महेश सिंह लहान सिरहा –एनसीसी अल्मुनाई एशोसिएशन सिरहा जिल्लाको आयोजनामा असोज ४ गते लहान नगरपालिका–१५ स्थित श्री राजदेवी पञ्चावती मन्दिर परिसरमा दशैं–तिहारलाई लक्षित गर्दै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सम्बन्धित पदाधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा एनसीसी अल्मुनाईका प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। साथै क्याडेटहरू समेत स्वेच्छिक रूपमा सहभागी भई मन्दिर परिसर सरसफाइमा योगदान गरेका थिए।
कार्यक्रमका सहभागीहरूले यस किसिमको सहकार्यले सामाजिक सद्भाव अभिवृद्धि गर्नुका साथै युवाहरूमा सेवा भाव र जिम्मेवारीबोध विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए।
सिरहा जिल्ला निर्देशक लक्ष्मण शर्माका अनुसार पर्वलाई लक्षित गरी गरिएको यो सरसफाइले स्थानीयवासीलाई वातावरणीय सचेतनासमेत दिलाउने उद्देश्य राखिएको हो।
कार्यक्रममा नेपाली सेनाका पूर्व मेजर दिपेन्द्र कुमार सिंह र लहान–१५ का वडाध्यक्ष प्रत्यासी बिरेन्द्र चौधरीको समेत उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिले जनाएको छ।