Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 14, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, March 14, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

दियो बाली साँझको…

दियो बाली साँझको…

दियो अर्थात् उज्यालोको प्रतीक । पौराणिक मान्यता के छ भने दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउँछ । यही कारण तिहारमा झलमल दियोबत्ती जलाइन्छ । यही कारण तिहारलाई दीपावलीको पर्व भनिन्छ ।

दीप र आवली दुई शब्द मिलेर बनेको छ, दीपावली । दीप अर्थात् बत्ती । आवली अर्थात् पंक्तिबद्ध । दीपलाई जब पंक्तिबद्ध बनाएर बालिन्छ दीपावली बन्छ ।

तिहारमा दियो बाल्ने परम्परा कसरी सुरु भयो त ? यस सम्बन्धमा एक यस्तो पौराणिक कथा छ–

त्रेतायुगमा भगवान श्रीराम, लक्ष्मण र सीताले चौध वर्ष वनबास पूरा गरेर घर फर्किए । त्यसबखत कात्तिक महिनाको कृष्ण पक्षको औंसी थियो । यो अँध्यारो रातमा घर फर्किएका श्रीराम, लक्ष्मण र सीताको स्वागतार्थ अयोध्यावासीले प्रत्येक पाइलामा पंक्तिबद्ध रुपमा दियो जलाएका थिए । त्यही बेलादेखि दियो बाल्ने प्रचलन सुरु भएको मानिन्छ । तिहारलाई दीपावली भन्नुको अर्थ पनि यही हो ।

अर्को धार्मिक कथन के पनि छ भने यस रातमा दियो बालेर घरलाई उज्यालो बनाइरहँदा माता लक्ष्मी प्रसन्न हुनेछिन् । घरमा सुख, शान्ति र समृद्धि भित्रिनेछ । यही मान्यतालाई शिरोधर गर्दै तिहारमा घरआँगनमा दियो बत्ती बाल्ने गरिन्छ ।

यद्यपि अहिले दियोबत्तीको धेरै विकल्प छन् । मैनबत्तीदेखि बिजुलीसम्मले घरलाई झिलिमिली बनाउने गरिएको छ । त्यसो त तिहार नजिकिएसँगै यस्ता झिलिमिली बत्तीको कारोबार पनि उत्कर्षमा पुग्ने गर्छ । विभिन्न डिजाइन र मूल्यका बिजुली बजारमा उपलब्ध हुने गर्छ । यसमा विद्युतीय दियोपाला, कृत्रिम मैनबत्तीदेखि थरीथरीका बिजुली पर्छन् । तिहारमा घर उज्यालो बनाउनुपर्छ भन्ने मान्यताअनुसार नै झिलिमिली बिजुलीको कारोबार पनि उकासिएको हो ।

यद्यपि धार्मिक विधिअनुसार भने दियो पाला नै महत्वपूर्ण मानिन्छ । लक्ष्मीको पूजास्थल, घरको मूलढोका र घरको सम्मुखमा दियोबत्ती बाल्नुपर्ने मान्यता छ । यसैगरी कुलदेवता, इष्टदेवता आदिको नाममा पनि दियो जलाउने गरिन्छ ।

दीपावलीमा हुन्छ मातालक्ष्मीको आगमन

भनिन्छ, मातालक्ष्मीलाई उज्यालो घर असाध्यै मनपर्छ । अँध्यारो घर उनलाई पटक्कै मन पर्दैन । मातालक्ष्मी त्यही घरमा बास गर्छिन्, जुन घर सफा हुनुका साथै उज्यालो पनि हुन्छ । त्यसैले दीपावलीमा लक्ष्मीमाताको स्वागतमा पनि घरलाई पूरै रंग्याउने गरिन्छ । चारैतिर लिपपोत गरेर घरलाई सुन्दर बनाउने गरिन्छ र घरै झिलिमिली हुने गरी चारै कुनामा माटोले बनेकै दियो बालिने गरिन्छ ।

सावधानी

दियोबत्ती जलाउँदा केही कुरामा भने ख्याल गर्नुपर्छ । काठको घरमा दियोबत्ती जलाउँदा त्यसले आगलागी जस्तो दुर्घटना पनि निम्त्याउन सक्ने भएकाले सुरक्षित ढंगले जलाउनुपर्छ । साथै, दियो बत्ती जलाएको स्थानमा बालबच्चा खेल्ने र उनीहरुको लुगाफाटोमा आगो सल्किने जोखिम हुन्छ । त्यसैले बालबच्चा भएको घरमा विशेष ध्यान दिनुपर्छ ।

दियोबत्ती मात्र होइन, बिजुली प्रयोग गर्दा पनि सर्ट भई आगलागी वा अन्य दुर्घटना हुने जोखिम हुन्छ । यसैले तिहारको बेला दियो बत्ती जलाउँदा होस् वा बिजुली जडान गर्दा निकै चनाखो र सतर्क हुनुपर्छ ।

एन.पी खबर

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?