्याम्प भन्दा डेढ घण्टा अघि बढेपछि बेस क्याम्प छ । अधिकांश पर्यटकहरु बेसक्याम्प नपुगी भ्यूक्याम्पबाटै फर्किन्छन् ।

भ्यूक्याम्पबाट ९ वटा हिमाल देखिन्छ । बेस क्याम्पसम्म पुग्दा हिमाल नजिक पुग्ने अवसर त जुट्छ तर धेरै हिमाल राम्रोसँग देखिदैन । यसकारण पनि भ्यूक्याम्पबाटै पर्यटकहरु र्फकने गरेको उनी सुनाउँछन् । अहिले विदेशी पर्यटकहरु होइन, आन्त्रिक पर्यटकहरुले नै भरिभराउ देखिएको छ मर्दी ।

‘हिजो २ सय ५० भन्दा धेरै पर्यटकहरु आउनु भएको थियो, मैले एक सय जनालाई चिया खुवाएँ’ उनले भने । अझ शुक्रबार त ३ सय हाराहारीमा आन्तरिक पर्यटकहरु छन् । सदाझैं शुक्रबार विहान ३ बजे नै उठेर भ्यूक्याम्प पुगेका गौतम पदयात्रीहरुलाई चियाले स्वागत गरिरहेका छन् ।

ब्राण्ड बनेको नाम

मर्दी हिमाल नजिक चिया बेच्दासम्म उनको नाम भने पनि, पहिचान भने पनि एउटा मात्रै थियो टंकप्रसाद गौतम । तर अहिले कसैले नाम सोध्यो भने उनको मुखबाट फुत्किहाल्छ ‘चिया काका’ । कसरी उनको पहिचान बन्यो त चिया काका ?

उनको पहिचान मर्दीका पायोनियर व्यवसायी सुदिप गौतमसम्म ठोकिन्छ । मर्दी ट्रेकलाई चाँडो बैंशालु उमेरको बनाइदिने व्यक्ति हुन् सुदिप । उनले नै मर्दीमा होटल व्यवसाय शुरु गरेका थिए । टंक प्रसादकै भतिजो हुन्, सुदिप ।

मर्दी जाने पर्यटक -पदयात्री) हरु सुदिपकै होटलमा जान्थे । साँझ बास बस्दा सुदिपकै होटलमा भेटिन्थे टंक प्रसाद । अनि विहान फेरि भ्यूक्याम्पमा । ‘खासमा वहाँ मेरो काका हुनुहुन्छ, अहिले चाहिँ सबैको चिया काका’ गौतमलाई चिनाउँदै सुदिप भन्छन् ।

एक जनाको काका भएपछि सबैको काका । अनि चिया बिक्री गर्ने भएपछि काकाको अगाडि थपियो ‘चिया’ । यसरी नै उनको नाम टंक प्रसादबाट ‘चिया काका’ बन्यो । अहिले मर्दी हिमाल ट्रेकमा जाने जो कोही उनीसँग ठोकिन्छन् । उनले चिया पसल शुरु गर्दा त्यहाँ कसैले शुरु गरेका थिएनन् ।

समयसँगै पर्यटकहरुको संख्या निकै बढ्दै गयो । उनी एक्लैले चिया खुवाएर धान्न सक्ने अवस्था पनि थिएन । त्यसपछि अन्य व्यवसयाीहरु पनि थपिदै गए । अहिले भ्यूक्याम्पमा चिया बेच्नेहरुको ५ वटा छाप्रो बनिसकेको छ । शुरुको पहिलो छाप्रो नै चिया काकाको भएकाले त्यहाँ पुग्नेहरु पहिले चिया काकाकैमा ठोकिन्छन् ।

आनन्दको जीवन

जुन अस्ताउन खोज्दैछ । पूर्वतिर घामको रातो देखिदैछ । अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी लगायतका हिमालहरुलाई कुहिरोले ढपक्क छोपेको छ । घरीघरी कुहिरोले छाडेपछि हिमाल टलक्क टल्किन्छन् । त्यसपछि पर्यटकहरु हिमालसँग तस्वीर खिच्न थाल्छन् । फेरि कुहिरो लाग्छ, हिमाल छोपिन्छ । पर्यटकहरु निराश भएझैं लाग्छन् । अनि चियाको चुस्कीमा भुल्न थाल्छन् ।

‘काका खै ९ कप चिया बनाउनुस् त’ एक युवक बोल्छन् । ‘चिया की कफी ?’ चियाको विकल्पमा कफी पनि उपलब्ध भएको जनाउ दिँदै काका सोध्छन् । ‘कति रुपैयाँ पर्छ र ?’ ती युवकको प्रश्न पछि काका बोल्छन्, ‘कालो चिया १५०, कफी पिउने भए २ सयमै ।’ ती युवकले ९ कप कफी अर्डर दिन्छन् ।

अर्को टोली आउँछ, ‘खै काका चिया बनाउनुस् त ४ कप’ । चिया दिने, पैसा लिने क्रम चलिरहन्छ । चिया काको व्यस्तता बढ्छ । चिया-कफी बाँड्दा थोरै समय निकालेका चिया काकाले ७ मिनेटमा आफ्नोबारे सुनाउँछन् । उनी कामको शिलशिलामा विदेशी भूमि समेत पुगेका छन् । मासिक २५ हजार रुपैयाँ पाउने गरी उनी मलेसिया पुगे । मलेसियामात्रै होइन उनी युएई र कतार पनि पुगेर काम गरे ।

भेंडा पाल्ने सोच थियो, बने चिया व्यापारी

घर सिदिङ । सीप भनेकै भेडा बाख्रा पाल्ने । चिया काकाले बताए अनुसार मर्दी हिमाल ट्रेकिङ जाने बाटोमा पहिले उनका अघिल्लो पुस्ताले भेंडा पालन गर्थे । अहिले ट्रेकिङ रुटमै उनीहरुको भेंडी गोठ थियो । गाउँका धेरै मान्छेहरु वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान्थे ।

गाउँमा अरु रोजगारी पाउने अवस्था थिएन । व्यवसाय शुरु गर्नुपनि त्यसबेला सहज थिएन । गाउँका अरु जस्तै उनी पनि पासपोर्ट बनाएर र विदेश हानिए । विदेशमा मेहनतको कमाइ कति हुन्थ्यो ? ‘शुरुमा २५ हजार थियो, मैले ३५ हजारसम्म कमाएको छु’ काका सुनाउँछन् । त्यसबेला त उनलाई ३५ हजार रुपैयाँ पनि निकै धेरै लाग्थ्यो । जेनतेन विदेशमा कमाएर बचाएर पठाएको रकमले परिवार राम्रै चलेको थियो ।

सधैं विदेशी भूमिमा बस्ने कुरा भएन । उनी स्वदेश फर्किए । स्वदेश फर्कदै गर्दा उनले सोचेका थिए, अब गाउँ गएर भेंडा पाल्छु । उनी विदेशबाट फर्केर गाउँ बस्दा मर्दी हिमालमा ट्रेकिङ गर्ने पर्यटकहरुको संख्या बढ्दै थियो । भतिजोले होटल व्यवसाय गर्थे । हाइक्याम्पमा रहेको होटल भन्दा २ घण्टा भन्दा धेरै हिँडेर पुग्नु पर्ने भ्यूक्यापमा भने बस्ने बासको त कुरा छाडौं, पिउने पानी पनि खाने ठाउँ थिएन ।

कठ्यागि्रंदो जाडोमा हिमाल हेर्न पुगेका पर्यटकहरुलाई त्यसबेला चिया पाउनु निकै ठूलो थियो । भ्यू क्याम्पबाट फर्कने पर्यटकहरु माथि चिया खान पाए कति गज्जब हुने थियो भनेर बाटामा कुरा गर्थे । त्यसपछि काकाको मनमा यहाँ चिया व्यवसाय चल्छ कि भन्ने सोच आयो । ‘यहाँ चिया बेच्न पाए त निकै राम्रो हुने थियो, सेवा पनि व्यवसाय पनि’ उनको मनमा योजना बन्यो । अनि उनले शुरु गरे चिया व्यवसाय ।

व्यवसाय शुरु गरेपछि उनले कहिले पछि फर्केर हेर्नु परेको छैन । शुरुवाती दिनदेखि नै मननग्गे आम्दानी भइरहेको छ । ‘खाडी देशमा एक महिनामा कमाउने त यहाँ अहिले ४/५ दिनमै कमाइ हुन्छ’ चिया काका सुनाउँछन् । तर सिजनमा जस्तो अरु बेला भने उनको व्यवसाय चल्दैन । कमाइ भन्दा पनि उनलाई आफ्नो स्वदेशमा पसिना बगाउनुमा आनन्द छ । ‘विदेशमा काम गर्दा एउटा कम्पनीमा काम गर्थें, केही विगारीहाले गाली खानु पर्थ्यो’ उनी भन्छन्, ‘यो भनेको त आफ्नो ठाउँ हो, सेवा गर्न पाएको छु, सबैले माया गर्नुहुन्छ ।’

बरफ फुटाएर चिया

पर्यटकसँग टंक प्रसाद गौतम उर्फ ‘चिया काका’ ।

काकासँग केही विर्सन नसकिने अनुभवहरु पनि छन् । हिउँ पर्ने मौसममा विदेशी पर्यटकहरु धेरै आउथे । एक पटक स्वीजरल्याण्डका एक जोडी नागरिक मर्दी ट्रेक आएका थिए । उनै चिया काकाको छाप्रोमा बसेर उनीहरुले २ कप चिया अर्डर गरे ।

जाडो निकै बढेको थियो । ती जोडी पर्यटक जाडोले काँपीरहेका थिए । नाकबाट सिंगान र आँखाबाट आशु चुहिरहेको थियो । काकाले चिया ल्याएर नजिकै राखिदिए । तर उनीहरुले चियाको कप समात्न सकेनन् । ‘जाडो यति धेरै थियो की वहाँहरुको हातले काम गर्नै छाडेको थियो, आशु नै पुछ्न नसकेका बेला चिया खान सक्ने अवस्थै रहेन’ काका सम्झन्छन्, ‘त्यसपछि मैले नै उनीहरुलाई आफ्नो हातले चिया खुवाएँ, पछि धेरै खुसी भएर गए ।’

अर्को दिन एक जना पर्यटकले चिया अर्डर गरे । चिया तयार भएपछि म एउटा फोटो खिचेर आइहाल्छु भनेर ती पर्यटक फोटो खिच्नतिर लागे । केही निमेषमै उनी फोटो खिचेर फर्कंदा त्यो चिया बरफ बनिसकेको थियो । पुनः त्यो बरफलाई फुटाएर तताएर खुवाएको उनी सम्झन्छन् ।

भ्यूक्याम्पमा पानी पाइँदैन । सधैं उनी हाइक्याम्पबाट पानी बोकेर छक्कालैमा त्यहाँ पुग्छन् । ‘अहिले त समस्या छैन, अलि जाडोमा त ल्याउँदा ल्याउँदै पानी जमिहाल्छ, बरफ फुटाएर चिया बनाउने गरेको छु’ उनी सुनाउँछन् । जेहोस्, आफूलाई यो व्यवसाय साह्रै मज्जा लागेको उनी सुनाउँछन् । ‘कतार, मलेसिया भन्दा मर्दी ट्रेकमा चिया खुवाएर आफूले आनन्दको लाइफ जिइरहेको छु’ चिया काका भन्छन् ।

एन.पी खबर

Related Posts

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

लोकप्रीय

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

स्थानीय उत्पादनबाट पोषण सुधार लक्ष्य, लहानमा कृषक तालिम

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

बलान बिहुल–पूर्व प्रमुख प्रशासकीय अधिकृत मुसहरु साहलाई सम्मानपूर्वक बिदाइ

सप्तरी : नेङ्गडा बैरियास्थित शत्रुध्न मा.वि.को ७०औं वार्षिक उत्सव भव्य

सप्तरी : नेङ्गडा बैरियास्थित शत्रुध्न मा.वि.को ७०औं वार्षिक उत्सव भव्य

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान मनोकामना कलेजद्वारा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत
  • नेपाल शिक्षक संघ सिरहाद्वारा शैक्षिक अन्तरक्रिया तथा विस्तारित बैठक 
  • पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि सिराहामा १७ हजार आर्थिक सहयोग
  • सिराहामा पीडित किशोरी रजनी ठाकुरको उपचारका लागि १७ हजार आर्थिक सहयोग
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?