Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, February 18, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, February 18, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

एमालेले गठबन्धन गिजोल्न आधा दर्जनलाई मुख्यमन्त्री दिने कार्ड !

एमालेले गठबन्धन गिजोल्न आधा दर्जनलाई मुख्यमन्त्री दिने कार्ड !

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि २६ गते बेलुका ५ बजेसम्मका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले समय दिएका छन् । संविधानको धारा १६८ (५) अनुसार सरकार गठन गर्न आह्वान भएसँगै यो नै कोशी प्रदेश सरकार गठनको अन्तिम विकल्प हो । यो विकल्पमा सरकार नबने वा बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके स्वतः प्रदेशसभा विघटन हुने र मध्यावधि निर्वाचनमा जानेछ ।सरकार गठनका लागि दिएको ६ दिनको समयमा मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा दलहरुले अहिलेसम्म ठोस सहमति गर्न सकेका छैनन् । गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले एमाले बाहेकको सरकार गठन गर्न चाहेका छन् । एमालेले भने गठबन्धनलाई भत्काउन अनेक कार्ड फालिरहेको छ ।स्रोतले दिएको जानकारी अनुसार नेकपा एमालेले गठबन्धनलाई गिजोल्नकै लागि झण्डै आधा दर्जन गठबन्धनका सांसदहरुलाई मुख्यमन्त्रीको कार्ड फालेको छ । सबैलाई एमालेले भन्ने गरेको छ– ८ जना सांसद लिएर आउनु, मुख्यमन्त्री बनाउन हामी सहयोग गर्छौैंं ।

जसमा कांग्रेसका केदार कार्की पहिलो नम्बरमा छन् । उनलाई शेखर कोइरालामार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्ड फालेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट कोइरालाले ओलीसँग यो विषयमा छलफल गरेको बताइन्छ ।

‘यो कुरा शेखर कोइरालाको आक्रोशसँग जोडिएको छ,’ कार्की निकट स्रोत बताउँछ, ‘अति पेल्न खोजेको कारण ओलीसँग सहमति हुनसक्छ । एमालेको प्रस्ताव सायद शेखर दाइले मानेर जान्छन् होला ।’

कार्कीले पनि आफ्नो ग्रुपलाई पार्टी सभापति र प्रधानमन्त्रीले पेलिरहने अवस्था आउँदा एमालेसँग मिल्न सक्ने बताए । त्यस्तो अवस्थामा शेखर कोइरालाले आफूलाई एक्लो उम्मेदवार बनाउने कार्कीको विश्वास छ ।

एमालेले दोस्रो नम्बरमा मुख्यमन्त्रीको कार्ड फालेका पात्र हुन् माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री दुर्गाप्रसाद चापागाईं । उनलाई पनि एमालेले ८ जना सांसद जोगाएर राख्ने अवस्था हुने हो भने आफ्ना ३९ सांसदले समर्थन गरिदिने बताएको स्रोत बताउँछ ।

ओलीको आडमा सरकारविरुद्ध शेखर : कोशी प्रदेशबाट चलखेलको तयारी
ओलीको आडमा सरकारविरुद्ध शेखर : कोशी प्रदेशबाट चलखेलको तयारी
चापागाईं एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । त्यसबेला पनि कार्की नेतृत्वको सरकारलाई सहमतिको सरकार बनाउनुपर्ने चापागाईंको धारणा सार्वजनिक भएको थियो ।

एमालेले राखेको प्रस्तावको विषयमा चापागाईंले माओवादी संसदीय दलको बैठकमा पनि कुरा राखेका छन् । ‘मलाई एमालेले समर्थन गर्छु भनेका छन् । सबै विघटनमा जाने अवस्थामा यो विकल्प पनि सोच्नु पर्छ,’ चापागाईंले दलको बैठकमा भनेको स्रोत बताउँछ ।

चापागाईंलाई एमालेले ‘राष्ट्रिय राजनीतिमा पनि बाटो सोझिन सक्छ । तपाईं ८ सांसद ल्याउनु होला, हामीसँग ४० सांसद छँदैछ’ भनेको बताइन्छ ।

चापागाईं निकटले भने ओली र प्रचण्डको भेटपछि मुख्यमन्त्री कार्की राजीनामाको मुडमा पुग्नु र माओवादीका उपमहासचिव वर्षमान पुन (अनन्त)ले एमालेसँग एकताको कुरा गर्नु संयोगमात्रै नभएको विश्लेषण गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले भने एमालेबाट त्यस्तो कुरा आए पनि संस्थागत निर्णयभन्दा दायाँबायाँ जानु हुँदैन भन्ने सहमति गरेको बताइएको छ ।

दलको बैठकमा चापागाईंको कुरामा माओवादीकै सांसद गणेश उप्रेतीले असहमति जनाएका थिए ।

यद्यपि चापागाईंले धेरै प्रस्ताव आए पनि अहिले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताए । ‘गठबन्धनभित्रैबाट सरकार गठन हुनुपर्छ । कांग्रेसका लागि हामीले सभामुखको राजीनामा गराएका छौँ । कांग्रेसका लागि हामीले त्याग गरेका छौँ । अब माओवादी नेतृत्वमा सरकार गठन हुनुपर्छ,’ उनले भने ।

यस्तै एमालेले राप्रपाका भक्ति सिटौलालाई पनि मुख्यमन्त्रीको कार्ड फालिरहेको छ । सिटौलालाई त एमालेले मात्रै नभएर कांग्रेसका अमृत अर्याललगायतका नेताले मुख्यमन्त्री स्वीकार गरेर जानुपर्ने छलफल चलाएका छन् । यद्यपि कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेको स्रोतको दाबी छ ।

उक्त प्रस्तावबारे सोधिएको प्रश्नमा सिटौलाले भने आफूमा त्यस्तो कुनै चाहना नभएको बताए । ‘६ वटा पार्टीलाई बोकेर मलाई मुख्यमन्त्री देऊ भन्न मिल्दैन,’ उनले भने, ‘तर, कहिलेकाहीँ परिस्थितिले बन भन्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा पछि हट्ने कुरा पनि हुँदैन ।’

यस्तै एमालेले माओवादीका सांसद तथा पूर्वसभामुख बाबुराम गौतम, कांग्रेसका नेता भीम पराजुली र अमृत अर्यालसम्मलाई मुख्यमन्त्री दिने प्रस्ताव गरेको स्रोत बताउँछ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने एमालेको त्यस्तो कार्ड कामयाब नहुने बताउँछन् ।

‘हामी गठबन्धन बाहिरका दलको पनि समर्थन लिएर गठबन्धनबाटै मुख्यमन्त्री बनाउँछौँ,’ आङ्बोले भने, ‘एमालेले फालेको आधा दर्जन मुख्यमन्त्रीको कार्ड कुनै पनि कामयाब हुँदैन ।’

कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले पनि गठबन्धन बाहिरबाट सरकार बन्ने परिस्थिति नभएको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार पदबाट राजीनामा दिएका थिए । विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि बहुमत जुटाउन नसकेपछि कार्कीले राजीनामा दिएका हुन् ।

उनी गत भदौ २२ गते नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका थिए । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि २६ गतेसम्मको समय दिएका छन् ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा (५) अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुनेछ । संविधानको धारा १६८ को उपधारा (५) मा ९३ सदस्यीय प्रदेशसभामाको बहुमत सदस्य (कम्तीमा ४७) सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्रीमा नियुक्त हुने व्यवस्था छ । रातोपाटि बाट

एन.पी खबर

Related Posts

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

सिरहा १ मा जनतम पार्टीमा मतदान गर्नेको क्रेज थपिदै

सिरहा १ मा जनतम पार्टीमा मतदान गर्नेको क्रेज थपिदै

धार्मिक आस्था र राष्ट्रिय पहिचानको मुद्दाले मतदातामा ध्रुवीकरण संकेत

धार्मिक आस्था र राष्ट्रिय पहिचानको मुद्दाले मतदातामा ध्रुवीकरण संकेत

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

सिरहा–२ मा काङ्ग्रेसको अभियानले लियो गति, मतदातासँग प्रत्यक्ष संवाद

सिरहा–२ मा काङ्ग्रेसको अभियानले लियो गति, मतदातासँग प्रत्यक्ष संवाद

लोकप्रीय

वैकल्पिक शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै न्यौपाने

वैकल्पिक शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै न्यौपाने

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी
  • सिरहा १ मा जनतम पार्टीमा मतदान गर्नेको क्रेज थपिदै
  • धार्मिक आस्था र राष्ट्रिय पहिचानको मुद्दाले मतदातामा ध्रुवीकरण संकेत
  • मधेस–मधेसीको एजेन्डासहित जनमत पार्टीप्रति बढ्दो जनविश्वास
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?