Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, February 12, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Thursday, February 12, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

हुण्डाइको ‘आयोनिक ५’मा किन तानिंदैछन् ईभीका ग्राहक ?


हुण्डाइको ‘आयोनिक ५’मा किन तानिंदैछन् ईभीका ग्राहक ?

काठमाडौं । नेपालको बाटो सुहाउँदो इलेक्ट्रिक गाडी किन्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले एकपटक नजर लगाउनै पर्ने गाडी हो, कोरियाली ब्राण्ड हुण्डाइको ‘आयोनिक ५’ ।

कम्पनीका अनुसार कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन हो ‘आयोनिक ५’ । हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ म्यानजेर सन्दीप शर्माका अनुसार आयोनिक ५ले अत्याधुनिक ड्राइभिङ र आरामदायी यात्राको अनुभवको प्याकेज नै दिन्छ ।

नेपाली बाटोमैत्री विद्युतीय गाडी भएकाले धेरै ग्राहकले यो गाडीलाई रुचाएको शर्मा बताउँछन् । आयोनिक ५को प्रभावशाली डिजाइन, बनोट, कमान्डिङ ड्राइभिङ पोजिसन र गज्जबको भित्री साजसज्जासहित वातावरणमैत्री फिचरले हुण्डाईको विद्युतीय गाडीको फिलोसपीलाई नै नयाँ उचाइमा लगेको छ ।

यो गाडी ठूलो, शक्तिशाली, सुरक्षा र अत्याधुनिक प्रविधिले भरिएको छ । यो हेर्दा आकर्षक मात्रै छैन,सुविधा सम्पन्न आरामदायी र सुरक्षित सुविधाहरु पनि छन् ।

कम्पनीले यो गाडीको डिजाइन लोभलाग्दो किसिमले गरेको छ । यसको बनोटले धेरैले प्रभावित गर्नसक्छ । यो जताबाट हेर्दा पनि सफा र उत्कृष्ट देखिन्छ ।

इलेक्टि्रक ग्लोबल मोडुलर प्लाटर्फम (ई-जीएमपी) ले विभिन्न भागहरू मोड्युलराइज गर्छ । यसले भित्री ठाउँलाई विस्तारित गर्न मद्दत गरेको छ । कम्पनीका अनुसार आयोनिक ५ यातायातको साधान नभई यात्रुको जीवनशैली परिवर्तन गर्न सघाउने माध्यम पनि बन्ने कम्पनीको दाबी छ ।

आयोनिक ५ हुण्डाइको प्यारामेट्रिक डिजाइन डीएनए परिभाषित ‘आइकन’ नै हो । ‘हुन्डाई पोनी’को डिजाइनको झल्को दिने कार पनि हो । आयोनिक ५को डिजाइनले हुण्डाईको झण्डै ५ दशकको यात्रालाई हाइलाइट गर्ने कम्पनीको दाबी छ ।

प्यारामेटि्रक पिक्सेलको जोडले यसको भिजुअल पहिचानलाई प्रतिनिधित्व गरेको छ । आयोनिक ५को आकर्षक बाहिरी डिजाइन सफा छ । जिओमेट्रिक डिजाइन फिलोसोपिको बनोटले यसलाई परिष्कृत लुक दिएको छ । हुन्डाईका डिजाइनरहरूले अगाडि र पछाडि दुवैतिर अत्याधुनिक प्यारामेटि्रक पिक्सेल लाइटहरू एकीकृत गरेर यसलाई दामी बनाउन प्रयत्न गरेका छन् ।

आयोनिक ५मा २६५ प्यारामेट्रिक पिक्सेलको साथ विशिष्ट एलईडी हेडल्याम्पहरू छन्, यसलाई कम्पनीले आयोनिक ५को ‘ताज’ भनेको छ । यसमा पानोरोमिक ‘मुन -भिजन) रुफ’ छ । मुन रुफले भित्री भागको खुलापनलाई थप बढाएको महसुस गराउँछ ।

पछाडि इनोभेटिभ एलईडी लाइट डिजाइन छ । अद्वितीय रुपमा रियर लाइटहरूलाई हाइलाइट गरिएको छ । फ्लस डोर ह्यान्डल, एक्टिभ एयर इन्टेक लगायतका विशेषताले गाडी सुसज्जित छ ।

अरुलाई पनि सहयोगी

यो गाडी अरु विद्युतीय पूर्वाधारका लागि पनि सहयोगी छ । आयोनिक ५ चार्ज गर्न मिल्ने पूर्वाधारहरूलाई सर्पोट गर्न सक्छ । यो बहु-चार्जिङ प्रणाली विश्वको पहिलो पेटेन्ट गरिएको प्रविधि हो, जसले स्थिर चार्जिङ अनुकूलताका लागि १६ एम्पिएर बराबरको पावर आउटपुट दिन्छ ।

यसमा प्रयोग भएको इनोभेटिभ भीटूएल फंग्सनले ग्राहकहरूलाई कुनै पनि विद्युतीय उपकरणहरुमा चार्जर प्रयोग गर्न अनुमति दिन्छ । जस्तै इलेक्टि्रक साइकल, स्कूटर वा अन्य उपकरणहरूमा चार्जरको रूपमा काम गर्नसक्छ ।

चार्जिङको यो सुविधा चार्जिङ पोर्टबाटै दिन सकिन्छ । गाडी अन हुँदा यसलाई सक्रिय गर्न सकिन्छ । इन-कार चार्जिङको साथ ग्राहकले उच्च स्तरको सुविधाको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

आरामदायी गाडी, सफा इन्टेरियर

बाहिरजस्तै भित्री रूपमा पनि ‘आयोनिक ५’ मनमोहक र सुविधाजनक छ । अगाडि दुईवटा पूर्ण आरामदायी स्लिम सिटहरू छन् । यसमा प्रिमियम खालको आनन्द लिन सकिन्छ ।

यसको पछाडिको सिटमा बस्ने यात्रुहरूलाई पनि धेरै सहज छ । पछाडिको सिटहरू म्यानुअल रूपमा अगाडि-पछाडि गर्न सकिन्छ । स्लाइडिङ कन्सोल पनि १४० मिलिमिटरसम्म पछाडि र अगाडि गर्न सकिन्छ ।

गाडीमा रहेको स्लीक मोड्युलर ड्यासबोर्डमा दुईवटा एकीकृत डिस्प्लेहरू छन् । १२.२५ इन्च फुल टच इन्फोटेनमेन्ट स्त्रिmन र १२.२५ इन्च डिजिटल क्लस्टर उच्च प्राविधिक लुकको लागि सहयोगी बनेका छन् । यो ड्यासबोर्डले गाडीको गतिशीलता र नवीनतालाई बढावा दिएको छ ।

इन्टिग्रेटेड डिस्प्ले, स्लाइडिङ ग्लोब बक्स, कोलम टाइप सिफ्ट बाइ वायर जस्ता सुविधा पनि गाडीका लागि विशेष हुन् ।

आयोनिक ५ मा वातावरणमैत्री सामग्री र प्रकृति-प्रेरित रंगहरू पाउन सकिन्छ । गाडीका ड्यासबोर्ड, स्विचहरू, स्टेयरिङ हि्वल र ढोका तथा प्यानलहरूमा बायो पेन्ट प्रयोग गरिएको छ ।

सिट, हेडलाइनिङ र कार्पेट कपडामा उखु र मकैबाट निकालिएका बायो कम्पोनेन्टहरू छन्, भित्री भागमा प्रयोग गरिएको छालालाई फ्ल्याक्स सीड तेल प्रयोग गरेर रंगाइन्छ ।

पुनःचक्रण गरिएका विभिन्न वस्तुहरुलाई नै गाडीको इन्टेरियर सजाउन प्रयोग गरिएको छ । यसले गाडीलाई वातावरणमैत्री बनाउन र प्रयोगकर्तालाई आफ्नो वातावरण संरक्षणको प्रतिवद्धतालाई बलियो बनाउन थप सहयोग पुर्‍याउँछ ।

शक्तिशाली गाडी

यो गाडी निकै शक्तिशाली छ । ५८.९ किलोवाट आवरको मोटरले अधिकतम् १२५ किलोवाट आरपीएम शक्तिका साथ ३५० एनएम टर्क उत्सर्जन गर्छ ।

३५० किलोवाट डीसी चार्जरको साथ आयोनिक ५ ले १८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । यो गाडीले स्पोर्टी एक्सेलेरेसन प्रदान गर्छ । उत्कृष्ट ड्राइभिङ गतिशीलता पनि दिन्छ ।

कम्पनीका अनुसार गाडी १८५ किलोमिटर प्रघिण्टाको उच्च गति दिनसक्छ । अत्याधुनिक स्मार्ट टेकको साथ आएको आयोनिक ५ले रियर हृवील ड्राइभ र लामो दूरीको ब्याट्रीले एक पटकको चार्जमा ३७५ किलोमिटरसम्मको रेन्ज दिन्छ ।

यसको ‘रिजेनेरसन फिचर्स’मा तीन मोड हुन्छन् । गुड्दा गुड्दै गाडी चार्ज गर्ने सुविधा छ ।

सुविधै सुविधा

यसमा विभिन्न सुरक्षा सुविधाहरू पनि छन् । यसमा आरामदायी मल्टी लिंक सस्पेन्सन सिस्टम छ । लामो हि्वलबेस, अधिकतम स्पेस, र ब्याट्री सुरक्षा लगायतका फिचर पनि यो गाडीमा छ ।

एपल कार प्ले, एन्ड्रोइड अटोको सुविधा छ । वायरलेस फोन चार्जिङ सुविधा छ । ५२७ लिटरको बुट क्षमता छ । पर्याप्त पावर आउटलेट र युएसबी सपोर्ट सिस्टम पनि जोडिएका छन् ।

रेन सेन्सिङ वाइपर, पावर टेल गेट, ब्ल्याइड स्पट भ्यु मनिटर, भ्वाइस रिकग्निसन भेहिकल कन्ट्रोल लगायतका विशेषताले गाडी सुसज्जित छ ।

आयोनिक ५ ले वर्ल्ड कार अफ द इयर २०२२ को उपाधि पाएको थियो ।साथै विभिन्न ६ वटा विधाहरूमध्ये तीन विधामा विजेता समेत बनेको थियो । फरक डिजाइन र पर्फमेन्सका लागि प्रशंसित यो इलेक्ट्रिक कारले वर्षको विश्व इलेक्ट्रिक भेहिकल, वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड पनि हात पारेको थियो ।

‘अनेकन विशेषताका कारण यो विद्युतीय गाडी खोज्नेहरुको पहिलो रोजाइ बन्दै छ,’ लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मार्केटिङ म्यानजेर शर्मा भन्छन्,’आयोनिक ५ले नेपाली बजारमा आफ्नो प्रभावशाली छाप छोडिसकेको छ ।’

एन.पी खबर

Related Posts

छाला नपाउँदा मादल बनाउन समस्या

छाला नपाउँदा मादल बनाउन समस्या

आर्या कम्पनीको ‘ल्यासोमिन’ सिरपमा लेदो र किरा भेटियो

आर्या कम्पनीको ‘ल्यासोमिन’ सिरपमा लेदो र किरा भेटियो

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

होमपेज

यामहा शोरूम मिर्चैयाले ल्यायो Exchange अफर

रोयल इनफिल्डमा त्रिवेणी समूहको प्रवेश, एमभी दुगडले गुमायो डिलरसिप

रोयल इनफिल्डमा त्रिवेणी समूहको प्रवेश, एमभी दुगडले गुमायो डिलरसिप

मूल्य निर्धारण नहुँदै मिललाई उखु बुझाउन किसान बाध्य

मूल्य निर्धारण नहुँदै मिललाई उखु बुझाउन किसान बाध्य

लोकप्रीय

बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा

बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा

जेन्जी आन्दोलनको प्रभाव लहानमा पनि, पुराना दल छोड्दै युवा रास्वपामा प्रवेशको लहर

जेन्जी आन्दोलनको प्रभाव लहानमा पनि, पुराना दल छोड्दै युवा रास्वपामा प्रवेशको लहर

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सलहेश फुलवारीको खेलकुद दिवस

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सलहेश फुलवारीको खेलकुद दिवस

बरियारपट्टीमा कांग्रेसको जनलहर, राम चन्द्र जिताउन हजारौँको सहभागिता

बरियारपट्टीमा कांग्रेसको जनलहर, राम चन्द्र जिताउन हजारौँको सहभागिता

अन्नदान महादान हो’ : स्व. प्रमानन्द महतोको स्मृतिमा कुशवाहा समुदायको उदाहरणीय मृत्यु भोज

अन्नदान महादान हो’ : स्व. प्रमानन्द महतोको स्मृतिमा कुशवाहा समुदायको उदाहरणीय मृत्यु भोज

ग्रामीण पीडितका आवाज बुलन्द गर्न ‘लोक आवाज खबर’को सुरुवात

ग्रामीण पीडितका आवाज बुलन्द गर्न ‘लोक आवाज खबर’को सुरुवात

जलवायु चुनौती सामना गर्न कृषक सशक्तीकरणमा जोड

जलवायु चुनौती सामना गर्न कृषक सशक्तीकरणमा जोड

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • बिचारको धनी सिरहा १ मा चर्चित स्वतन्त्र उम्मेदवार सन्तोष गिरी,चर्चामा
  • जेन्जी आन्दोलनको प्रभाव लहानमा पनि, पुराना दल छोड्दै युवा रास्वपामा प्रवेशको लहर
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सलहेश फुलवारीको खेलकुद दिवस
  • बरियारपट्टीमा कांग्रेसको जनलहर, राम चन्द्र जिताउन हजारौँको सहभागिता
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?