Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 15, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, May 15, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

बैंकहरूले पर्पेच्युअल नन्–क्युमुलेटिभ अग्राधिकार सेयर जारी गर्न पाउने

बैंकहरूले पर्पेच्युअल नन्–क्युमुलेटिभ अग्राधिकार सेयर जारी गर्न पाउने

 काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राथमिक पूँजीकोषको दबाबमा रहेका बैंकहरूलाई पर्पेच्युअल नन्–क्युमुलेटिभ अग्राधिकार सेयर जारी गरी समस्या समाधानको विकल्प खुला गरेको छ ।

पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ मा बैंकहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म यस्तो उपकरणमार्फत अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था रहेकोमा कन्द्रीय बैंकले त्यसलाई कार्यान्वयनमा ल्याएको हो ।

राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिकामा संशोधन गर्दै प्राथमिक पूँजीकोषको ५ प्रतिशतभन्दा बढी सञ्चित नोक्सानीमा भएका बैंकले भने त्यस्तो सेयर जारी गर्न नपाउने व्यवस्था गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले पूँजीकोष सबल बनाउन वैकल्पिक औजार मार्फत पूँजी थप गर्ने विकल्प खुल्ला गर्ने उल्लेख गरेको थियो ।

मौद्रिक नीतिको सोही व्यवस्थालाई कार्यान्वयन गर्दै उसले पर्पेच्युअल नन्–क्युमुलेटिभ (अबिमोच्य असञ्चिति) अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था गरेको छ । यस्तो सेयर संस्थागत लगानकिर्ताले मात्रै खरिद गर्न पाउँछन् ।

‘अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पूँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्मको डिबेन्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेस गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशिकामा छ, ‘त्यस्तो निवेदनका सम्बन्धमा यस बैंकले आवश्यक सर्त तोकी डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्नेछ ।’

यस्तो अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकले १२ वटा सर्त तोकेको छ । बैंकहरूले जारी गर्ने पर्पेच्युअल नन्–क्युमुलेटिभ अग्राधिकार सेयरको भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, यस्ता सेयरधनीलाई सञ्चित मुनाफाबाट लाभांश दिने नपाउने जस्ता सर्त तोकिएको हो ।

यस्तै संस्था खारेज भएमा निक्षेप, ऋणपत्र र पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजीपछि मात्रै यस्तो सेयर धारण गर्ने लगानीकर्ताले भुक्तानी पाउने व्यवस्था गरेको हो ।

पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ ले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशत यस्तो सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ । यस्तो सेयर अतिरिक्त टायर १ क्यापिटलमा मात्रै गणना हुन्छ ।

राष्ट्र बैंकले तोकेका १२ सर्त

– पर्पेच्युअल नन्–क्युमुलेटिभ अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न नपाइने भएको हो ।

– उक्त सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्ने ।

– उक्त सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्था स्वयंले निष्कासन गर्नुपर्नेछ । यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने ।

– उक्त सेयर कुनै पनि सुरक्षण नराखी निष्कासन गर्नुपर्ने ।

–अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निहित हुने । लाभांशसम्बन्धी व्यवस्था इजाजतपत्र प्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दरसमेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ ।

–अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ । यसका लागि सञ्चित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन ।

-अग्राधिकार सेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा

(क) अग्राधिकार सेयर जारी गरेका संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्नुपूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।

(ख) यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पूँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशतभन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिने छ ।

(ग) अबिमोच्य असञ्चिति अग्राधिकार सेयरलाई ट्रिगर बिन्दु मानी साधारण सेयरमा परिणत गर्दा संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्ने । यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि/सूत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ ।

– बैंक तथा वित्तीय संस्थाले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई ‘रिस्क डिस्क्लोजर स्टेटमेन्ट’ सार्वजनिक गर्नुपर्ने ।

– अबिमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्ने लगानीकर्ताबाट ‘रिस्क डिस्क्लोजर स्टेटमेन्ट’ लगानीकर्ताहरूले प्राप्त गरेको, विवरणपत्रमा उल्लेखित सम्पूर्ण व्यवस्था तथा सर्त पढेको र बुझेको तथा लगानीकर्ता अबिमोच्य असञ्चिति अग्राधिकार सेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको हुनुपर्ने सर्त तोकेको छ ।

– संस्था खारेजी भएको अवस्थामा अबिमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजी उपकरणहरू, निक्षेपकर्ता एवम् अन्य साधारण साहुभन्दा पछि मात्र हुनेछ ।

– राष्ट्र बैंकले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर स्वीकृति दिँदा आवश्यकताअनुसार अन्य थप सर्तहरू तोक्न सक्नेछ ।

– उपर्युक्त व्यवस्था ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ लागु हुने इजाजतपत्रप्राप्त संस्थाको हकमा मात्र लागु हुने

एन.पी खबर

Related Posts

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

लहानमा हरियालीको पहल: जन्मदिनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

३५औँ वार्षिकोत्सवमा ओरेकको सन्देश—समानता र न्यायका लागि निरन्तर संघर्ष

लोकप्रीय

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

अभिभावक–विद्यालय सहकार्य मजबुत बनाउँदै गोल्डेन फ्युचर एकेडेमी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न
  • प्रदेश र पालिकाको जिम्मेवारी नबुझ्दा स्वास्थ्य क्षेत्रमा असन्तुष्टि
  • ज्येष्ठ, अपाङ्ग र बालबालिकाको अवस्थाबारे विवरण माग
  • जेष्ठ नागरिकको सम्मानमा लहान–२४ मा वृद्धाश्रम निर्माण सुरु
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?