Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 23, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, October 23, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

महेश सिंह लहान – सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालको इमर्जेन्सी (आकस्मिक) कक्ष सुधार गरी नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइएको छ। अस्पतालले उपचारका लागि आएका एक बिरामीको हातबाट रिबन काटेर पुनर्व्यवस्थित इमर्जेन्सी कक्षको उद्घाटन गराएको हो।

लामो समयदेखि साँघुरो स्थान, अत्यधिक गर्मी, वर्षात्मा पानी चुहिने र सरसफाइको समस्या झेल्दै आएको इमर्जेन्सी कक्ष व्यवस्थित बनेपछि बिरामी तथा स्वास्थ्यकर्मीलाई सहज भएको छ।

सेवा लिन आएका कल्याणपुर नगरपालिकाका मनोजकुमार साहले यसअघि साँघुरो ठाउँ र सरसफाइको कमीले उपचार गराउन कठिनाइ हुने गरेकोमा अहिले व्यवस्थापन सुध्रिएपछि धेरै सहज भएको बताउनुभयो। त्यस्तै लहानका मङ्गैन यादवले पनि छानाबाट पानी चुहिने र सेवामा ढिलाइ हुने समस्या समाधान भएको भन्दै खुसी व्यक्त गर्नुभयो।

इमर्जेन्सी कक्षका इन्चार्ज दीपेन्द्रप्रसाद सिंहका अनुसार पहिले सिलिङ नहुँदा जस्तापाताका कारण अत्यधिक गर्मी हुने र वर्षात्मा पानी चुहिने समस्याले बिरामीको उपचारमा जटिलता थपिने गरेको थियो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै पुरानै कक्षलाई मर्मत-सम्भार गरी व्यवस्थित गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सुधारका क्रममा जस्तापाता फेर्ने, विद्युतीय व्यवस्थापन मिलाउने, रङ्गरोगन गर्ने, बिरामीको गोपनियताका लागि स्क्रिनिङ राख्ने तथा आवश्यक फर्निचर थप गरिएको छ।

भौतिक पूर्वाधार र सेवा व्यवस्थापनमा गरिएको यस सुधारले सर्वसाधारणलाई सहज वातावरणमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अस्पताल प्रशासनले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

दसैंको टीका थापेर मनोकामना एजुकेसनल एकेडेमीका विद्यार्थी घर फर्किदै

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

पर्वको उल्लाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्दै जनता माध्यमिक विद्यालय

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

नवराजपुरको आधारभुत बिधालय सुन्दरपुर झाझपट्टीमा सुभ कामना अदान प्रदान 

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान
  • गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी
  • लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन
  • लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?