Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 17, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 17, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न : आफ्नो पार्टी कार्यालाय त बनाउन सक्नुभएन, देश बनाउँछु भन्दा कसले पत्याउछ ?


प्रधानमन्त्री ओलीलाई प्रभु साहको प्रश्न : आफ्नो पार्टी कार्यालाय त बनाउन सक्नुभएन, देश बनाउँछु भन्दा कसले पत्याउछ ?

काठमाडौं, ३० साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति प्रक्रियालाई हत्या गरिएको कडा टिप्पणी गरेका छन् । उनले जनताले तेस्रो जनआन्दोलनको माग गरेको भन्दै ठूला दलका ठूला नेताहरुलाई हेक्का रहोस भन्दै कडा चेतावनी दिए ।

आज (बुधबार) ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग एने, २०७१ लाई संशोधन गर्न बनेको विद्येयक’ को प्रतिवेदनमाथिको छलफलमा बोल्दै सांसद साहले यस्तो चेतावनी दिएका हुन् । उनलवे भने,‘संक्रमणकालिन न्यायसम्बन्धी यो विद्येयक ढिलै आएपनि राष्ट्रिय सहमतिको साथ आएको छ । म स्वागत गर्न चाहन्छु । र, यसको इमानदारितापूर्वक कार्यान्वयन होस भनेर माग गर्न चाहन्छु ।’

उनले शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग जोडिने विषय भएकोले अहिले नेपालमा व्यवहारमा त्यस्तो नपाईएको गुनासो पोखे । उनले भने,‘शान्ति भन्नेबित्तिकै न्याय र समानतासँग सम्बन्धित हुन्छ । यदि समाजमा न्याय र समानता भएन भने शान्ति हुनैसक्दैन् । जहाँ अन्याय छ, विभेद छ, उत्पीडन छ त्यहाँ शान्तिको परिकल्पना गर्न सकिन्न । शान्ति प्रक्रियाका पक्षधर नेताहरुले बडा दाबाका साथ आफूहरुले पूरै इमानदारिताका साथ र ज्यान लगाएर शान्ति प्रक्रियालाई पूरा गर्यौं भन्ने कुरा राखिरहनुभएको छ । शान्ति प्रक्रियाको सार तत्व भनेको नै जनताका मुद्दा हुन् । जनताका मुद्दा थिए । आन्दोलन र जनयुद्धका मुद्दाहरु थिए, त्यसमा कति हामीले इमानदारितापूर्वक त्यो काम पूरा गर्यौं ? के साँच्चै हामी देशमा स्थिर शान्तिको लागि प्रयासरत छौं ? नेपालमा हामीले साँच्चिकै शान्ति नै चाहेका छौं ? यदि शान्ति पक्षधर आफूलाई ठान्छौं भने निश्चित् रुपमा समाजका विभेद हटाउन आफू इमानदार हुनुपर्छ । जो हिजो जनयुद्ध र जनआन्दोलनकालमा उठाईएका मुद्दाहरु, जो साँच्चै जनताका मुद्दा थिए । ती मुद्दा समानता र न्यायसँग सम्बन्धित थिए । समाजका विभेद हटाउने दिशामा उन्मुख थिए । त्यसमा हामीले के गर्यौं भन्ने प्रश्न आउँछ । यदि हामी शान्ति प्रक्रियाका पक्षधर थियौं भने त्यसमा इमानदारिता देखिनुपर्दथ्यो । हामी कत्तिपनि इमानदारिता देखेका छैनौं ।’

साहले अहिले देशमा लोकतन्त्र नै नभएको टिप्पणी गरे । उनले प्रश्न गरे, ‘अहिले देशमा लोकतन्त्र कहाँ छ ? नेपाली जनताले त लोकतन्त्रको लागि लडेका थिए । आज जनताको पोजिशन के छ ? एउटा निरीह, शाषित, लाचारको रुपमा खडा हुनुपरेको छ । अहिले जनतालाई कुनै मूल्य दिईएको छैन् । लोकतन्त्रलाई हामीले पार्टीका नेताहरुले दलीय शासन बनाईदियौं । दलतन्त्र बनाईदियौं । अहिले दुई दल कांग्रेस र एमाले त त्यसलाई पनि मास्न प्रयासरत छन् । भनेपछि जनतालाई मालिक बनाउन लडेको ठाउँमा अहिले जनताको नाममा मुठ्ठीभर नेताहरुले राज गरिराख्दा यो बेईमानीलाई के भन्ने ? संघीयता भन्यौं हामीले, अझ उन्नत लोकतन्त्रको रुपमा नेपालको सन्दर्भमा विविधता छ, विभेद छ । विभेद हटाउनको लागि संघीयताको कुरा गर्यौं । संघीयताको स्थिति के छ ? भन्नलाई त शब्दमा संघीयता नै भनिएको छ, तर व्यवहारमा केन्द्रीयता छ । हामी हेरिरहेका छौं–प्रदेश सरकार त छन्, तर तिनलाई पनि पंगु बनाईएको छ । ती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु यहीँ (काठमाडौं) बाट गाईडेड हुन्छन् । दुई/तीन दलका मुख्य नेताहरुले नै राजनीतिक नियुक्ति गरेझैं मुख्यमन्त्री, मन्त्री बनाउने कुरा यहीँबाट तय गर्नुहुन्छ । अहिले संघीयता अधिकारविहीन, पहिचानविहीन, लक्ष्यविहीन बनाईयो । त्यो इमानदारिता हो ? शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पार्ट भनेको संघीयता हो । समावेशी भनियो, अल्पसंख्यक अनि उत्पीडनमा परेका तल्लो तप्काका लागि समानुपातिकको कुरा गर्यौं, तपाईंहरुले त शासकलाई समानुपातिक बनाउनुभयो । दुनियाँभर नभएका अभ्यास हामीले नेपालमा गर्यौं । शासक जातिलाई दुनियाँमा कहीँ कतैपनि आरक्षणको अधिकार हुँदैन्, तर नेपालमा शासक जातिलाई त्यो अधिकार दिलाउनुभयो । यी सबै विकृति हेर्दा हामी इमानदार छौं कि छैनौं भन्ने प्रश्न आउँछ कि आउँदैन् ?

नेपालमा लोकतान्त्रिक प्रतिष्पर्धाको कुरा गरिएपनि व्यवहारमा भने सिण्डिकेट देखिएको भन्दै त्यसमा पनि उनले प्रश्न उठाए । उनले भने, ‘सिण्डिकेट भनेको प्रतिष्पर्धा हुन्छ ? सिण्डिकेट र कम्पिटिशन कहाँ एक ठाउँमा आउँछ भनेर म सोध्न चाहन्छु । हामी साँच्चिकै प्रतिष्पर्धाको पक्षधर हौं भने सिण्डिकेटको परिभाषा र व्यवहारमा त्यस्तो गर्नुहुँदैन थियो । अहिले लोकतन्त्रलाई दलीय सिण्डिकेटले घेर्नुभयो । दलीय सिण्डिकेटमा पनि ठूलो पार्टीको सिण्डिकेट ल्याउनुभयो । अनि ठूलो पार्टीमा पनि गुटको सिण्डिकेट ल्याउनुभयो । अन्ततः अहिले देश गुटका नेताहरुले चलाईराखेका छन् । पार्टीलाई गुटले कन्ट्रोल गरेको छ, साना पार्टीलाई ठूलो पार्टीले नियन्त्रण गरेको छ । पार्टीले लोकतन्त्रलाई कन्ट्रोल गरेको छ । भएको छ चाहीँ के भनेर प्रश्न उठ्छ । देशमा गौरव गर्नुपर्ने जनता नै निरिह भएर बसेपछि हामी इमानदार त छैनौं भन्ने देखाउँछ ।’

बोलीमा समानता भनिएपनि नेपालमा अहिले व्यवहारमा भने विशेषाधिकारको अभ्यास भएकोमा पनि उनको आपत्ति थियो । साहले थपे–‘समानता भनेको समान अधिकारको कुरा हुन्छ, विशेषाधिकार भनेको त समानताको विरोधी कुरा हो । हामी त दुईवटै अभ्यास गरिरहेका छौं । कस्तो व्यवस्था र संविधान बनाएका छौं भन्ने कुरा एकचोटी नियाँल्नुपर्छ कि पर्दैन् ?’

शान्ति प्रक्रियाकै मूल सार वा आत्मा भनेको नै राजनीतिक मुद्दा भएकोमा त्यसलाई हत्या गरिएकोमा पनि उनले आक्रोश पोखे । उनले भने, ‘राजनीतिक मुद्दालाई हत्या गरेर अनि शान्ति प्रक्रियालाई हामीले अगाडि बढायौं भनेर हुन्छ ? बेइमानी हुँदासम्म देशमा शान्ति हुँदैन् । नेपालमा हामीले शान्तिलाई भाँड्यौं । हामीले शान्ति प्रक्रियालाई धोका दियौं। जनतालाई हामीले ठग्यौं भनेर यो सही कुरा यहीँ बोल्नुपर्ने हो नि ? यो ऐतिहासिक समारोह र क्षण हो, हामी त नेपालमा यतिवेला इमानदारिताको खडेरी हेरिरहेका छौं । हामीले संविधानमा समाजवाद भन्यौं तर चरम पुँजीवाद यहीँ देखिन्छ । कम्तिमा हिजोका व्यवस्था र शासकहरु जतिसुकै शोषक र शासक भएपनि आफ्नो पुँजी त नेपालमा नै राख्थे त । एउटा गाउँका सामन्तले भएभरका सम्पत्ति त आफ्नै भकारीमा राख्थे । तर, आजकाहरुले कहाँ लगिराखेका छन् ? त्यो नेपालमा छ ? दलाल पुँजीपति जसले पूरै देशलाई लुटेर यहाँको सम्पत्ति विदेश पुर्याईरहेको छ, त्यसले नै देशमा रजाईं गरिरहेको छ । देश चलाईराखेको छ । विचौलिया र दलालले देश चलाइराखेको छ । यो कुरा हाकाहाक्की भनिदिनुपर्दैन् ? जनतालाई ढाँटेर मुखमा राम राम बगलीमा छुरा गर्ने ? छद्यमभेषी राजनीति गर्ने ? भाषण एउटा गर्ने अनि व्यवहार अर्को देखाउने ? यही होईन अहिलेको देशको यथार्थता ? त्यसैले शान्ति प्रक्रिया भन्दै जाने अनि सार र व्यवहारमा चाहीँ पूरा कैचीं चलाईराख्ने ? जनतालाई पुरै विभेद गरिरहने, समाजमा आतंक मच्चाईरहने अनि विभेदलाई अझै बढाएर लैजान अनि शान्ति, शान्ति भनिराख्ने ? हिजोको राक्षसहरु पनि शान्ति, शान्ति नै गर्दथे नि । तपस्या गर्दथे । हामी सुन्छौं रावण महापण्डित थिए । तपस्या गर्दथे । अनि साधुको भेष लगाएर सीतालाई अपहरण गर्दथे । नेपालमा पनि सायद यस्तै त गरिरहेका छैनौं हामी भन्ने प्रश्न आउँछ । हामी जे गरिरहेका छौं, ढाँट्ने काम गरिरहेका छौं । शान्ति प्रक्रियामा हामी इमानदार छैनौं । नेताहरुले जसरी शान्तिको लागि हामीले गरेका छौं भनेर यहाँ भन्नुभयो, मलाई चाहीँ कम्तिमा तपाईंहरुले शान्तिको लागि पक्कैपनि गर्नुभएको छैन भन्ने लागेको छ । तपाईंहरुले आफ्नो लागि गर्नुभएको छ ।’

उनले अहिलेका शीर्ष नेताहरुले सबैखाले कुकर्मको जिम्मा लिनुपर्ने टिप्पणी गरे । उनले भने, ‘नेताहरुले त यहाँ ठूलो मोडेल भन्नुभयो । अहिलेको कुकर्मको पनि जिम्मा त्यसैमा पर्छ होला नि ? अहिले देशको बर्बादीपनि त्यसमै पर्छ नि । जनताको निराशा पनि त्यसमै पर्छ नि । देशको भविष्य जुन अन्यौल भैरहेको छ, त्यसैमा पर्छ नि । नेताहरुमा सबै राम्रो गरेको आफूले जस लिने र नराम्रो चाहीँ अरुलाई देखाउने परिपाटी छ, यो ईमानदारिता भएन । नेपालमा इमानदार नेताको कमी भयो । बेइमानले कहिल्यै पनि घरलाई एक बनाउन सक्दैन् । बेइमानले त कलह ल्याउने हो । आज नेताहरुमा ठूलो बेइमानीको स्थिति छ ।’

उनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक फिल्मको डायलगमा ‘म दिन्छु न्याय’ भनेको भिडिओ–क्लिपको प्रसंग उल्लेख गरे । उनले भने, ‘म यहाँ आइराख्दा एउटा घट्ना सुनाउन चाहन्छु, म यहाँ आइराख्दा मेरो एकजना एमाले नेतासँग भेट भयो । एउटा भिडिओमा अहिलेका सम्माननीय प्रधानमन्त्रीज्यूले म न्याय दिन्छु भनेर कुनै एक फिल्ममा बोलेको कुरा सुनिरहेको थिएँ । एमालेका ती नेताले भन्नुभयो–उहाँ (ओली) ले आफ्नो पार्टीको कार्यालय त बनाउन सक्नुभएको छैन् । के नेपाल बनाउनुहुन्छ ? उहाँ झण्डै ९/१० वर्षदेखि एमालेको अध्यक्ष हुनुहुन्छ । एमालेको केन्द्रीय कार्यालय भत्कियो, भत्किएको केन्द्रीय कार्यालय बनाउन नसक्ने नेताले देश बनाउँछु भन्दा मान्छेले पत्याउँछ ? एमालेजस्तो ठूलो, शक्तिशाली र धनीमानी पार्टीले आफ्नो पार्टी कार्यालय बनाउन नसक्ने ? यो कुरा एमाले नेताले भनेको हो । मैले पनि यो कुरा त मलाई पनि उचितै लागेको भनें । नेताहरुले बोलेको कुरालाई कसरी विश्वास गर्ने ? व्यवहारले होला नि, व्यवहारमा त सफल देखिन्नँ । आफ्नो घर बनाउन नसक्नेले देश बनाउँछु भनेर मान्छेले पत्याउँछ ? यो भनेको इमानदारिताको कुरा हो । नेताहरुको इमानदारितामा ठूलो खडेरी पर्यो । जनताले विश्वास गर्न छोडे । यो भनेको देशमा यतिवेला नेतृत्वविहीनता र अराजकताको स्थिति हो । त्यो द्वन्द्वको स्थिति हो । त्यसको अन्त्यको लागि पनि इमानदारिताको जरुरी पर्छ । म नेताहरुलाई फेरि दोहोर्याए भन्छु–आफ्ना गल्तीहरुलाई पनि यहाँ उभिएर भन्नुहोस । म फेरिपनि भन्छु कि शान्ति प्रक्रियाको हत्या गरिएको छ । शान्ति प्रक्रियाको मूल आत्मा मारिएको छ । जनतालाई फेरि जहाँको त्यहीँ पुर्याईएको छ । र, तपाईंहरुले युद्ध निम्त्याउँदै हुनुहुन्छ । अहिले देशमा जनताबाट तेस्रो जनआन्दोलनको माग भएको छ । यसप्रति हेक्का रहोस भन्न चाहन्छु । धन्यवाद

एन.पी खबर

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?