Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 7, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 7, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

मतदाता भन्छन्, ‘चित्रलेखालाई दान दिन सकिन्छ, मतदान गर्न सकिदैन्’

मतदाता भन्छन्, ‘चित्रलेखालाई दान दिन सकिन्छ, मतदान गर्न सकिदैन्’

सिरहा । सिरहा क्षेत्र नं.२ को चुनावी चर्चा चरमचुलीमा पुगीसकेका छन् । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसकी चित्रलेखा यादव छ भने अर्कोतिर एमाले जसपा गठबन्धनबाट जसपा नेता राजकिशोर यादव छन् ।

दुबै उम्मेदवारले आ–आफ्नो सीप, दक्षता र इमान्दारिताको ब्याख्या गर्दै गठबन्धनको अवधारणा अनुरुप एजेन्डा प्रस्तुत गर्दै मतदातासामु मत माग्दै चुनावी प्रचारलाई तिब्र बनाएका हुन् । चित्रलेखाको अधिकांश चुनावीसभामा वक्ताहरुले आफ्नो सम्बोधनमा भन्ने गरेका छन्,‘राजकिशोर यो क्षेत्रको नेता होइन् त्यो बाहिरबाट आएका हुन् । उनलाई भोट दिनु हुँदैन् ।’

तर, चित्रलेखा भन्दा यस पल्टको चुनावमा सिरहा क्षेत्र नं. २ का मतदाताले राजकिशोर यादवलाई रुचाउन थालेका छन् । उनको पक्षमा गाउँ–गाउँमा मुहिम चलेको छ । दिनप्रतिदिन राजकिशोरको पक्षमा जनलहर बढ्दै गएको छ । त्यस क्षेत्रका मतदाताहरु भन्छन्,‘चित्रलेखाको विकासीय चित्र धेरै देख्यौं । यस पल्ट राजकिशोरलाई काम गर्ने मौका दिनुपर्छ ।’
राजकिशोर क्षेत्र बाहिरका हुन् भन्ने भनाईलाई खण्डन गर्दै सिरहा क्षेत्र नं.२ का मतदाताहरु भन्छन्,‘यो क्षेत्रको छोरी हो, उनलाई दान दिन सकिन्छ । त्यो दान ससुरामा काम लाग्ने हो तर यस पल्ट उनलाई जिताउनका लागि मतदात भने गर्न सकिदैन् ।’ सिरहाको नवराजपुर घर भएकी उनको विवाह सिरहा नगरपालिका—२ का कृष्ण यादवसँग विवाह भएको छ ।
मतदाताहरुका अनुसार निर्वाचन जितेर वा समानुपातिक कोटामा वर्षौ–बर्ष सांसद पदमा रहेर पनि यो क्षेत्रको विकासमा राम्रो योगदान गर्न नसकेको जन गुनासो छन् । एक÷दुई योजना त्यो पनि अरु अरुकै प्रयासमा ल्याएको स्थानीयहरु बताउछन् । उनीहरु भन्छन्,‘गफ दिन माहिर छ तर व्यवहारमा लागु गर्ने बानी छैन् ।’

विगतका दिनमा प्रतिबद्धता जनाए अनुसार कामको प्रगति शुन्य रहेको उनीहरु भन्छन्,‘पटक पटक गरी १५ वर्ष सांसद पदमा रह्यो तर नवराजपुर, छजना र बरियारपट्टी सँगै केही झिनामसिना वाहेक क्षेत्रबासीका लागि राम्रो काम र राम्रो समय दिन सकेन् ।’ जनताको काम गर्नु र जनताको माझ रह्नुको साटो चित्रलेखा अधिकांश समय काठमाण्डौंमै बिताउने गरेको मतदाताहरुको आरोप छन् ।

केही महिना अघि मात्र भएको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार सत्ता गठबन्धनको साटो एमाले जसपा गठबन्धनको मत बढि रहेको देखिन्छ । स्थानीय तहको मतपरिणामलाई आधार मान्ने हो भने राजकिशोरको पल्ला भारी रहेको बझिन्छ ।

समयक्रमसँगै राजनीतिक परिवेश र मतदाताको चाहना तथा आवश्यकता पनि फेरिएको हुँदा पुराना सोच भन्दा नयाँ सोच र शैली भएको व्यक्तिलाई प्रतिनिधिसभा सदस्यमा चयन गर्ने आम मतदाताको चासो बढ्दै गएको हो । मतदाताहरु भन्छन्,‘पुरानो सोच र व्यक्तिगत स्वार्थमा डुबेकी उनलाई मतदान गर्नु हुँदैन् ।’

अघिल्लो निर्वाचनमा राजकिशोर सिरहा क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टीले जिम्मेवारी फेरबदल गरेको हुँदा उनको क्षेत्र परिवर्तन भएको जसपा पार्टी निकट श्रोतको भनाई छन् । पार्टीले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको र अनुभवी नेताको रुपमा पहिचान बनाउन सफल भएका उनलाई सिरहा क्षेत्र नं.२ मा जसपाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको आमचर्चा छन् ।

सिरहा क्षेत्र नं.४ मा उनले मिर्चैया कल्याणपुर सिरहा र सिरहा चोहर्वा सडक कालोपत्रे बन्नका लागि प्रयास गरेर बजेट ल्याएका छन् । उनले आफै शिल्यानाश गरेको दुबै सडक काम निर्माण कार्य भइरहेका छन् । यी दुई मुख्य सडक उदाहरण मात्र छन् यस्ता सडक तथा विद्यालयमा बजेट ल्याइदिएको दर्जनौं उदाहरण रहेको सिरहा क्षेत्र नं. ४ का अगुवा व्यक्तिहरुको भनाई छन् ।

एन.पी खबर

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?