सिरहा । सिरहा क्षेत्र नं.२ को चुनावी चर्चा चरमचुलीमा पुगीसकेका छन् । सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसकी चित्रलेखा यादव छ भने अर्कोतिर एमाले जसपा गठबन्धनबाट जसपा नेता राजकिशोर यादव छन् ।
दुबै उम्मेदवारले आ–आफ्नो सीप, दक्षता र इमान्दारिताको ब्याख्या गर्दै गठबन्धनको अवधारणा अनुरुप एजेन्डा प्रस्तुत गर्दै मतदातासामु मत माग्दै चुनावी प्रचारलाई तिब्र बनाएका हुन् । चित्रलेखाको अधिकांश चुनावीसभामा वक्ताहरुले आफ्नो सम्बोधनमा भन्ने गरेका छन्,‘राजकिशोर यो क्षेत्रको नेता होइन् त्यो बाहिरबाट आएका हुन् । उनलाई भोट दिनु हुँदैन् ।’
तर, चित्रलेखा भन्दा यस पल्टको चुनावमा सिरहा क्षेत्र नं. २ का मतदाताले राजकिशोर यादवलाई रुचाउन थालेका छन् । उनको पक्षमा गाउँ–गाउँमा मुहिम चलेको छ । दिनप्रतिदिन राजकिशोरको पक्षमा जनलहर बढ्दै गएको छ । त्यस क्षेत्रका मतदाताहरु भन्छन्,‘चित्रलेखाको विकासीय चित्र धेरै देख्यौं । यस पल्ट राजकिशोरलाई काम गर्ने मौका दिनुपर्छ ।’
राजकिशोर क्षेत्र बाहिरका हुन् भन्ने भनाईलाई खण्डन गर्दै सिरहा क्षेत्र नं.२ का मतदाताहरु भन्छन्,‘यो क्षेत्रको छोरी हो, उनलाई दान दिन सकिन्छ । त्यो दान ससुरामा काम लाग्ने हो तर यस पल्ट उनलाई जिताउनका लागि मतदात भने गर्न सकिदैन् ।’ सिरहाको नवराजपुर घर भएकी उनको विवाह सिरहा नगरपालिका—२ का कृष्ण यादवसँग विवाह भएको छ ।
मतदाताहरुका अनुसार निर्वाचन जितेर वा समानुपातिक कोटामा वर्षौ–बर्ष सांसद पदमा रहेर पनि यो क्षेत्रको विकासमा राम्रो योगदान गर्न नसकेको जन गुनासो छन् । एक÷दुई योजना त्यो पनि अरु अरुकै प्रयासमा ल्याएको स्थानीयहरु बताउछन् । उनीहरु भन्छन्,‘गफ दिन माहिर छ तर व्यवहारमा लागु गर्ने बानी छैन् ।’
विगतका दिनमा प्रतिबद्धता जनाए अनुसार कामको प्रगति शुन्य रहेको उनीहरु भन्छन्,‘पटक पटक गरी १५ वर्ष सांसद पदमा रह्यो तर नवराजपुर, छजना र बरियारपट्टी सँगै केही झिनामसिना वाहेक क्षेत्रबासीका लागि राम्रो काम र राम्रो समय दिन सकेन् ।’ जनताको काम गर्नु र जनताको माझ रह्नुको साटो चित्रलेखा अधिकांश समय काठमाण्डौंमै बिताउने गरेको मतदाताहरुको आरोप छन् ।
केही महिना अघि मात्र भएको स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार सत्ता गठबन्धनको साटो एमाले जसपा गठबन्धनको मत बढि रहेको देखिन्छ । स्थानीय तहको मतपरिणामलाई आधार मान्ने हो भने राजकिशोरको पल्ला भारी रहेको बझिन्छ ।
समयक्रमसँगै राजनीतिक परिवेश र मतदाताको चाहना तथा आवश्यकता पनि फेरिएको हुँदा पुराना सोच भन्दा नयाँ सोच र शैली भएको व्यक्तिलाई प्रतिनिधिसभा सदस्यमा चयन गर्ने आम मतदाताको चासो बढ्दै गएको हो । मतदाताहरु भन्छन्,‘पुरानो सोच र व्यक्तिगत स्वार्थमा डुबेकी उनलाई मतदान गर्नु हुँदैन् ।’
अघिल्लो निर्वाचनमा राजकिशोर सिरहा क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टीले जिम्मेवारी फेरबदल गरेको हुँदा उनको क्षेत्र परिवर्तन भएको जसपा पार्टी निकट श्रोतको भनाई छन् । पार्टीले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको र अनुभवी नेताको रुपमा पहिचान बनाउन सफल भएका उनलाई सिरहा क्षेत्र नं.२ मा जसपाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको आमचर्चा छन् ।
सिरहा क्षेत्र नं.४ मा उनले मिर्चैया कल्याणपुर सिरहा र सिरहा चोहर्वा सडक कालोपत्रे बन्नका लागि प्रयास गरेर बजेट ल्याएका छन् । उनले आफै शिल्यानाश गरेको दुबै सडक काम निर्माण कार्य भइरहेका छन् । यी दुई मुख्य सडक उदाहरण मात्र छन् यस्ता सडक तथा विद्यालयमा बजेट ल्याइदिएको दर्जनौं उदाहरण रहेको सिरहा क्षेत्र नं. ४ का अगुवा व्यक्तिहरुको भनाई छन् ।







