Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 24, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 24, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

फ्रान्समा प्यालेस्टाइन समर्थकको जुलुसमा प्रहरीको हस्तक्षेप, राष्ट्रपतिद्वारा एकताको आह्वान

फ्रान्समा प्यालेस्टाइन समर्थकको जुलुसमा प्रहरीको हस्तक्षेप, राष्ट्रपतिद्वारा एकताको आह्वान

फ्रान्स — इजरायलमाथि हमासको अक्रमण भएको केही दिनमै बिहीबार साँझ प्यालेस्टिनीहरुको समर्थनमा निकालिएको जुलुसलाई पेरिसको प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्दै हस्तक्षेप गरेको छ ।

इजरायलीहरुका पक्षमा सानासाना जुलुसहरु हरेक साँझ जस्तै निस्किन थालेपछि बिहीबार प्यालेस्टाइन समर्थकहरुले पनि पेरिसमा जुलुस निकालेका थिए ।

राजधानी पेरिसमा निकालिएको जुलुसलाई प्रहरीले हस्तक्षेप गरेको थियो । प्यालेस्टाइन समर्थकहरु सहजै तितरबितर नभएपछि जुलुसलाई अश्रुग्यास र पानीका फोहोरा हान्नुपरेको सुरक्षा अधिकारीहरुको भनाइ छ ।युरोपकै सबैभन्दा ठूलो यहुदी र मुस्लिम समुदाय फ्रान्समा रहेकाले हरेक दिनजस्तै यी दुई समुदायका पक्ष विपक्षमा समर्थन, नाराबाजी र विरोध हुँदै आएका छन् । यही विरोध र समर्थनका बीचमा द्वन्द्व थप भड्किने त्रासले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले जनतालाई एकजुट र एकताबद्ध रहन आह्वान गरेका हुन् ।

फ्रान्समा प्यालेस्टाइनहरुको समर्थनमा नाराजुलुस गर्न प्रतिबन्धित छ । म्याक्रोनको भाषणको केही समय अघि फ्रान्सेली आन्तरिकमन्त्री जेराल्ड डार्मानिनले प्यालेस्टिनी समर्थन गर्ने प्रदर्शनहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। प्रतिबन्धको बाबजुद पनि सयौं समर्थक प्यालेस्टाइनी प्रदर्शनकारीहरू बिहीबार राति मध्य पेरिसमा छुट्टाछुट्टै समूहमा भेला भएका थिए । प्यालेस्टाईन समर्थकहरुले ‘इजरायल हत्यारा हो’ र ‘म्याक्रोन तीनका सहयोगी हुन्’ लगायतका नारा लगाएको बिहीबार साँझ फ्रान्सेली अखबार र टिभीहरुले प्रसारण गरेका छन् ।

बिहीबार एक टिभी कार्यक्रममा सम्बोधन गर्दै म्याक्रोनले शनिबार इजरायलमाथि भएको हमास आक्रमणमा १३ फ्रान्सेलीको ज्यान गएको र चार बालबालिकासहित १७ फ्रान्सेली बेपत्ता रहेको भन्दै फ्रान्सेली जनतालाई एकताबद्ध रहन आह्वान गरेका छन् ।म्याक्रोनले कुनै घटनालाई हेरेर, सुनेर अन्तर्राष्ट्रिय विभाजनलाई आफू अनुकूल व्याख्या गरेर राष्ट्रिय विभाजन गर्न नहुने उल्लेख गरेका छन् । म्याक्रोनले हमासले अपहरण गरेर कैदमा राखेका बन्धकहरूलाई रिहा गर्न सरकारले कुनैपनि कसर बाँकी नराख्ने आश्वाशन समेत दिएका छन् ।

‘म आज राति अपहरितका परिवारहरूसँग कुरा गर्छु र म उनीहरूलाई भन्न चाहन्छु कि फ्रान्सले इजरायली अधिकारीहरू र हाम्रा साझेदारहरूसँग उनीहरूलाई सुरक्षित रूपमा घर ल्याउनको लागि आफ्नो शक्ति अनुसार सबै लगाइरहेको छ,’ उनले भने । म्याक्रोनले ‘मध्यपूर्वको वर्तमान संकट समाधानको एक मात्र उपाय प्यालेस्टाइन राज्यको निर्माणसँगै इजरायललाई सुरक्षाको प्रत्याभूति दिनु’ रहेको समेत बताए ।

युरोपकै सबैभन्दा ठूलो यहुदी र मुस्लिम समुदाय फ्रान्समा रहेकाले बढ्दो इजरायल-प्यालेस्टाइन विवादका बिच फ्रान्समा अशान्ति मच्चिन सक्ने भयलाई साम्य पार्ने प्रयासस्वरुप म्याक्रोनको सम्बोधन आएको भनाइ फ्रान्सेली अखबारहरुको छ । फ्रान्स युरोपको सबैभन्दा ठूलो मुस्लिम र यहुदी संख्या भएको देश हो । इजरायल-प्यालेस्टाइन द्वन्द्वका बीचमा विगतमा यी दुईबीच तनाव हुने गरेको छ ।

मध्यपूर्वमा द्वन्द्वको फैलिएपछि त्यसलाई सम्बोधन गर्दै, म्याक्रोनले फ्रान्सेली माटोमा रहेका सबै नागरिकहरूको सुरक्षा गर्ने बाचा गर्दै भनेका छन्, ‘हाम्रो पहिलो कर्तव्य भनेको हाम्रो इलाकामा हाम्रा सबै नागरिकहरूको सुरक्षाको ग्यारेन्टी गर्नु हो । उनीहरूलाई कलंकित पार्ने कुनै पनि कार्यलाई रोक्नु हो। गणतन्त्र तपाईंको रक्षा गर्न कटिबद्ध छ ।’ ईकान्तिपुर

एन.पी खबर

Related Posts

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

लोकप्रीय

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • स्थानीयस्तरमै वन संरक्षणको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?