मिथिला रत्न ,सिरहा । नेपाल रेडक्रश सोसाइटी उप शाखा कल्याणपुरमा उप-सभापती,सचीब र कोषाध्यक्षको मिलोमतोमा ब्यापक अनियमितता गरेको बिज्ञप्तिमा उल्लेख गरेका छन । उनले आर्थिक कारोबार बैंक बाट नभइ नगदै गरेको र कोषाध्यक्षले आफ्नै सम्धि सत्य नारायण साहबाट लेखा परिक्षण गराई आर्थिक अनियमितता गरेको र अनियमततालाइ ढाकछोप गर्न अबैधानिक तरिकाबाट उप साखाको सभा गरेको आरोप लगाएका छन । अनियमितता लुकाउन मिति २०७८ पौष २७ गतेको अपन दैनिक पत्रीकामा प्रकाशित यस उपसाखाको कथित साधारण सभा सम्बन्धि समाचारप्रती मेरो ध्यानाकर्षण भएको छ । उक्त साधारण सभामा कोषध्यक्ष राम नारायण साहले कपोकल्पित रुपमा म माथी ८२ लाखको अनियमितता गरेको भनि लगाएको आरोप झुठो रहेको बिज्ञप्तिमा उल्लेख छ ।
उप-साखाबाट त्यती रकम बराबरको हालसम्म कुनै कार्य नभएको नगरेको यस साखाको लेखा परिक्षण प्रतिबेदनहरुबाट प्रस्ट हुन्छ । उप साखाको कोषाध्यक्ष राम नारायण साहले आर्थिक कारोबार सङ्ग सम्बन्धित समपुर्ण कागजातहरु आफ्नै अधिनमा राखी अनियमीत तरिकाबाट कारोबार गरिरहेको छ । उप साखा कोषाध्यक्ष साहले रेडक्रशको बिधान बिपरित आफ्नो निजि कम्पनि सरह सन्स्थाको कोषाध्यक्ष भइ कोषको रकम हिनामिना गर्न खोज्दा मैले नमानेपछि कोषाध्यक्ष राम नारायण साहको मिलेमतोमा उप सभापती लालदेब साह,सचिब प्रमेस्वर साहले आ.ब २०७७/०७८ मा रु.८ लाख ,४१ हजार ४६ रुपैयाँ को नगद कारोबार गरि अनियमितता गरेको छ र कोषाध्यक्ष साहले २०७६/०७७ को लेखा परिक्षण प्रतिबेदन अनुसार ९४ हजार ४६ रुपैयाँ निजि प्रयोजनमा लगाई बिधान बिपरित आर्थिक दुरुपयोग गरेको हुदा छानबिनका लागि जिल्ला साखामा निवेदन समेत दिएको ब्यहोरा उल्लेख गरेका छन ।
नेपाल रेडक्रश सोसाइटी उपसाखा कल्याणपुरका कोषाध्यक्ष साहको अगुवाईमा उपसाखा कार्यसमितिको पदाधीकारीहरु समेतको संग्लनतामा नेपाल रेडक्रश सोसाइटीको बिधान बिपरितका क्रियाकलापहरु लागि रेडक्रश जस्तो पबित्र संस्थामा राजनितिकरण गर्न खोज्नु दुर्भाग्य हो ।
प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य तथा पुर्ब राज्यमन्त्री माननिय सुरेश कुमार मण्डलको संसदिय बिकास कोषबाट खरिद गरिएको एम्बुलेन्समा दाताको नाम लेखाइलाई राजनितिकरण गर्न खोज्दा सफल हुन नसकेपछि राजनैतिक पुर्बाग्रह राखी मलाई विभिन्न बहानामा बदनाम गर्ने प्रयास गरेको उल्लेख छ ।
नेपाल रेडक्रश सोसाइटीको बिधान बिपरितका गतिबिधिहरुमा संग्लगन रहेका यी तिनजना पदाधिकारिका कारण बदनाम भएको,समयमा बैधानिक रुपमा उप साखा सभा हुन नसकेको कारण पौष मसान्त भित्र समपन्न गर्नु पर्ने उप साखाको निर्बाचन कार्य पनि हुन नसकेको ब्यहोरा सम्पुर्ण पत्रकार,सरोकारबाला तथा यस उपसाखाका सम्पुर्ण सद्स्यहरुमा जानकारी गराउन र अगामी दिन यहाहरुको सुझाब ह अनुसार संस्थाको उद्देश्य पुर्ती गर्न प्रतिबद्ध्ता रहेको कुरा बिश्वास दिलाउन चाहन्छु भनि महेस्वर यादब सभापती नेपाल रेडक्र्स सोसाइटी उपसाखा क्ल्याणपुर भनि हस्ताक्षर सहित बिज्ञप्ति जारी गरेका छन ।
यता,उपाध्यक्ष राम नारायण साहले बिधान बिपरित सभा नगरि बिधान सङ्ग्त गरेको बताए ।, जिल्ला साखाका कारण यस उपसाखाम बिबाद चुलिएको बताए ।







