Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 24, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 24, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महेश सिंह लहान सिरहा – महिला सशक्तीकरण तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले मुक्ति नेपालको आयोजनामा ७ दिने लेडिज चप्पल बनाउने सीपमूलक तालिम सुरु भएको छ। “सीपमूलक तालिम, आत्मनिर्भरताको आधार” भन्ने नारासहित सञ्चालन गरिएको तालिम २०८३ जेठ ३१ गतेदेखि सुरु भई असार ६ गते सम्पन्न हुने जनाइएको छ।

तालिममा गोलबजार नगरपालिकाका वडा नम्बर १ देखि १३ सम्मका महिलाहरूको सहभागिता रहेको छ। सहभागीहरूलाई लेडिज चप्पल निर्माणसम्बन्धी व्यावहारिक तथा व्यवसायिक सीप प्रदान गरी स्वरोजगार र आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

तालिमको सहजीकरण गीता देवी थापाले गरिरहेकी छन् भने निरुता सिंह सहयोगीको भूमिकामा रहेकी छन्। तालिम अवधिभर सहभागीहरूलाई चप्पल निर्माणका विभिन्न विधि, सामग्रीको प्रयोग, गुणस्तर व्यवस्थापन तथा बजारिकरण सम्बन्धी ज्ञान र सीप प्रदान गरिनेछ।

मुक्ति नेपालका वरिष्ठ लेखा अधिकृत आशा महतोले महिला सशक्तीकरणको आधार आर्थिक आत्मनिर्भरता भएकाले यस्ता सीपमूलक कार्यक्रम प्रभावकारी हुने बताइन्। उनले सीप सिकेर आयआर्जनसँग जोडिन सके महिलाहरूको सामाजिक तथा आर्थिक हैसियत थप सुदृढ हुने विश्वास व्यक्त गरिन्।

त्यसैगरी, मुक्ति नेपालका प्रोग्राम डकुमेन्ट अफिसरले संस्थाले समुदायका विपन्न तथा अवसरबाट वञ्चित महिलाहरूलाई लक्षित गरी विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै तालिमबाट सहभागीहरूलाई व्यवहारिक सीप हासिल भई स्वरोजगारतर्फ अग्रसर हुन सहयोग पुग्ने बताए।

मुक्ति नेपालका जिल्ला संयोजक बिशेश्वर दासका अनुसार तालिमको मुख्य उद्देश्य महिलाहरूलाई उद्यमशीलता विकासतर्फ प्रेरित गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउनु रहेको छ। उनले सीप सिकेका महिलाहरूले भविष्यमा साना उद्यम सञ्चालन गरी परिवारको आयस्तर वृद्धि गर्न सक्ने विश्वास व्यक्त गरे।

तालिममा सहभागी महिलाहरूले पनि प्राप्त सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • स्थानीयस्तरमै वन संरक्षणको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?