Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 19, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, March 19, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

महिला अधिकारका लागि आन्दोलन अनिवार्य : देवकुमारी महरा

महिला अधिकारका लागि आन्दोलन अनिवार्य : देवकुमारी महरा

संजू कुमारी दास, – नवराजपुर गाउँपालिकामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा श्रमिक महिलाहरूको अधिकार सुनिश्चित गर्न आन्दोलन आवश्यक रहेको धारणा राखिएको छ। कार्यक्रममा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले महिलाहरूले आन्दोलन बिना अधिकार प्राप्त गर्न नसक्ने बताइन्।

कार्यक्रममा पालिका अध्यक्ष शिव उद्गार यादव, उपाध्यक्ष पुनम कुमारी यादव, वडाध्यक्षहरू, मानव अधिकार अभियन्ता, प्रहरी प्रशासन, र स्थानीय बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। महराले सामाजिक संरचनाका कारण महिलाहरू निरन्तर उत्पीडनमा पारिएको बताउँदै भनिन्, “महिलाहरूले अझै पनि घरायसी तथा श्रम क्षेत्रमा विभेदको सामना गर्नुपरेको छ। श्रमिक महिलाहरू पारिश्रमिकदेखि सामाजिक सुरक्षासम्मबाट वञ्चित छन्।”
कार्यक्रममा सिराहामा भएको विभिन्न महिला हिंसाका घटनाहरूको पनि चर्चा भयो। रिंकुश सदाको हत्या प्रकरण अझै न्याय नपाएको उल्लेख गर्दै महराले भनिन्, “पञ्चायती मिलापका कारण अपराधीहरू सजायबाट उम्किरहेका छन्। पैसाको भरमा पीडकले छुट पाउने, पीडितले न्याय नपाउने अवस्था अन्त्य हुनुपर्छ।”

महिला हिंसाका घटनाहरूमा प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै उनले भनिन्, “बलात्कारका घटनामा पहिला दुवै पक्षसँग कुरा बुझेर मात्र उजुरी दर्ता गर्ने भनिन्छ। यस्तो व्यवस्थाले पीडितको न्याय प्रक्रियामा ढिलाइ गरिरहेको छ।”
कार्यक्रमका अन्य वक्ताहरूले पनि महिला अधिकार सुनिश्चित गर्न सामाजिक संरचनाको पुनरावलोकन आवश्यक रहेको बताए। जिल्ला समन्वय समितिकी सदस्य जानकी यादव ले समाजमा गहिरो रूपमा जरा गाडेको लैङ्गिक विभेदकै कारण महिलाहरू हिंसा भोग्न बाध्य भएको उल्लेख गरिन्।

भूमिहीन किसान संगठनका प्रतिनिधि शिवराम महराले ३६ वर्षदेखि गाउँपालिकामा काम गर्दै आए पनि यस्तो अन्तरक्रिया पहिलो पटक देखेको बताए। उनले सामाजिक चेतनाको अभावका कारण महिलामाथिको शोषण र लागू औषधको दुव्र्यसन बढिरहेको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?