Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 14, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 14, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

कृषिमा महिला सहभागिता: अधिकार र अवसरको खोजी


कृषिमा महिला सहभागिता: अधिकार र अवसरको खोजी

महेश सिंह लहान – ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण र उनीहरूको अधिकारको पहिचानलाई अघि बढाउन संयुक्त राष्ट्रसंघीय निकायहरूको सहकार्यमा सिरहाको कर्जन्हा नगरपालीकाको बन्दिपुरमा एकदिने सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। दिदीबहिनी नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा करिब ५५ जना ग्रामीण महिला कृषकहरूको सहभागिता रहेको दिदीबहिनीका परियोजना अधिकृत बिपिन आर्यालले जानकारी दिनु भयो ।
उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघीय महिला संगठन (UN Women), खाद्य तथा कृषि संगठन (FAO), अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD), र विश्व खाद्य कार्यक्रम (WFP) को समन्वय र सहकार्यमा सञ्चालन गरिएको हो। सिरहा र सप्तरीका विभिन्न गाउँपालिकामा लागू गरिएको यो परियोजनाले ग्रामीण महिलाहरूको आर्थिक उत्थानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्य लिएको छ। कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला पोखरेलको अध्यक्षतामा सुरु भएको थियो।
उक्त कार्यक्रममा नगर उप-प्रमुख लक्ष्मी श्रेष्ठ र सम्बन्धित वाडाका वाडा अध्यक्ष र कृषि तथा बालबालिका शाखाका प्रमुख र पशु शाखाको प्रमुख  लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको आयोजक संस्थाका अनुगमन तथा मूल्याकंन अधिकृत अनु पोखरेलले जनाए।
वरिष्ठ लेखक तथा अनुसन्धानकर्ता रिता साहले सहजीकरण गर्दै ग्रामीण महिला कृषकहरूको भूमिकाबारे प्रकाश पारिन्।
उनले व्यावसायिक खेतीको आवश्यकता लगायत कृषि क्षेत्रमा देखिएका चुनौतीहरू समाधानका उपायमा केन्द्रित गम्भीर छलफल गरिन्। साहले भनिन्, “नेपाल कृषि प्रधान देश हो तर महिला किसानहरू सिँचाइ, मल-खाद आपूर्ति, विद्युत् सेवा र उचित बजार पहुँचबाट वञ्चित छन्। यी मुद्दा राज्यका लागि प्राथमिक हुनुपर्छ।”कार्यक्रममा सहभागी महिला कृषकहरूले आफ्नो अनुभव र समस्या प्रस्तुत गरे। वडा नं. ५ राज देवी समुहकी सलिता देवी साह र अनिता साहले सीप मुलक तालीमको आफुहरुलाई जरुरी रहेको बताए। स्थानीय समूहकी सदस्य असलानी सदाय  ले मल-खाद र सिँचाइको अभावले समयमा लगाइएको बाली समेत नष्ट हुने गरेको गुनासो गरिन्। उनले उत्पादन भएको अन्नबालीलाई उचित मूल्य नपाउँदा किसानहरूको मनोबल घट्ने बताइन्।
त्यस्तै, बिनिता कुमारी साहले स्थानीय सरकार संग सार्बजनिक भवनको माग राख्दै किसानहरूको समस्या सुन्न कोही तयार नभएको गुनासो गरिन्। उनले भनिन्,”किसानहरूको समस्या कहिल्यै समाधान हुँदैन। राज्यले कृषिलाई प्राथमिकता दिएर ठोस योजना ल्याउनुपर्छ।”नगरपालिकाका शाखा प्रमुख प्रमुखहरुले किसानहरूलाई प्राविधिक तालिम र सुसूचित बनाउनुको आवश्यकता औँल्याए। उनले भने कृषकहरूलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्न पालिकामा रहेका १२ समूहहरूसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिने बताए।
पालिका अध्यक्ष भोला पोखरेल ले किसानहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएर कृषि क्षेत्रमा सुधार गर्न प्रतिबद्धता जनाए। उनले भने, “हामीले स्थानीय स्तरमा कृषकका लागि कार्यविधि तयार गरेका छौँ। दक्ष जनशक्तिको अभावका कारण काम ढिला भए पनि छिट्टै कृषि ऐन निर्माण गरेर कृषि विकासको नमूना प्रस्तुत गर्ने योजना छ।”कार्यक्रमको समापनमा दिदीबहिनी संस्थाकी प्रतिनिधि रिता साहले ग्रामीण महिलाहरूको सशक्तिकरण र उनीहरूको पहुँच सुनिश्चित गर्न संस्थाले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिइन्। उनले भनिन्, “महिला कृषकहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउन सहजीकरण गरिनुपर्छ। उनीहरूको योगदानलाई सम्बोधन गरेर आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउने हाम्रो लक्ष्य हो।”
पालिकामा सबैभन्दा बढी दलित समुदायको बसोबास रहेकोले उनीहरूलाई जिबन फेरिन आफू गम्भीर रहेको नगर प्रमुख पोखरेलले जनाए।
यस सार्वजनिक सुनुवाइ कार्यक्रममा किसानहरूले मल-खाद आपूर्ति, सिँचाइको सुविधा, व्यवसायिक खेतीका तालिम, र उत्पादनको उचित बजार व्यवस्थापनका विषयमा आफ्ना गुनासा राखेका थिए। कार्यक्रममा स्थानीय सरकार, कृषि विभागका अधिकारी, र महिला कृषकहरूको उपस्थिति रहेको थियो।यस कार्यक्रमले महिला कृषकहरूको समस्या सम्बोधन गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिने अपेक्षा गरिएको छ। राज्यले तीन तहको सरकारमार्फत कृषि ऐन र किसानमैत्री नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा सहभागी सबैको सहमति हुनुपर्ने फिल्ड म्यानेजर खरभुजन साहले बताए।
ग्रामीण भेगमा उक्त कार्यक्रम संचालन हुँदा गरिब दलित तथा सीमान्तकृत समुदायका महिला किसानहरुको जिबन यापन फेरिएको हो।
महिला शक्तिकरण र आत्म निर्भर बनाउन निकै प्रभाव कारी रहेको उक्त कार्यक्रम देशको हरेक स्थानीय तहमा संचालन गर्न खाचो रहेको स्थानीयको माग छन्।

महेश सिंह

महेश सिंह

Related Posts

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

राष्ट्रिय कृष समुह महासंघद्वारा किसान सशक्तिकरण र जलवायु अनुकुलनका लागि दुई दिने कार्यशाला

लोकप्रीय

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?