Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 23, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 23, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्थानीयमै स्वास्थ्य सेवा पाउने बाटो खुल्यो


सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्थानीयमै स्वास्थ्य सेवा पाउने बाटो खुल्यो

महेश सिंह,लहान सिरहा –सिरहाको सुखीपुर नगरपालिकामा संघीय सरकारको करिब रु १९ करोड १५ लाखको लागतमा निर्माण भएको १५ शैय्याको आधारभूत नगर अस्पताल बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

नगर अस्पताल सञ्चालनमा आएसँगै सुखीपुर नगरपालिका तथा आसपासका करिब आधा दर्जन स्थानीय तहका नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने बाटो खुलेको छ। अस्पताल सञ्चालन हुनुअघि सामान्यदेखि आकस्मिक स्वास्थ्य समस्या पर्दासमेत उपचारका लागि टाढाका स्वास्थ्य संस्था तथा अस्पताल पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।

अस्पताल सञ्चालनले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समयमै स्वास्थ्य सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। स्थानीय रामगुण साहले आफ्नै क्षेत्रमा १५ शैय्याको अस्पताल सञ्चालनमा आउनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

उद्घाटन समारोहका प्रमुख अतिथि मधेश प्रदेशका पूर्वस्वास्थ्यमन्त्री शत्रुधन प्रसाद सिंह कोईरीले संघीय सरकारको लगानीमा निर्माण भएको अस्पतालबाट आधारभूत तहका स्वास्थ्य सेवा उपलब्ध हुने बताउनुभयो। अस्पताल सञ्चालनसँगै उपचारका लागि लामो दूरी तय गर्नुपर्ने बाध्यता घट्नुका साथै स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने उहाँको भनाइ थियो।

अस्पताल निर्माणका लागि सुखीपुर निवासी लक्ष्मण चौधरीले एक बिघा एक कठ्ठा एक धुर जग्गा दान गर्नुभएको हो। जग्गा दाताको योगदानमा निर्माण भएको अस्पताल सञ्चालनमा आएपछि सुखीपुरसहित आसपासका बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने भएका छन्।

नगर प्रमुख रामऔतार यादवले अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य उपकरणको नियमित उपलब्धता सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको विश्वास छ।

उद्घाटन समारोहमा अस्पताल निर्माणका लागि जग्गा उपलब्ध गराउने दाता परिवारलाई नगर प्रमुख यादव र प्रमुख अतिथि कोईरीले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

लोकप्रीय

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान
  • गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी
  • लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन
  • लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?