महेश सिंह सिरहा- जनता समाजवादी पार्टी (जसपा) नेपालको सिराहा जिल्लामा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट नेतृ विनिता कुमारी यादवलाई सर्वसम्मत जिल्ला सदस्यमा चयन गरिएको छ।
पार्टीका संस्थापक उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपाको यो अधिवेशनले स्थानीय तहमा संगठन सुदृढीकरण गर्ने उद्देश्य लिएको थियो। लामो समयदेखि मधेस र मधेसी समुदायको हक, अधिकार र पहिचानको पक्षमा निरन्तर सक्रिय रहँदै आएकी नेतृ यादवको भूमिका पार्टीभित्र महत्वपूर्ण रहँदै आएको छ।
नेतृ यादव यसअघि जसपा नेपालको जनवर्गीय संगठन ‘जसपा महिला संघ’ को मधेस प्रदेश सदस्यको जिम्मेवारीमा रहेकी थिइन्। पार्टीको जिल्ला तहको सांगठनिक सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी उनी अधिवेशन सफल बनाउन खटिएको निर्वाचन समितिमा समेत सक्रिय थिइन्।
जिल्ला अधिवेशनबाट अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रुपमा चयन गरिएको पार्टी स्रोतले जनाएको छ। अधिवेशनमा पार्टीको केन्द्रीय तथा प्रदेश नेतृत्वको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।