Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, October 22, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, October 22, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

महेश सिंह, लहान सिरहा – सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतामा सञ्चालित पोषण लेखाजोखा अभियानअन्तर्गत समाचार तयार पार्ने क्रमसम्म ४४ जना बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको छ। परीक्षणका क्रममा चार जना बालबालिकामा मध्यम शीघ्र कुपोषण (MAM) भेटिएको छ।

त्यस्तै, अभियानअन्तर्गत १२ जना गर्भवती महिलाको पोषण अवस्था परीक्षण गर्दा दुई जनामा मध्यम शीघ्र कुपोषण (MAM ) भेटिएको स्वास्थ्यकर्मीले जनाएका छन्। दुई जना सुत्केरी महिलाको समेत स्वास्थ्य तथा पोषण अवस्था परीक्षण गरिएकोमा उनीहरूको अवस्था सामान्य रहेको पाइएको छ।

हालसम्म परीक्षण गरिएका बालबालिकामध्ये गम्भीर शीघ्र कुपोषण (एसएएम) भने नभेटिएको वरिष्ठ अहेव नारायणप्रसाद चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य बालबालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

तेरहौतामा सञ्चालित अभियानमा कार्यालय सहयोगी अर्जुनसिंह थापा, महिला स्वास्थ्य स्वयंसेविका गीता थापामगर, वरिष्ठ अहेव कमल साह र वरिष्ठ अनमी सुनिता नेपालीलगायत स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको सहभागिता रहेको छ।

केयर नेपालको आर्थिक सहयोग तथा स्थानीय सरकारको समन्वयमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले सिरहाका छ र सप्तरीका दुई गरी आठ स्थानीय तहमा पोषणसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको महासंघकी रम्भाकुमारी साहले जानकारी दिनुभयो।

पोषण परियोजनाकी अनुगमन अधिकृत आँचल खड्काले बालबालिका तथा महिलाको पोषण अवस्था पहिचान गरी आवश्यक परामर्श, उपचार तथा स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो।

समयमै कुपोषण पहिचान गर्न सके त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो। अभियानमार्फत समुदायस्तरमै पोषण अवस्थाको परीक्षण गरी जोखिममा रहेका बालबालिका तथा महिलालाई आवश्यक स्वास्थ्य सेवासँग जोड्ने काम भइरहेको उहाँको भनाइ छ।

सोमबार अभियानको तेस्रो दिन सञ्चालन भएको पोषण लेखाजोखा कार्यक्रमको राष्ट्रिय कृषक समूह महासंघका प्रदेश सचिव यामुनप्रसाद यादव र महासंघका वित्त अधिकृत विष्णु दाहालले अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा कार्यक्रमको अवस्थाबारे जानकारी लिइएको अनुजा चौधरीले बताउनुभयो।

महेश सिंह

महेश सिंह

Related Posts

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

लोकप्रीय

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान
  • गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी
  • लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन
  • लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?