Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, November 1, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, November 1, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप


पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

महेश सिंह लहान सिरहा –सप्तरीको सुरुङ्गा नगरपालिका–१०, थलहामा प्रेम विवाहपछि दाइजोको लोभ र पारिवारिक दबाबका कारण एक नवविवाहिता युवती अमानवीय व्यवहारको शिकार बनेकी छन्।
थलहा निवासी नागेश्वर यादव (बम भोला) का छोरा नुनु यादव (२५) र सोही गाउँका तारा चन्द्र यादवकी छोरी प्रियंका यादव (२१) बीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। एउटै जात–थर भएकाले टिकुलिया समाजको रोहबरमा असोज १ गते स्थानीय मन्दिरमा सामाजिक सहमतिमै उनीहरूको विवाह गराइएको थियो।
तर विवाहको भोलिपल्टैदेखि अवस्था उल्टियो। नुनु आफ्नै परिवारको दबाबमा घर छाडेर बेपत्ता भए भने नवविवाहिता प्रियंकालाई ससुराली परिवारले अँध्यारो कोठामा थुनी खाना–पानी समेत बन्द गरेको पीडित पक्षले दाबी गरेको छ। “भोक–प्यासले थाकेर आफैँ घर छोडून् भन्ने उद्देश्यले यस्तो व्यवहार गरिएको हो,” स्थानीयले भने।
केटाका काका शम्भुनाथ यादवले भने विवाह जबर्जस्ती गराइएको दाबी गर्दै बुहारी स्वीकार्न नसक्ने अडान लिएका छन्। तर गाउँलेहरूले भने दाइजोको लोभका कारण गरीब परिवारकी छोरीलाई अस्वीकार गरिएको आरोप लगाएका छन्।
यसबीच, घटनाबारे प्रहरी प्रशासनलाई उजुरी दिइए पनि मुद्दा दर्ता नभएको र पीडित पक्षको कुरा समेत नसुनेको स्थानीयले आरोप लगाएका छन्। यसले घटनामा राजनीतिक संरक्षण रहेको शंका थपिएको छ।
समाजका अगुवा, बुद्धिजीवी र स्थानीय राजनीतिकर्मीहरूले युवतीलाई कालकोठरीमा थुन्ने कार्यलाई अमानवीय भन्दै कडा आपत्ति जनाएका छन्। “प्रेम कुनै अपराध होइन, तर प्रेम गर्ने युवतीलाई यातना दिनु मानवता विरुद्धको अपराध हो,” उनीहरूको भनाइ छ।
सप्तरीमा यस घटनाले दाइजो प्रथा र पारिवारिक दबाबका कारण अझैसम्म प्रेम विवाहलाई सहज रूपमा स्वीकार नगरिएको कटु यथार्थ उजागर गरेको छ। पीडित प्रियंकाको सुरक्षा र न्याय सुनिश्चित गर्न राज्यले तत्काल कदम चाल्नुपर्ने स्थानीयको माग छ।

 

 

महेश सिंह

महेश सिंह

Related Posts

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्थानीयमै स्वास्थ्य सेवा पाउने बाटो खुल्यो

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्थानीयमै स्वास्थ्य सेवा पाउने बाटो खुल्यो

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

युवा सहभागिता र नयाँ सोचसहित लहान कांग्रेस सभापतिमा उमेश चौधरीको दाबी

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

लोकप्रीय

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहान–२२ बर्छवामा निःशुल्क आँखा जाँच शिविर, तीन सय बिरामी लभाम्बित

लहान–२२ बर्छवामा निःशुल्क आँखा जाँच शिविर, तीन सय बिरामी लभाम्बित

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

गोल्डेन फ्युचर स्कुलमा गुरुआमाबाट टीका थाप्दै बिद्यार्थी

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान प्रादेशिक अस्पतालको इमर्जेन्सी कक्ष सुदृढ, बिरामीबाटै उद्घाटन

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

लहान मनकामना कलेजद्वारा नवप्रवेशी विद्यार्थीलाई स्वागत तथा शुभकामना

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु
  • लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु
  • लहान–२२ बर्छवामा निःशुल्क आँखा जाँच शिविर, तीन सय बिरामी लभाम्बित
  • नवरात्रको नवौँ दिन शिवदेव साहद्वारा नौ कुमारी कन्यालाई वस्त्र, भोजन र दक्षिणा प्रदान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?