शिव दयाल यादब,सिरहा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेशमा चुनावी सरगर्मी बढेको छ । पालिकाहरुमा हरेक दलबाट उम्मेदवारको चर्चा परिचर्चा चिया पसल होस या पान पसल चुनाबको बारेमै सुरु भएको छ ।
नेताहरुले आ–आफ्ना दलहरुमा टिकटका लागि लबिंग समेत थालि सकेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा पालिकाको अधिकार, बजेट, कार्यक्षेत्र लगायतका विषयमा नेता–कार्यकर्ता तथा सर्वसाधारणलाई खासै जानकारी थिएन । तर गत पाँच वर्षको अवधिमा जनप्रतिनिधिको अधिकार, बजेट र कार्यक्षेत्रबारे थाहा पाएपछि चुनाव नलड्ने निश्चय गरेकाले पनि नेतृत्वकालागि आकांक्षा प्रकट गरिरहेका छन् ।
अकांक्षीले आ–आफ्ना पार्टीमा टिकटका लागि रस्सा- कस्सि गरिरहेका छन् । आवद्धता रहेकै पार्टीबाट टिकट नपाउने देखेपछि नेतृत्वको चाहनाले दल परिवर्तन गर्ने होड समेत सुरु भइसकेको छ । दलहरुले पनि आन्तरिक रुपमा वडाध्यक्षदेखि पालिका उपप्रमुख तथा प्रमुखलाई टिकट वितरणका लागि छलफल थालिसकेका छन् । मधेश प्रदेशमा रहेको ८ वटै जिल्लामा मध्ये सिरहामा १७ वटा स्थानीय तह रहेको छ ।
जसमा बिष्णुपुर गाउँपालिका पनि एक रहेका छन । २०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमले अध्यक्ष र उपाध्यक्षमा सहित ५ वडा मध्ये ३ मा जित निकालेको थियो । बाकी दुई वडामा नेकपा माओवादी र तत्कालिन राजपा जितेका छन । बिष्णुपुर गाउँपालिका अध्यक्ष टिकटका लागि जसपा, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतका प्रमुख दलहरुका स्थानीयदेखि प्रदेश स्तरका नेताहरुले केन्द्रमा लविंग गरिरहेका छन् । ती प्रमुख दलहरुबाट अध्यक्ष का लागि दजर्नौ आकांक्षी छन् ।
बिष्णुपुर गाउँपालिका मा जसपा,काँग्रेस,नेकपा एमाले र नेकपा माओबादी बलियो छ । हुन त अघिल्लो मतपरिणाम अनुसार जसपा सबैभन्दा शक्तिशाली दल छ्न । तत्कालिन गापा र वाडा प्रत्यासी उम्मेदवारहरु र स्थानीय नेताहरु टिकट हानथापको लागि विभाजित हुदा यी दलहरुबिच कडा ट्क्कर नहुने होइन । यद्यपी जसपामा हाल तत्कालिन राजपाका प्रत्यासी गापा अध्यक्ष बाहेक प्रत्यासी वडा अध्यक्ष लगायत तत्कालिन लोकतान्त्रिक समाजबादी पार्टी का प्रत्यासीहरु सम्मलित भएका छन । यहा अघिल्लो मत परिणाम अनुसार नेकपा एमाले दोस्रो स्थानमा रहेको थियो,नेकपा बाट एकीकृत समाजवादी फुटेपछि केही असर गरेपनि यसले कुनै फरक नपारेको भन्न सकिदैन्न ।
अघिल्लो मत परिणाममा तेस्रो स्थानमा रहेको काङ्ग्रेसले जनमतको हिसाबले जनाधार रहेको दल भएपनि आपसि फुट र उपगुटले नतिजा राम्रो आउन सकेन । तत्कालिन राजपा चौथो स्थानमा रहेको प्रत्यासी गापा अध्यक्ष नेकपा माओवादीमा प्रवेश गरेपछि माओवादी पहिलेको भन्दा बलियो अबस्थामा पुगेको छ । तर यहा प्रमुख प्रतिस्पर्धि जसपा र काङ्ग्रेस रहेको छ । त्यस पश्चात मात्रै क्रमशः एमाले र माओवादीको जनआधार देखिन्छ ।
वर्तमान अध्यक्ष जागेस्वर यादब फेरि चुनाव लड्ने मनस्थितिमा छन् । जसपाबाटै उनले पुनः अध्यक्ष पदको उम्मेदवार बन्ने चर्चा छ ।
नेपाली काङ्ग्रेसबाट पूर्व राजपुर गाबिस अध्यक्ष कुसेस्वर यादबको नाम अध्यक्ष पदका लागि चर्चामा छ । कुसेस्वर यादब सीता देबि यादब निकट् भएपनि बिगतको गल्तिलाई नदोह्र्याउन आफू कुनै गुटको नभइ काङ्ग्रेस हु भन्ने रुचाउँछन् । त्यस्तै,अघिल्लो स्थानीय तहको चुनावमा काँग्रेसबाट प्रत्यासी राम चन्द्र यादब तेस्रो स्थानमा थियो उनी यसपाली फेरि अध्यक्ष पदका दावेदार हुन् । यादब काँग्रेसमा सभापती रामचन्द्र यादब निकट मानिन्छन् ।
यी दुबैजना काँग्रेसबाट बिष्णुपुर गाउँपालिकाको लागि सम्भावित उम्मेदवार रहेको पार्टीका नेताहरु बताउँछन् । यी दुईजना बाहेक पनि काँग्रेसभित्र टिकटका लागि अकांक्षी छन् । सभापती राम चन्द्र यादब निकटकै मानिने जगवीर यादब पनि रहेका छन ।
नेकपा एमालेबाट अध्यक्षको टिकटका लागि अघिल्लो स्थानीय तहको चुनाबमा निकतत्म प्रतिद्वन्धि सत्य नारायण यादब खुलेर चर्चामा छ । यसबाहेक पनि जिल्ला सम्नब्य समिति सिरहाका उपसभापती सरोज यादब पनि अकांक्षी रहेका छन । उनले नेकपा एमालेले यसपाली युबालाइ अबसर दिनुपर्छ भन्ने आफ्नो भनाइ राखेका छन ।
माओवादी केन्द्रबाट राम कुमार यादबको अकांक्षी रहेपनि टिकटकै लागि तत्कालिन राजपा प्रत्यासी हजारी साह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्डको हातबाट जनकपुरमा टीका लगाएपछि साह एका -एक चर्चामा आएका छन ।
लोसपा,एकीकृत समाजवादी र जनमत पार्टीबाट हालसम्म कुनै पनि उम्मेदवारको चर्चा राजनीतिक वृतमा देखिँदैन । यद्यपी यी दल भित्र पनि आकंक्षीहरु रहेको ती दलका नेताहरुको भनाइ छ । तर बिष्णुपुर गाउँपालिकामा पछिल्लो चुनावलाई आधारमा यी दलहरुको जनाधार कमजोर रहेकाले पनि बलिया उम्मेदवारको खोजीमा यी दलहरु रहेको छ ।







