Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 23, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 23, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

महेश सिंह, लहान सिरहा -सिरहाको नरहा गाउँपालिका–३ मा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ९० जनाले आँखा परीक्षण तथा स्वास्थ्य सेवा लिएका छन्। स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समाजसेवी रामउदगार यादवको निवासमा शिविर सञ्चालन गरिएको हो।

तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको व्यवस्थापन तथा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा स्थानीय सर्वसाधारणको आँखा परीक्षण गरिएको थियो।

शिविरमा परीक्षण गरिएका सेवाग्राहीमध्ये २० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको जसपा नेपालका नेता तथा समाजसेवी विजय कुमार यादवले जानकारी दिनुभयो। उहाँका अनुसार पहिचान भएका मोतियाबिन्दुका बिरामीको फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा–११ मा निःशुल्क शल्यक्रिया गरिनेछ।

ग्रामीण क्षेत्रमा आँखासम्बन्धी समस्या भएका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा ल्याउने तथा समयमै रोग पहिचान गरी उपचारको व्यवस्था गर्ने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।

शिविरमा तिलगंगा आँखा प्रतिष्ठान, रामलाल गोल्छा आँखा अस्पताल, अस्ट्रेलियन एड तथा फ्रेड होलोज फाउन्डेसनको सहयोग रहेको जनाइएको छ। शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सहयोगी संस्था र सहभागी सेवाग्राहीप्रति समाजसेवी रामउदगार यादवले आभार व्यक्त गर्नुभयो।

रामउदगार यादव लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको स्थानीयले बताएका छन्। उमेरका कारण सक्रिय जिम्मेवारीबाट क्रमशः विश्राम लिने अवस्थामा पुग्नुभएका यादवले गर्दै आउनुभएको सामाजिक सेवाका गतिविधिलाई उहाँका छोरा विजय कुमार यादवले निरन्तरता दिँदै आउनुभएको बताइएको छ।

जसपा नेपालका नेता तथा समाजसेवी विजय कुमार यादव स्थानीयस्तरमा सामाजिक तथा स्वास्थ्यसम्बन्धी गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ। उहाँ लहान अस्पताल चोकमा ‘एलआरएल’ नामक संस्था तथा प्रयोगशाला सञ्चालन गर्दै प्रयोगशाला प्राविधिकका रूपमा समेत कार्यरत हुनुहुन्छ।

स्थानीय स्रोतका अनुसार यादवले आगामी दिनमा सामाजिक सेवाका गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने तयारी गर्नुभएको छ। उहाँ नरहा गाउँपालिकाको अध्यक्ष पदका लागि तयारी गरिरहेको चर्चा पनि स्थानीयस्तरमा रहेको छ।

बुबा रामउदगार यादवले लामो समयदेखि गर्दै आएको सामाजिक सेवाको अभियानलाई छोरा विजय कुमार यादवले निरन्तरता दिँदै आएपछि यादव परिवारको सामाजिक सक्रियता स्थानीय समुदायमा थप देखिन थालेको स्थानीयको भनाइ छ।

महेश सिंह

महेश सिंह

Related Posts

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

लोकप्रीय

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान
  • गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी
  • लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन
  • लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?