महेश सिंह, लहान सिरहा -नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ को वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित हुनुभएको छ।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका यादव लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आउनुभएको छ। विद्यार्थी तहदेखि पार्टीको संगठन निर्माणमा सक्रिय उहाँले वडा सभापतिको जिम्मेवारी पाएसँगै पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउने बताउनुभएको छ।
यादवले पार्टीको नीति, विचार र संगठनलाई वडा तहसम्म प्रभावकारी रूपमा पुर्याउने तथा नेता–कार्यकर्ताबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिने बताउनुभएको छ। उहाँले नेपाली कांग्रेसलाई स्थानीय तहमा थप सुदृढ बनाउन आफ्नो नेतृत्वदायी भूमिका रहने उल्लेख गर्नुभएको छ।
विद्यार्थी राजनीतिबाट खारिँदै आएका यादवको नेतृत्वमा सखुवानन्कारकट्टी–१ मा कांग्रेसको वडा संगठनलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।








