Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, August 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा

महेश सिंह | सिरहा –सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुर मा विश्व हिन्दू परिषद नेपालको सहकार्य, वडा कार्यालयको समन्वय तथा बालासुन्दरी आई केयर सेन्टर प्रा.लि. को आयोजनामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट २ सय जना स्थानीय लाभान्वित भएका छन्।

वडा अध्यक्ष बनसिलाल यादवको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममा विश्व हिन्दू परिषद नेपालका सिरहा जिल्ला अध्यक्ष शिवदेव साह, शिवराम यादव, बालासुन्दरी आई केयर सेन्टर प्रा.लि.का सञ्चालक ज्ञानेन्द्र विक्रम यादव, प्रेमशिला यादव, सान्ता चौधरी तथा सञ्चालक समितिका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

शिविरमा दक्ष तथा अनुभवी आँखा स्वास्थ्य प्राविधिकद्वारा स्थानीयवासीको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आँखासम्बन्धी विभिन्न समस्याको पहिचान गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि आवश्यक सुझावसमेत दिइएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बनसिलाल यादवले दृष्टि नै मानव जीवनको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएकाले गाउँमै निःशुल्क आँखा परीक्षण सेवा उपलब्ध गराउन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताए। विशेषगरी गरिब, अशक्त, अपाङ्ग, दलित तथा ज्येष्ठ नागरिकले आफ्नै गाउँमा सहज रूपमा स्वास्थ्य सेवा पाउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै उनले “वृद्ध आमाबुबाको सेवा गर्न पाउनु नै सबैभन्दा ठूलो खुसी हो,” भने।

त्यसैगरी विश्व हिन्दू परिषद नेपालका सिरहा जिल्ला अध्यक्ष शिवदेव साहले मानव सेवा नै संसारको सबैभन्दा ठूलो धर्म र उत्कृष्ट सेवा भएको बताउँदै समाजका विपन्न, असहाय तथा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकसम्म यस्ता सेवामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिनुपर्नेमा जोड दिए।

बालासुन्दरी आई केयर सेन्टर प्रा.लि.का सञ्चालक ज्ञानेन्द्र विक्रम यादवले ग्रामीण क्षेत्रमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा सहज रूपमा पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

आयोजकका अनुसार शिविरबाट २ सय जना स्थानीयले निःशुल्क आँखा परीक्षण सेवा प्राप्त गरेका छन्। ग्रामीण भेगका नागरिकलाई आफ्नै गाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरले स्थानीयवासीलाई प्रत्यक्ष राहत र स्वास्थ्य लाभ पुगेको विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

धर्म, विकास र समाजसेवाको उत्कृष्ट उदाहरण: विष्णु न्यौपानेले दान गरे करोडौं मूल्यको जग्गा

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम
  • गृह मन्त्रालयको छानबिन टोलीद्वारा गोलबजार घटनाको स्थलगत अध्ययन
  • रोमानियामा रेलको टक्करबाट दुई नेपाली नागरिकको मृत्यु
  • जगतपुरमा निःशुल्क आँखा शिविरबाट २ सय जनाले पाए सेवा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?