सिरहा । बिष्णुपुर गाउँपालिका नेकपा एस बाट शत्रुधन यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका छन । नेकपा एसले उम्मेदवारी दर्ता गराए सङ्गै नेकपा एमालेका उम्मेदवार सत्य नारायण यादबलाई ठूलो धक्का लाग्ने भएका छन ।
उम्मेदवारी फिर्ता लिनेको समय बैशाख १६ गते सम्म रहेकोले,यदि सो समय भित्र फिर्ता लिए ठ्लो धक्का बाट बच्न सकिन्छ एमाले निकट स्थानीय एक नेताले बताए ।
बिगत लामो समय देखि हाल नेकपा एसका नेता यादब नेकपा एमालेमा रहि राजनितिमा सकृय रुपमा काम गर्दै आएका थिए । यसपाली उनलाई पुरानो पार्टीबाट उचित मुल्यांकन नगर्दा नेकपा एस रोजेको बताए । तर नेकपा एमाले निकट स्थानीय नेताहरुले उनको उम्मेदवारीले केही फरक नपर्ने बताए ।







