Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, November 22, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, November 22, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

राजनीतिक बेथिति र अस्थिरताविरुद्ध कुलमानको नयाँ अभियान

राजनीतिक बेथिति र अस्थिरताविरुद्ध कुलमानको नयाँ अभियान

महेश सिंह, लहान–सिरहा-उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा व्याप्त राजनीतिक अस्थिरता, बेथिति, अन्योलता र विभेद अन्त्य गर्दै राजनीतिक क्षेत्रमा नयाँ उज्यालो ल्याउने उद्घोष गरेका छन्। विद्युत् क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको अनुभवलाई राजनीतिक परिवर्तनसँग जोड्दै उनले अब देशको राजनीतिमा पनि उज्यालो आवश्यक रहेको बताएका हुन्।

छठ पर्वको अवसरमा सिरहा–सप्तरी भ्रमणमा रहेका घिसिङले सिरहाको गोलबजार नगरपालिका–१० स्थित धरमपुर गाउँमा स्थानीयवासीसँगको भेटघाट तथा अन्तरक्रियाका क्रममा आफ्नो राजनीतिक लक्ष्य सार्वजनिक गरेका हुन्।

विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा पानीबाट विद्युत् उत्पादन गरी देशलाई लोडसेडिङमुक्त बनाउन खेलेको भूमिकाको स्मरण गर्दै उनले अब राजनीतिक क्षेत्रमा देखिएको निराशा, अन्योल र बेथितिको अन्त्य गर्ने अभियानमा लागेको बताए।

उनले विगतमा आफ्नो स्वच्छ भावनामाथि राजनीतिक हत्या गरिएको टिप्पणी गर्दै अब त्यस्तो परिस्थितिको सिकार नहुने स्पष्ट पारे। “मेरो स्वच्छ भावनामाथि विगतमा राजनीतिक हत्या भयो। तर अब म त्यस्तो राजनीतिक हत्याको सिकार हुने छैन,” उनले भने।

घिसिङले विद्युत् क्षेत्रमा सम्भव बनाइएको परिवर्तन राजनीतिक क्षेत्रमा पनि सम्भव रहेको दाबी गरे। “जसरी पानीबाट विद्युत् उत्पादन गरेर देशमा लोडसेडिङको अन्त्य गरियो, त्यसरी नै अब राजनीतिको लोडसेडिङ अन्त्य गर्छु,” उनले भने।

उनको अभिव्यक्तिले परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्ट नागरिकलाई नयाँ राजनीतिक विकल्पको सन्देश दिने प्रयास गरेको देखिन्छ। विद्युत् क्षेत्रमा आफ्नो कार्यसम्पादनबाट स्थापित भएको पहिचानलाई राजनीतिक सुधारको एजेन्डासँग जोड्दै घिसिङले देशमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसै क्रममा उनले आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई दिल र मनदेखि मतदान गर्न स्थानीय मतदातासँग अपिलसमेत गरे। देशमा सुशासन, राजनीतिक स्थिरता र सकारात्मक परिवर्तनका लागि आफ्नो पार्टीलाई साथ दिन उनले आग्रह गरेका थिए।

छठ पर्वको अवसर पारेर सिरहा र सप्तरी पुगेका घिसिङले विभिन्न स्थानमा स्थानीय नागरिक, शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम राखेका थिए। उक्त कार्यक्रममा पार्टीका महासंचिब दिवाकर अर्याल, घिशिङ्ग धर्म पतनी दिपा तामाङ, राम तमाङ्ग, श्रवण पासमान लगायतका सयौं नेता कर्याकर्ताहरुको उल्लेखनीय सहभागीता थियोे।

विद्युत् क्षेत्रको सफलताको छविलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने प्रयासमा रहेका घिसिङको ‘राजनीतिको लोडसेडिङ अन्त्य गर्ने’ अभिव्यक्तिलाई आगामी निर्वाचन केन्द्रित राजनीतिक सन्देशका रूपमा समेत हेरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सखुवानन्कारकट्टीमा चियापान तथा भेटघाट कार्यक्रम, युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड

सखुवानन्कारकट्टीमा चियापान तथा भेटघाट कार्यक्रम, युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड

जनताको विश्वास जित्ने रणनीतिमा कांग्रेस, वडा नं. २२ मा चुनावी तयारीबारे छलफल

जनताको विश्वास जित्ने रणनीतिमा कांग्रेस, वडा नं. २२ मा चुनावी तयारीबारे छलफल

लहानका डा. कासिन्द्र मेहराको सेवाभावको कदर, विश्व हिन्दु परिषद् सिरहाद्वारा सम्मान

लहानका डा. कासिन्द्र मेहराको सेवाभावको कदर, विश्व हिन्दु परिषद् सिरहाद्वारा सम्मान

न्यायको पर्खाइ कहिलेसम्म ?’ लहानमा द्वन्द्वपीडितको न्याय र रोजगारीबारे गम्भीर बहस

न्यायको पर्खाइ कहिलेसम्म ?’ लहानमा द्वन्द्वपीडितको न्याय र रोजगारीबारे गम्भीर बहस

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सखुवानन्कारकट्टीमा चियापान तथा भेटघाट कार्यक्रम, युवा नेतृत्वलाई अवसर दिनुपर्नेमा जोड
  • जनताको विश्वास जित्ने रणनीतिमा कांग्रेस, वडा नं. २२ मा चुनावी तयारीबारे छलफल
  • राजनीतिक बेथिति र अस्थिरताविरुद्ध कुलमानको नयाँ अभियान
  • लहानका डा. कासिन्द्र मेहराको सेवाभावको कदर, विश्व हिन्दु परिषद् सिरहाद्वारा सम्मान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?