Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, September 22, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, September 22, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सिरहामा नवजात शिशुको शंकास्पद मृत्यु प्रकरणः माइतीपक्षको उजुरीपछि प्रहरीले शव उत्खनन गरी गम्भीर अनुसन्धान थाले

विजय सिंह
सिरहा। औरही गाउँपालिका–५ की राधादेवी दासले जन्माएको नवजात शिशुको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएपछि यस घटनाले गम्भीर मोड लिएको छ। शिशुको मृत्युपछि राधादेवीको माइतीपक्षले घटना शंकास्पद भएको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेपछि प्रहरीले गम्भीर अनुसन्धान थालनी गरेको छ।

प्रहरीले मंगलबार सिरहाको गागन खोलामा गाडिएको शिशुको शव उत्खनन गरी पोष्टमार्टमका लागि राम कुमार स्मार्ग अस्पताल, लहान पठाएको छ। ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द प्रसाद साहले भने, “हालसम्म माइतीपक्षबाट औपचारिक जाहेरी भने पाएको छैन, तर घटनामा शंका व्यक्त गरेपछि हामीले अनुसन्धान सुरु गरेका छौँ।”

सिरहाको प्रादेशिक अस्पतालले गम्भीर अवस्थामा रहेको भन्दै राधादेवीलाई गोलबजारस्थित बर्धमान अस्पतालमा रेफर गरेको थियो। अस्पतालका सञ्चालक डा. तेज शंकर यादवले बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी दिँदै भने, “राधादेवीलाई जब अस्पताल ल्याइएको थियो, तब बच्चाको अवस्था उल्टो थियो र दुई खुट्टा बाहिर निस्केको थियो। आमा र बच्चा दुवैको अवस्था अत्यन्तै जटिल थियो।”

डा. यादवका अनुसार परिवारको सल्लाहमा राधादेवीको शल्यक्रिया गरिएको थियो र कमजोर अवस्थाका बावजुद बच्चालाई सकुसल जन्माउन सफल भएको जनाइएको छ। “बच्चा जीवित भए पनि अत्यन्त कम तौलको थियो र रुने–कराउने अवस्था थिएन। भेन्टिलेटर सुविधा आवश्यक भए पनि हाम्रो अस्पतालमा त्यो सुविधा नभएकाले तत्काल अन्यत्र लैजान सल्लाह दिएको थियौं,” डा. यादवले बताए।

राधादेवीको माइतीपक्षले नवजात शिशुको मृत्युलाई शंकास्पद मानेर घटनामा थप छानबिनको माग गर्दै प्रहरीमा गुनासो गरेका छन्। माइतीपक्षका दाई राहुल पटेलले भने, “अस्पतालले शिशुको उचित उपचार नगरेको आशंका छ, र मृत्युपछि सद्गत पनि चुपचाप गरियो। यसबारे निष्पक्ष अनुसन्धान हुनु आवश्यक छ।”

दिउँसो अस्पतालको स्पष्टीकरण आएपछि राधादेवीकी सासु जलेश्वरी देवी दासले अस्पतालप्रति समर्थन जनाउँदै भनिन्, “डाक्टरले आमा बाँचून् भनेर धेरै मेहनत गरे। अस्पताललाई दोष दिने ठाउँ छैन, चार दिनदेखि आमाको उपचार यहीँ गराइरहेका छौं।” जलेश्वरी देवीले अस्पतालले पूरा जिम्मेवारी पूरा गरेको बताइन्।

अस्पताल प्रशासनले यो घटनामा परिवारको अन्तरजातीय विवाहका कारण व्यक्तिगत द्वन्द्व पनि संलग्न हुन सक्ने भन्दै घटनालाई पक्षपात नगरिकन हेर्न आग्रह गरेको छ। “घरायसी कारणले समस्या देखिएको हुन सक्छ, तर अस्पतालले आवश्यक सबै उपचार पद्धति पूरा गरेको हो,” अस्पतालका प्रवक्ता यादवले अपिल गरे।

सुत्केरी राधादेवीका श्रीमान चन्दन दास भारतमा रोजगारीमा रहेको हुँदा परिवारका दुई पक्षबीच थप असमझदारी बढेको अनुमान गरिएको छ। प्रहरी निरीक्षक साहले भने, “माइतीपक्ष र ससुराली पक्ष दुवैको बयानलाई गम्भीरताका साथ लिँदै घटनाको तथ्य पत्ता लगाउने प्रयास गरिरहेका छौं। पूर्ण विवरणपछि मात्र ठोस निर्णयमा पुग्नेछौं।”

एन.पी खबर

Related Posts

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

लोकप्रीय

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो
  • विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?