Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

‘अनि गठबन्धनलाई भन्यौं– याे षड्यन्त्र नगर्नुहोस्, बरु सबै सिट आफैंसँग राख्नुहोस्’


‘अनि गठबन्धनलाई भन्यौं– याे षड्यन्त्र नगर्नुहोस्, बरु सबै सिट आफैंसँग राख्नुहोस्’

काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादव यसपल्ट पनि सप्तरी २ बाट  चुनाव लड्दैछन् । उनको क्षेत्रमा नयाँ प्रतिस्पर्धी सीके राउत  आएका छन् । यादव एमालेसँग तालमेल गरी यो खड्गो पार लगाउन चाहन्छन् । उनीसँग चुनावकै परिवेशमा  गरेको कुराकानी :

चुनावपूर्वका परिदृश्य कस्ता छन् ?

मनोनयन भर्खरै भएको छ । दशैं, तिहार, छठ पनि आइरहेकै छन् । चाडबाडको आकर्षणबीच चुनावालाई देशविदेशका जनताले बडो रुचीपूर्वक हेरिरहेका छन् ।

दशैंको दिनमै तपाईंले सत्ता गठबन्धन तोडेर बालकोट जानुभयो ओलीलाई भेट्न, होइन त ?

योभन्दा अगाडिको सरकारले दुई दुईपटक संसद भंग गर्दा राजनीतिक अस्थिरता र मुलुक दिशाहीन भएर जाने खतरा थियो । लोकतन्त्रलाई नै छाड्दै जाने हो कि भन्ने खतरा र आशंका उत्पन्न भएका थिए । त्यो खतराबाट संघीय गणतन्त्रलाई जोगाउनुपर्छ भनेर आन्दोलन अघि बढायौं । पाँच पार्टीको गठबन्धन त्यसैक्रममा हुन गयो । सडक र सर्वोच्च अदालतमा यो गठबन्धनको प्रयास देखा पर्यो । मुलुक फेरि पुरानो ट्र्याकमा फर्कियो । स्थानीय चुनाव, राष्ट्रिय सभा चुनाव सम्पन्न भए ।

गठबन्धन तोड्ने अवस्था कसरी आइपर्‍यो ?

स्थानीय चुनावमा जहाँ–जहाँ हामीले गठबन्धन गरेका थियौं, ती–ती ठाउँमा कांग्रेसको मत एकदमै न्युन प्राप्त गर्यौं । विराटगर, जनकपुर, कलैया, नेपालगञ्जमा पाएनौं । वीरगञ्जमा आंशिक पायौं । त्यसले के देखायो भने यो गठबन्धनमा मत स्थानान्तरण हुँदो रहेनछ भन्ने देखियो । त्यही बीचमा सिट तालमेलको कुरा हुँदा निकै वार्ता भयो ।

अन्तिममा आइपुगेपछि जनता समाजवादी पार्टीलाई अवमूल्यन गर्ने दम्भ गठबन्धनमा रहेका ठूला पार्टीमा देखा पर्‍यो । थोरै सिट दिने र सिध्याउने षडयन्त्र सत्ता गठबन्धनभित्र देखा परे । हामीले भन्यौं, यो षडयन्त्र गर्दै नगर्नुस् । बरु सबै सिट तपाईहरु लिनुहोस् ।

एमालेसँग गठबन्धन हो कि तालमेल ?

अहिले तालमेल मात्रै हो । हामीले समग्रमा ८१ सिट प्रतिनिधिसभा, १४५ सिट प्रदेशसभामा प्रतिस्पर्धा गर्दैछौं । १२–१३ जिल्लामा हाम्रो सिट तालमेल छ । बाँकी आफंै प्रतिस्पर्धा गर्दैछौं ।

उसोभए चुनाव सकिएपछि एमालेसँगको सहकार्य के हुन्छ ?

चुनावपछि पनि एमालेसँग हामी सँगै अघि बढ्छौं । साझा कार्यक्रमहरु बनाउन सक्ने सोच छ । बाँकी त चुनावपछि पनि धेरै सल्लाह हुनेछन् ।

त्यो त गठबन्धन बनाएकै बराबर त भयो नि ?

होइन, गठबन्धन निश्चित लक्ष्य प्राप्तिका लागि मोर्चाबद्ध हुने हो । अहिले हामीले एमालेलाई सिट छाड्ने, एमालेले हाम्रा लागि सिट छाड्ने । भविष्यका लागि सहकार्यको बाटो खुला राखिराख्ने गरी सिट तालमेल गरेका हौं । यत्ति हो ।

दुई वर्षअघि तपाईंहरुले ओलीलाई असंवैधानिक संसद विघटन गरी प्रतिगमन गर्ने नेता भन्नुहुन्थ्यो । उहाँविरुद्ध सडकमा पनि जानु भो । अब प्रतिगमन सच्चियो ?

होइन, हामीले अडान छाडेका छैनौं । हामीले आफ्ना अडान र अवधारणाहरु यथावत राख्दै पनि सिट तालमेल भएको छ ।

भनेपछि एमालेलाई हेर्ने तपाईंको दृष्टिकोणमा कत्ति पनि फेरबदल भएको छैन ?

फेरबदलभन्दा पनि हाम्रो आफ्नो पार्टी भएकाले आफ्नै सोच चिन्तन हुन्छ । उहाँहरुको पनि छ । पार्टीहरुको आआफ्नो दृष्टिकोण र चिन्तन हुन्छ । पुरानै नजरले सबै कुरा नहेरौं । किनभने समय धेरै अघि बढेसकेको छ ।

पहिले तपाईं कहिले एक्लै, कहिले मधेसकै अर्को क्षेत्रीय शक्तिसँग मिलेर चुनाव लड्नुहुन्थ्यो । अब चैं काठमाडौंको बलियो संस्थापन समात्नुपर्ने अवस्था आइलागेको हो ?

के छ भन्दाखेरि, यो सहकार्य हो । सहकार्य गर्दाखेरि ठूला साना शक्ति भन्ने हुँदैन । यो संसदीय व्यवस्थामा कुनै दल ठूलो भए पनि संसदमा एक दुई सिट नपुगे पनि बहुमत नपुगेमा हाल बेहाल भइहाल्छ । त्यसैले सबैको आआफ्नो महत्व हुन्छ । दलहरुमा आफ्ना लक्ष्य र चिन्तन फरक हुन सक्छन् । कुरा यति हो ।

महन्थ ठाकुरहरुलाई चैं अब छाडिदिनुभएको हो ?

हामीले छाडेको होइन, उहाँहरु भागेको हो । उहाँहरुको राष्ट्रिय जनता पार्टी, हाम्रो समाजवादी पार्टीबाट नाम नै जोडेर जनता समाजवादी पार्टी बनाएको हो । चुनाव चिह्न छाता जोड्यौ । पछिल्लोपल्ट महन्थजीहरुले जनता पनि छाड्नु भो । छाता पनि जोड्नु भो । बल्ल एउटा साइकल भेट्नुभएको छ अहिले । हामीले जाउ भनेको त होइन ।

बाबुराम भट्टराईले पनि छाडेर जानुभो नि ?

खोई उहाँ त कहाँ आउनुभएको थियो । कहाँ जानुभो । कुनै ठेगान छैन । के कुरा गर्ने उहाँको ?

तपाईंले एमालेसँग तालमेल गर्न लाग्दा प्रभु साहले यसैलाई निहुँ बनाउँदै एमाले नै छाडिदिनुभो नि ?

होइन, तालमेल नगरेको भए पनि उहाँ जानुहुन्थ्यो । उहाँले अलग पार्टी बनाउने चर्चा पनि चलिरहेकै थियो । खासमा उहाँको स्कुलिङ र एमालेको स्कुलिङ नै फरक हो । धेरै लामो सहकार्य हुने सम्भावना थिएन । उहाँ एमालेको नीतिमा चल्ने खालको नेता नै होइन ।

जहाँ जहाँ तालमेल भो, त्यहाँ त्यहाँ नै उहाँले उम्मेदवार उठाउँदा प्रभाव पर्दैन ?

खासै पर्दैन । रौतहटमा उहाँले त्यसो गरेको हो । एमालेसँग यही तालमेलबाट हामी चुनाव जित्छौं । सानातिना समस्या आउलान्, तर हामी मिलेर हल गर्छौं ।

तालमेल नगरी हिँड्ने अवस्था अब छैन ?

पहिलो र दोस्रो संविधानसभा एक्लै लड्यौं । पछिल्लो चुनाव राजपासँग मिलेका हौं । दुवै दृष्टान्त छन् ।

योपल्ट सीके राउतको प्रवेश तपाईंको क्षेत्रमा भएकाले दबाबमा पर्नुभएको हो ?

त्यस्तो यथार्थ होइन । सत्यता छैन यसमा । त्यस समूहलाई काउन्ट गर्नुपर्ने गरी ठूलो फोर्स भइसकेको छैन ।

तपाईं कहिले बारा, कहिले सप्तरी १ जान खोजेको देख्दा चुनाव हारिने चस्काले घर गरेको हो ?

होइन, होइन । मलाई यसपल्ट चुनाव लड्न धेरै जिल्लाबाट अनुरोध थियो । तर मैले आफू जन्मेको जिल्लामै लड्ने निर्णय गरें । आफ्नै राजनीतिक क्षेत्रमा लड्ने मेरो सुरुदेखिकै मानसिकता थियो ।

नागरिकताको प्रश्नमा, एमाले अध्यक्ष ओलीले हिजो गैरआवासीय नेपाली संघको कार्यक्रममा निकै कडा अभिव्यक्ति दिनुभयो । तपाईंको भावना नमिल्ने गरी त्यो आएको छ । यस्तोमा सहकार्य हुन्छ ?

मधेसका नागरिकलाई नागरिक अधिकारबाट बञ्चित बनाएर सैन्य, राजनीतिक शक्तिको आडमा आधिपत्य राख्ने सोच अझै हो भने गलत छ । नागरिकता कानुनहरु विगतदेखि नै गलत थिए । पार्टी विशेषले केही भनेको हुन सक्छ । त्यसले तालमेललाई असर पर्दैन ।

मधेसमा तपाईंले छानेको मूख्यमन्त्रीको कार्यकाल कस्तो रह्यो ?

पहिलो कार्यकाल । नयाँ अनुभव । नयाँ मान्छे । संघीय प्रणालीको प्रयोगमा धेरै राम्रो गर्नु भो म भन्दिनँ । ठिकठिकै थियो ।

तपाईंले लालबाबु राउतलाई उहाँको अन्तिम कालमा हटाउन लाग्नुभो नि त ?

पार्टीभित्र यसबारे छलफल भएकै हो । निर्णय चाहिँ भएन ।

उहाँको कामलाई लिएर असन्तुष्टि थिए ?

अब ती कुरा बितेर गए । नयाँ फेज आइसक्यो ।

तर, किन हटाउन लाग्नुभएको थियो ?

जनताका गुनासा थिए । साथीभाइका पनि भनाइहरु थिए । कारबाही गर्ने कि नगर्ने भन्ने छलफल भएको हो । तर, अन्तिम बेलामा त्यसो नगरौं भन्ने कुरा भो । त्यसैले निर्णय भएन ।

तपाईं गणितको शिक्षक पनि हो । अनि उहाँको पार्टी अध्यक्ष पनि । लालबाबु राउतको कार्यकाललाई सयमा कति नम्बर दिनुहुन्छ ?

फेल गर्नुहुन्न । कापी काट्ने हो भने उहाँ फेल हुने विद्यार्थी होइन । पास मार्क पाउनुहुन्छ उहाँले ।

ग्रेस दिनुपर्छ ?

पर्दैन ।

तर तपाईं सन्तुष्ट चैं हुनुहुन्न रहेछ ।

उहाँले धेरै गर्न सक्नुहुन्थ्यो । अपेक्षा जनता र पार्टीका एकदमै धेरै थिए । राम्रा कामले प्रशंसा पाउनुपर्छ ।

तस्वीर  : शंकर गिरी र आर्यन धिमाल   onlinekhabar

एन.पी खबर

Related Posts

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

नरहा गाउँपालिकामा पार्टी सुदृढीकरणका लागि जसपा नेपालको विस्तारित बैठक

नरहा गाउँपालिकामा पार्टी सुदृढीकरणका लागि जसपा नेपालको विस्तारित बैठक

सिरहा लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

सिरहा लहानमा न्यूटन ईन्स्टिच्युटको प्रेरणादायी बिदाई कार्यक्रम

सेवा निवृत्त शिक्षकद्वारा चमार समुदाय सेवा समिति निर्माणको लागी जग्गा दान

सेवा निवृत्त शिक्षकद्वारा चमार समुदाय सेवा समिति निर्माणको लागी जग्गा दान

श्रमिकको आस्था बुझन उप -प्रमुख महतो दलित  बस्तीमा

श्रमिकको आस्था बुझन उप -प्रमुख महतो दलित  बस्तीमा

लोकप्रीय

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?