सिरहा । राष्ट्््रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मिर्चैयामा घरदैलो कार्यक्रम सुरु गरेको छ । जस अन्तर्गत आज राप्रपाले सीतापुरसहितका ठाउँमा घैरदैलो गरेको छ ।
घरदैलोको क्रममा राप्रपाबाट मिर्चैयाको मेयरको उम्मेदवार बनेका रामप्रताप साह (भोला)ले विभिन्न ठाउँका मतदाताबाट सकारात्म आश्वासन पाइरहेको बताएका छन् ।
मिर्चैया क्षेत्रको राजनीतिमा बलियो पकड बनाएका भोलाले यसपालि यहाँका जनताले आफूलाई निर्वाचित गराउनेमा विश्वस्त छन् ।
राप्रपाबाट मिर्चैयाको मेयरमा रामप्रताप साह (भोला) र उपमेयरमा विमलादेवि साह चुनावी प्रतिस्पर्धामा छन् ।








