Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, October 29, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, October 29, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सीके राउतले किसानको खोल ओढेर मधेशमा ताण्डव मचाइरहेका छन् : मधेश प्रदेश अध्यक्ष यादव

सीके राउतले किसानको खोल ओढेर मधेशमा ताण्डव मचाइरहेका छन् : मधेश प्रदेश अध्यक्ष यादव
रामबाबु यादव, प्रतिनिधिसभा सदस्य तथा मधेश प्रदेश समितिका अध्यक्ष, जनता समाजवादी पार्टी नेपाल

० एक महिनाभन्दा बढी समयदेखि किसान आन्दोलन भइरहेको छ । किसानका माग सम्बोधन गराउनुभन्दा जनता समाजवादी पार्टी आन्दोलनको विरूद्धमा देखिएको छ नि?

— किसानको नाममा भइरहेको आन्दोलनमा जसपाले कहाँ–कहाँ दमन ग¥यो त्यसको तथ्य पनि देखाउनुपर्छ । किसानको खोल ओढेर मधेश प्रदेशलाई द्वन्द्वमा धकेल्ने समूहको आन्दोलन हो । वास्तविक किसानलाई बदनाम गर्ने, किसानको नाममा तोडफोड गर्ने, जनता र जनप्रतिनिधि कुट्ने, सरकारी गाडी तोडफोड गर्ने र शहीदको बलिदान दिवस विथोल्ने एउटा जमातको कार्यक्रम हो । उहाँहरूले किसानलाई लज्जित गर्ने काम गरिरहनुभएको छ । जो किसान यो देशका अन्नदाता हुन्, जसले देशलाई पाल्छ, तिनीहरूलाई आन्दोलनको नाममा बदनाम गर्न खोजिँदैछ । अहिलेसम्म यो देशमा किसान उपेक्षित छन्, त्यसको मुक्तिको सवाल राखेर आफ्नो पार्टीगत स्वार्थ पूरा गर्ने मात्रै प्रयास भइरहेको छ । हाम्रो मधेश प्रदेश सरकारबाट कुनै किसिमको दमन गर्ने काम भएको छैन । सबैलाई ज्ञात कि अहिलेसम्म प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेश मातहत जिम्मा आएको छैन ।

० भनेपछि अहिले भइरहेको आन्दोलन किसानको आन्दोलन होइन?

— किसानको नाममा जनमत पार्टीले आफ्नो माइलेज लिने, अन्य व्यक्तिबाट परिचालित र पोषित समूह हो । अहिले मधेश प्रदेशको सरकारलाई मात्रै उहाँहरू गाली गर्दै हुनुहुन्छ । प्रदेश सरकारलाई मलखाद्य खरिद गर्ने अधिकार छ ?प्रदेश सरकारले शान्ति सुरक्षाको जिम्मा लिएको छ त ?मलखाद्य खरिद गर्ने संघीय सरकारले हो । वितरणको प्रणाली पनि छुट्टै छ । अहिलेसम्म मलखाद्य अभाव भएको थिएन । अन्तर्राष्ट्रियस्तरमै यसको अभाव छ । मलखाद्य खरिद गर्न ६÷७महिना लाग्छ । यो सरकार आएको ५÷६ महिना हुन लाग्यो । यसअघिको सरकारले मलखाद खरिद गरेको भए अहिलेको सरकारलाई सजिलो हुन्थ्यो । केपी ओलीको सरकारले मलखाद खरिद नगरेर अहिलेको यस्तो अवस्था आएको हो । त्यसकारण अहिलेको सरकारले गर्दा मलखादको अभाव भएको होइन । पहिलाको सरकारले निम्त्याएको समस्या हो । अहिलेको सरकारले समस्या समाधानका लागि लागेको छ ।

० तर जसपा अहिले त संघीय सरकारमा पनि छ, प्रदेश सरकारको नेतृत्व गर्दै आएको छ । किसानको समस्या समाधानमा जसपाको उत्तरदायित्व छैन ?

— जसपाको नाम लिएर जनमत पार्टीका नेताहरू आफ्नो हाइट बढाउन खोजिरहेका छन् । उहाँहरूको राजनीति मधेश प्रदेशमा मात्रै छ । प्रदेश सरकार र स्थानीय चोर हो भनेर आरोप लगाउने र बदनाम गर्ने काममात्र भइरहेको छ । संघीय सरकारका विरूद्ध जान हिम्मत छैन । सीके राउतजी कसैलाई भ्रष्टाचारी वा चोर भनेर हुँदैन । किमजोङको शैलीमा उहाँको प्रस्तुती छ । आफू गाडीमा जाँदा कार्यकर्ताहरूद्वारा परेड गराउनुहुन्छ । उहाँलाई मिनिकिमजोङ भन्दा हुन्छ । त्यस्ता व्यक्ति किसानकालागि आन्दोलन गर्छ भन्ने कल्पना गर्नु भ्रम मात्रै हो । किसान यो देशको पालक हो । हाम्रा अन्नदाता पालक किसानको खोल ओढेर उहाँहरू ताण्डव गरिरहनुभएको छ । कतै पनि उहाँहरूको आन्दोलनमा दमनभएको छैन । उल्टै सुरक्षा निकायले सुरक्षित गरिदिएको छ । रौतहटको गौरमा बलिदानी दिवसको दिन कार्यक्रम भाँड्नका लागि कति कार्यकर्ता थियो हेर्नुभयो होला, उहाँहरूको ४०÷५० जनामात्रै कार्यकर्ता थिए । हामीसँग पाँच सयभन्दा बढी कार्यकर्ता थिए । हामी पनि प्रतिकारमा उत्रेको भए के हुन्थ्यो ? हाम्रो मन्त्रीले संयमता अपनाउँदै बाटो परिवर्तन गरेर कार्यक्रम स्थल पुग्नु भएको थियो ।

० डा.सीके राउत कहाँबाट परिचालित छन् त ?

— सबैले हेरिरहेका छन्, यता सीके राउतका कार्यकर्ताहरू आन्दोलन गर्छ भने उता केपी ओलीजीको युवा संघ पनि साथ दिइरहेको छ । के छ सम्बन्ध वा साँठगाँठ ? सीके राउतजी पहिला भन्नुहुन्थ्यो कि यिनीहरू प्रदेशको नामाकरण गर्न सकेन, निकम्माहुन् । तर जब नामाकरण भयो त्यसमा पनि विभिन्न किसिमका अनर्गल प्रचारबाजी गर्न थाले । सीके राउतजीले भन्नुभयो कि आठ जिल्लाको मधेश प्रदेश कसरी हुन्छ, अनि एमालेका कार्यकर्ताहरू पनि त्यहीं कुरा कराउन थाले । मधेश प्रदेशलाई आठ जिल्लामा कसले खुम्च्याएको हो ? त्यहीं कांग्रेस, एमाले र माओवादीकाकारण आज आठ जिल्लामा मधेश प्रदेश खुम्चियो । जुन–जुन कार्यक्रम सीके राउतजीले गर्नुहुन्छ, त्यसको समर्थनमा एमालेको युवा संघ आउँछ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायतका लागि सीके राउतले के गर्नुभयो ? उहाँले अहिलेको सिर्जित घटनालाई अतिरञ्जित गरेर, किसानको खोल ओढेर मधेश प्रदेशमा ताण्डव मचाउनु खोज्नुभएको हो ।

२०७२ सालमा संविधान घोषणा हुँदै थियो, हामी सडकमा थियौं, हामी स्वायत्त मधेश प्रदेशको कुरा गरिरहेका थियौं तर उहाँले स्वतन्त्र मधेश चाहियो भन्ने कुरा उठाउनुभयो । त्यतिबेला हामीमाथि पनि आरोप लाग्यो कि मधेशीहरू विखण्डनकारी हुन्, देश टुक्र्याउन चाहन्छ । सीके राउतकै कारणले हामीलाई शंकास्पद नजरले हेरियो । सीके राउतजीले त्यो दिन अलग देशको कुरा नगरेको भए संविधानमा अलि बढी नै हाम्रो माग सम्बोधन हुन्थ्यो । जब हाम्रो आन्दोलन शान्त भयो उहाँहरू पनि चुप लागेर बस्नुभयो । हामी उहाँको कुनै कार्यक्रमको प्रतिकार गर्न चाहँदैनौं । हामी सीके राउतजीलाई भन्न चाहन्छौं कि आठ जिल्लाको मात्रै मधेश प्रदेश भयो, मधेशलाई अधिकार दिइएन त्यसका लागि हामी मिलेर लडौं र राज्य सत्तासँग अधिकार लिऔं । तर पाएको अधिकारलाई पनि उहाँले खण्डित पार्ने काम गरिरहनुभएको छ । जुन काम केपी ओलीले मधेशसँग ग¥यो, त्यहीं काम सीके राउतले गरिरहनुभएको छ । त्यसकारणले मधेशीको खोल ओढेर उहाँले जनतालाई दिग्भ्रमित पार्न खोज्नुभएको छ । किसानको नाममा माइलेज पाउँछ भनेर अगाडि बढिरहनुभएको छ । जुन मागका लागि जनताले गोली खाएका छन्, ती मागहरू पूरा गराउन हामी प्रतिबद्ध छौं ।

० तर उहाँको आन्दोलनमा किसानहरूको पनि सहभागिता देखिन्छ नि?

— कुनै पनि किसानले जनमत पार्टी जिन्दावाद भनेका छैनन् । किसानहरूले कुनै दलको झण्डा उठाउँदैन । किसानहरूले त सबैलाई आग्रह गर्छ कि समस्याहरू समाधान होस् । अहिलेसम्मको इतिहासमा किसान आन्दोलनमा कुनै पनिद लको झण्डालाई प्रवेश दिएको छैन ।

० एमसीसीकै कारण गठबन्धन भत्किने देखिन्छ नि?

— गठबन्धनको सरकारले आफ्नो साझा न्यूनतम् कार्यक्रमको अनुसार आफ्नो काम गर्छ । त्यसभन्दा बाहिरको विषय आयो भने गठबन्धनले रोक्छ । एमसीसीलाई रोक्नका लागि संसद बैठक स्थगित भएको होइन । केही ऐनहरू संशोधनगर्नका लागि स्थगित भएको हो । यो गठबन्धन भत्किने वा टुट्ने कुनै कुरा छैन । यो आफ्नो साझा न्यूनतम् कार्यक्रमका साथ अगाडि बढिरहेको छ । एमसीसीबारे अहिले छलफलहरू भइरहेका छन् । यसकै कारण गठबन्धन भत्किने अवस्था आउँदैन । सहमतिमै केही निर्णय हुन्छ ।

एन.पी खबर

Related Posts

व्यक्तिगत लगानीमा ब्रह्म बाबा स्थानमा उज्यालो ल्याउँदै समाजसेवी युवा

व्यक्तिगत लगानीमा ब्रह्म बाबा स्थानमा उज्यालो ल्याउँदै समाजसेवी युवा

नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड

नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड

छठ पर्वको अवसरमा लायन्स क्लब अफ लहान फुलबारीको सामाजिक सहकार्य अभियान

छठ पर्वको अवसरमा लायन्स क्लब अफ लहान फुलबारीको सामाजिक सहकार्य अभियान

कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता

कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता

सखुवानन्कारकट्टी–१ भौरमा ‘हाम्रो भोर हाम्रो अभियान’ अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

सखुवानन्कारकट्टी–१ भौरमा ‘हाम्रो भोर हाम्रो अभियान’ अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न

तीन घण्टामै विद्यार्थीको आम्दानी, उत्साह र सीपको प्रदर्शन

तीन घण्टामै विद्यार्थीको आम्दानी, उत्साह र सीपको प्रदर्शन

लोकप्रीय

लघुवित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको भब्य तयारी नयाँ कार्य समिति चयन

लघुवित्तीय शोषणविरुद्ध काठमाडौं केन्द्रित आन्दोलनको भब्य तयारी नयाँ कार्य समिति चयन

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • व्यक्तिगत लगानीमा ब्रह्म बाबा स्थानमा उज्यालो ल्याउँदै समाजसेवी युवा
  • नवराजपुरमा काङ्ग्रेसको कार्यकर्ता भेटघाट,सेवा र सहयोगमा जोड
  • छठ पर्वको अवसरमा लायन्स क्लब अफ लहान फुलबारीको सामाजिक सहकार्य अभियान
  • कलश शोभा यात्राले गाउँभर उत्सवमय वातावरण, सयौं भक्तजनको सहभागिता
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?