Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 24, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, June 24, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

गोलबजारमा बालविवाह र लैङ्गिक हिंसा अन्त्यका लागि वडा भेला सम्पन्न

गोलबजारमा बालविवाह र लैङ्गिक हिंसा अन्त्यका लागि वडा भेला सम्पन्न

संजु कुमारी दास, लाहान, सिरहा – गोलबजार नगरपालिका-८, भाइजी टोलस्थित आधारभूत विद्यालयमा बालविवाह तथा लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरोकारवालाहरूको सहभागितामा एकदिने वडा भेला सम्पन्न भएको छ। मुक्ति नेपालद्वारा आयोजित उक्त कार्यक्रममा करिब १३० जना सहभागी भएका थिए, जसमा स्थानीय जनप्रतिनिधि, शिक्षक, सामाजिक अगुवा, महिला, किशोर-किशोरी, अभिभावक, स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा किशोरी समूहका प्रतिनिधिहरू उपस्थित थिए।

भेलामा बालविवाहका कारण, यसको असर, तथा रोकथामका उपायहरूबारे गहिरो छलफल भएको थियो। कार्यक्रममा स्थानीयहरूले समाजमा व्याप्त परम्परा, आर्थिक अवस्था, परिवारको दबाब, तथा अन्य विविध कारणहरूले बालविवाहलाई बढावा दिइरहेको विषय उठाएका थिए।

१७ वर्षीया वर्षा सदा भन्छिन्, “हाम्रो समाजमा १४-१६ वर्षकै उमेरमा विवाह गरिदिन्छन्। कोही गरिबीले गर्दा, कोही समाजको डरले बालविवाह गर्न बाध्य हुन्छन्। हामी पढ्न चाहन्छौं, तर घरायसी तथा खेतको कामले गर्दा विद्यालय जान पाउँदैनौं। जब उमेर बढ्दै जान्छ, परिवारले विवाहको कुरा निकाल्छ, र समाजको दबाबले गर्दा हामी बाध्य भएर बिहे गर्नुपर्छ।”

६० वर्षीया लक्ष्मीनिया मण्डलले विगत र वर्तमान विवाह प्रथाको अन्तर स्पष्ट पार्दै भनिन्, “पहिले कम उमेरमै विवाह गरे पनि गउना (संगै बस्ने प्रक्रिया) केही वर्षपछि मात्र हुन्थ्यो, जसले गर्दा बालिका केही ठूलो भएपछि मात्र दाम्पत्य जीवन सुरू हुन्थ्यो। अहिले भने विवाहसँगै बस्ने चलन छ, जसले थप समस्या निम्त्याएको छ।”

शिक्षक लट्टु कुमार पूर्वेले बालविवाह रोक्न शिक्षाको महत्त्वबारे जोड दिँदै भने, “बालविवाह हुनुको प्रमुख कारण शिक्षा अभाव हो। अभिभावकहरूले छोरालाई विद्यालय पठाउँछन्, तर छोरीलाई घरको काममा लगाउँछन्। यदि सबै बच्चाहरू नियमित विद्यालय आउन थाले भने धेरै समस्या समाधान हुन सक्छ।”

समाजसेवी रामलखन मण्डलका अनुसार बालविवाह रोक्न सामाजिक दृष्टिकोण परिवर्तन आवश्यक छ। उनी भन्छन्, “जब छोरीको सानै उमेरमा विवाह गराउँदा १५ जनाले समर्थन गर्छन् र केवल दुईजनाले मात्र विरोध गर्छन्, त्यस्तो अवस्थामा अभिभावकहरू दबाबमा पर्छन्। समाजको सोच परिवर्तन गर्न जरुरी छ।”

वडा सदस्य मोतिलाल मण्डलले अभिभावकहरूलाई छोराछोरीबीच विभेद नगरी दुवैलाई पढाउन आग्रह गर्दै भने, “यदि कसैको आर्थिक अभावका कारण पढाइ छुटेको छ भने वडाबाट आवश्यक सहयोग व्यवस्था गरिनेछ। तर, बालविवाहको सट्टा शिक्षालाई प्राथमिकता दिनुपर्छ।”

कार्यक्रममा सहभागीहरूले बालविवाह तथा लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्षले मिलेर पहल गर्नुपर्ने निष्कर्ष निकाले। सामाजिक चेतना अभिवृद्धि, शिक्षामा पहुँच, र आर्थिक सुधारका माध्यमबाट मात्रै समाजमा परिवर्तन ल्याउन सकिने उनीहरूको धारणा थियो।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

जलवायु अनुकूल कृषि प्रवर्द्धनका लागि महिला किसानको क्षमता विकास

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

किसानलाई आत्मनिर्भर बनाउने महासंघको अभियान, नरहामा कृषि तथा पोषण मेलाले आकर्षण बढायो

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

नागरिक बचाउ महाअभियानको आह्वान : माघ १६ गते लहानमा दुर्गा प्रसाईंद्वारा सम्बोधन

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

समान अधिकारको माग गर्दै उदयपुरमा नेपाल मुस्लिम संघको जिल्ला बैठक 

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : बर्दिवासमा युवासँग अन्तरक्रिया

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

लोकप्रीय

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

स्थानीयस्तरमै वन संरक्षणको अभियान

स्थानीयस्तरमै वन संरक्षणको अभियान

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

समुदायमा सकारात्मक परिवर्तन ल्याउन संरक्षण अभियानताहरुको नेतृत्व अभिमुखीकरण

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

संवादमार्फत दिगो शान्तिको खोजी : मधेशका २७ प्रतिनिधि एकै थलोमा

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह
  • खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि
  • महिला आत्मनिर्भरताका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु
  • स्थानीयस्तरमै वन संरक्षणको अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?