Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, October 6, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण


सिरहाका विद्यालयमा इको क्लब गठन, जलवायु मैत्री व्यवहारबारे प्रशिक्षण

महेश सिंह,लहान सिरहा -सिरहाका विभिन्न विद्यालयमा जलवायु परिवर्तन तथा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि गर्न विद्यार्थीलाई प्रशिक्षण दिँदै इको क्लब गठन गरिएको छ।

केयर नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालको सहकार्यमा धनगढीमाई नगरपालिका–स्थित जनता माध्यमिक विद्यालय, प्राविधिक धार, तिनकोनी र लक्ष्मीपुरपतारी गाउँपालिका–२ स्थित श्री डोमी चौधरी माध्यमिक विद्यालय, प्राविधिक धारमा विद्यार्थीलाई जलवायु मैत्री गाउँ निर्माण, वातावरण संरक्षण, सरसफाइ तथा पर्यावरणीय संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको हो।

लक्ष्मीपुरपतारी–२ स्थित श्री डोमी चौधरी माध्यमिक विद्यालयमा २१ सदस्यीय इको क्लब गठन गरिएको छ। क्लबमा तीन जना शिक्षक र १८ जना विद्यार्थी रहेका छन्। नवगठित क्लबका अध्यक्ष गोविन्द साहले विद्यालयलाई हरित, सफा तथा वातावरणमैत्री बनाउँदै पर्यावरण संरक्षणका गतिविधिमा विद्यार्थीलाई सक्रिय गराउने बताउनुभयो।

राष्ट्रिय कृषक समूह महासंघ नेपालकी प्रतिनिधि रचना श्रेष्ठका अनुसार केयर नेपालको आर्थिक सहयोगमा सिरहाका चार विद्यालयमा इको क्लब गठन भइसकेको छ भने एक विद्यालयमा क्लब गठन गर्न बाँकी रहेको छ। विद्यालय तहबाटै वातावरण संरक्षणसम्बन्धी चेतना विकास गर्न प्रशिक्षण तथा क्लब गठनले योगदान पुर्‍याउने उहाँले बताउनुभयो।

प्रशिक्षणको सहजीकरण विभा कुमारी यादव र पिंकी कुमारी शर्माले गर्नुभएको थियो। कार्यक्रममा धनगढीमाईस्थित जनता माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनिता साह, महासंघका फिल्ड अफिसर राजीवकुमार दास, अभियन्ता प्रमोद ठाकुर, पालिका महासंघ अध्यक्ष प्रेमकुमारी मण्डल, सचिव आशाकुमारी दासलगायतको सहभागिता थियो।

विद्यालयका प्रधानाध्यापक तारणीप्रसाद चौधरीले वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षणले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो। विद्यालयका फोकल शिक्षक किशुनदेव ठाकुरलाई इको क्लबको समन्वयको जिम्मेवारी दिइएको जनाइएको छ।

इको क्लबले विद्यालय परिसरमा सरसफाइ, वृक्षरोपण तथा हरियाली प्रवर्द्धन, प्लास्टिकजन्य फोहर न्यूनीकरण र वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गर्ने जनाइएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

आँखा उपचारमा स्थानीय पहल, नरहामा २० जनामा मोतियाबिन्दु पहिचान

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

बचत र जिम्मेवार खर्चको अभ्यास सिक्दै ग्रामीण महिला

लोकप्रीय

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

कुपोषण न्यूनीकरणका लागि सिरहामा पोषण लेखाजोखा अभियान सञ्चालन

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

लहानको काङ्ग्रेस सभापतिमा उमेश चौधरी

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सप्तरीको रुपनीमा समुदायस्तरीय पोषण परीक्षण, बालबालिका र गर्भवतीमा कुपोषण पहिचान
  • लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै
  • सखुवानन्कारकट्टी–१ को कांग्रेस वडा सभापतिमा सन्तोषकुमार यादव निर्वाचित
  • बरियारपट्टीमा बालबालिका तथा महिलाको पोषण अवस्था परीक्षण अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?