Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 14, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 14, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

घट्दो जनसंख्याबाट चिन्तित चीन, ३ बच्चा जन्माउनेलाई पुरस्कारै पुरस्कार


घट्दो जनसंख्याबाट चिन्तित चीन, ३ बच्चा जन्माउनेलाई पुरस्कारै पुरस्कार

चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो । तर संसारमा सबैभन्दा धेरै जनसंख्या हुँदाहुँदै पनि चीन आफ्नो देशको घट्दो जनसंख्याबाट चिन्तित छ ।

कुनै समय जनसंख्या नियन्त्रणका लागि कडा कदम चालेको चीनको कम्युनिष्ट सरकारले अहिले जनसंख्या बढाउनका लागि विभिन्न खालका उपाय अपनाउन थालेका छ ।

चीनमा एक सन्तान नीति खारेज गरेर दुई सन्तान नीति लागू गरेपछि पनि जनसंख्या वृद्धिदरमा उल्लेख्य बढोत्तरी भएन । त्यसपछि सरकारले तीन सन्तान नीति लागू गरेको छ । तर यसले पनि चिनियाँ दम्पतीहरूमा सन्तान जन्माउने खासै रुचि देखिएको छैन । त्यसैले तीव्र रुपमा घटिरहेको जनसंख्या वृद्धिदर र बुढो भैरहेको नजसंख्याको रफ्तार रोक्नका लागि चीन सरकारले नागरिकहरुलाई बिहे गर्न र तीनवटा बच्चा जन्माउनका लागि विभिन्न खाले अफर दिन थालेको छ ।

टाइम्स अफ इजरायलमा प्रकाशित एक ब्लगमा सिपिएफ (राजनीतिक तथा विदेश मामलिा केन्द्र) का अध्यक्ष फाबियन बोसार्टले बताएका छन् कि चीनले प्रोत्साहनका रुपमा बेबी बोनस, लामो तलबी विदा, करमा कटौती तथा बच्चाको पालन पोषण गर्नका लागि अनुदान दिने घोषणा गरेको छ ।

आमा बुवालाई लोभ्याउने अफर

चिनियाँ अधिकारीहरू दम्पतीहरूलाई तेश्रो बच्चा जन्माउन प्रेरित गर्नका लागि संगठन तथा स्थानीय प्रशासनका माध्यमबाट विभिन्न खाने लोभ्याउने अफर पनि अगाडि सारिरहेका छन् । बेइजिङ डबिनंग टेक्नोलोजी ग्रुपले आफ्नो कर्मचारीहरुलाई ९० हजार युआनसम्म नगद, १२ महिनाको प्रसुति विदा र ९ दिनको सुत्केरी स्याहार बिदालगायतका विभिन्न सुविधा घोषणा गरेको छ ।

त्यस्तै अनलाइन ट्राभल कम्पनी Trip.com ले पनि विभिन्न खाले अतिरिक्त लाभ दिने घोषणा गरेको छ ।

सन्तान नीतिमा परिवर्तन

गत अगष्टमा चीनले जनसंख्या एवम् परिवार नियोजन कानून पारित गरेसँगै चीनका २० भन्दा धेरै प्रान्तीयस्तरका क्षेत्रहरूले आफ्नो स्थानीय शिशु नियमहरुमा संशोधन गरे ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङ, शिचुआन तथा जियाङ्सीलगायतका विभिन्न क्षेत्रमा यसै सिलसिलामा विभिन्न सहायक उपायहरुको पनि घोषणा गरियो जसमा पितृत्व अवकाश, मातृत्व अवकाश तथा विवाहका लागि छुट्टीको अवधि बढाउने लगायतका छन् ।

जनसंख्या वृद्धिदर लगातार पाँचौँ वर्ष पनि घट्यो

चीनको जनसंख्या अघिल्लो वर्षको अन्त्य सम्ममा एक अर्ब ४१ करोड २६ लाख पुगेको छ । यस अनुसार चीनमा एक वर्षमा केवल पाँच लाखभन्दा पनि कम जनसंख्या बढेको छ र लगातार पाँचौँ वर्ष पनि जनसंख्या वृद्धिदर घटेको छ । यो आँक्डाले विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमाथि मडारिइरहेको जनसांख्यिक खतरा र त्यसले उत्पन्न गर्ने आर्थिक खतरालाई लिएर भय पैदा गर्दछ ।

राष्ट्रिय जनसांख्यिक ब्यूरोका अनुसार चीनको मूख्य भूभागको जनसंख्या सन् २०२० मा करीब १ अर्ब ४१ करोड २० लाखबाट बढेर २०२१ को अन्तसम्ममा १ अर्ब ४१ करोड २६ लाख पुगेको छ ।

ब्युरोका अनुसार सन् २०२० पछि एक वर्षमा चीनको जनसंख्या मात्रै ४ लाख ८० हजारले बढेको छ । सन् २०२१ मा १ करोड ६ लाख बच्चा जन्मिएका छन् जबकि सन् २०२० मा १ करोड २० लाख बच्चा जन्मिएका थिए ।

सिन्ह्वाको रिपोर्ट अनुसार यो तथ्यांकमा हङकङ तथा मकाउ निवासी तथा मूख्य भूमिका ३१ प्रान्त, स्वायत्त क्षेत्र तथा नगरपालिकाहरुमा रहने विदेशीहरू सामेल छैनन् ।

ब्युरोका अनुसार सन् २०२१ मा चीनमा नवजात शिशुको संख्या एक करोड ६ लाख २० हजार थियो भने जन्मदर ७.५२ प्रतिहजार रह्यो । अघिल्लो वर्ष चीनको राष्ट्रिय मृत्युदर चाहिँ ७.१८ प्रतिहजार थियो । जन्मदरमा मृत्युदर घटाउँदा जनसंख्या वृद्धिदर केवल ०.३४ प्रतिशत कायम रहेको छ ।

एजेन्सीको सहयोगमा

एन.पी खबर

Related Posts

सुखिपुर–७ मा कांग्रेस सम्पर्क कार्यालय उद्घाटन, सयौँको प्रवेशले सिरहा–२ मा उत्साह

सुखिपुर–७ मा कांग्रेस सम्पर्क कार्यालय उद्घाटन, सयौँको प्रवेशले सिरहा–२ मा उत्साह

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

सामाजिक सेवाको पृष्ठभूमिसहित चुनावी मैदानमा रामाकान्त चौधरी

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

हलो चिन्हमा मतदान अपिल गर्दै न्यौपानेको मतदातासँग प्रत्यक्ष संवाद

बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा

बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

पद्मोदय फाउन्डेसनमाथि योजनाबद्ध मध्यरातमा आक्रमण, आगजनी र लुटपाट

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

सिरहामा विशेषज्ञ दन्त सेवा सुरु, ‘बी एण्ड बी डेन्टल’मा उपचार थालियो

लोकप्रीय

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?