Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

चिनियाँ गिरोहको सम्बन्ध , दीपेश र राहुलसँग सम्बन्ध बनाएर भरिया तस्करलाई नागरिकता


चिनियाँ गिरोहको सम्बन्ध , दीपेश र राहुलसँग सम्बन्ध बनाएर भरिया तस्करलाई नागरिकता

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा तानिए, पूर्वसभामुखका छोरा हिरासतमै
पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग तस्करीको सुन भित्र्याउने चिनियाँ गिरोहको सम्बन्ध
गिरोहले भरिया बनाएका चार विदेशीलाई काभ्रे र काठमाडौंबाट नेपाली राहदानी र नागरिकता
काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वसभामुख कृष्णबहादुर महराका छोराहरूसँग ‘निकट सम्बन्ध’ बनाएर संगठित गिरोहले सुन तस्करी गर्ने गरेको देखिएको छ । चीन, हङकङ, दुबईलगायत मुलुकबाट तस्करीको सुन भित्र्याउने चिनियाँ गिरोहले पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश र पूर्वसभामुख महराका छोरा राहुलसँग सम्बन्ध विस्तार गर्दै तस्करी गरेको खुलेको हो ।

उनीहरूसँग सम्बन्ध रहेका तस्करले भरिया बनाएका विदेशीलाई काभ्रे र काठमाडौंबाट नेपाली नागरिकता र राहदानीसमेत बनाइदिएको भेटिएको छ । ‘नेपाली नागरिकता र राहदानी बनाएको हुन सक्ने अन्य धेरै विदेशी हुन सक्छन्, यसबारे अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ, ‘दीपेश र राहुलसँग चिनियाँ सुन तस्कर दावाजिन र तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङबीच सम्बन्ध देखिन्छ । यी दुई तस्करले भरियालाई नेपाली नागरिकता र राहदानी बनाइदिएको भनेर बयानका क्रममा खुलेको छ ।’
दावाजिन र दावा छिरिङ एउटै नेटवर्कका तस्कर हुन् । तर नेपालमा फरक–फरक सुन तस्करीको घटनामा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको छ । ‘उनीहरूमाथि छुट्टाछुट्टै रूपमै अनुसन्धान भइरहेको छ,’ अनुसन्धानरत सीआईबीका एक अधिकारीले भने, ‘तथ्य र प्रमाणले दुवैको नेटवर्क एउटै रहेको देखाउँछ ।’ दावाजिन विद्युतीय चुरोट ९भेप० र दावा छिरिङ ब्रेक सुलगायतका उपकरणहरूमा सुन लुकाएर ल्याएको फरक–फरक कसुरमा संलग्न रहेको खुलेको छ । दावाजिन फरार छन्, दावा छिरिङ ब्रेक सुको सुन तस्करी प्रकरणमा पक्राउ परिसकेका छन् । दुवैको नेटवर्क केलाउँदा पूर्वसभामुख र पूर्वउपराष्ट्रपतिका छोरासँग सम्बन्ध रहेको अनुसन्धानले देखाएको स्रोतको दाबी छ ।

पछिल्लो पटक २०७९ पुस १० मा विद्युतीय चुरोटमा ९ केजी सुन ल्याउने नाइके दावाजिन हुन् । उनीसँग पूर्वसभामुख महरा र उनका छोरा राहुलसँग सम्बन्ध रहेको पुष्टि भइसकेको छ । त्यही प्रकरणमा राहुललाई सीआईबीले भदौ १३ मा पक्राउ गरेको थियो । सीआईबी स्रोतका अनुसार यो प्रकरणमा पूर्वसभामुख महरा पनि निगरानीमा छन् ।

सुन तस्कर दावा छिरिङसँग सम्बन्ध रहेको पाइएपछि सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसँग बयान लिएको छ । दावा गत साउन २ मा सिनामंगलबाट बरामद भएको करिब ६१ केजी सुन प्रकरणका नाइके हुन् । उनी साउन १४ मा ठमेलबाट पक्राउ परेका थिए ।उनकी पत्नी अमला रोकामगर त्यसयता फरार छिन् । फरार हुनुअघिसम्म अमला उपराष्ट्रपति पुनकै घरमा रहेको स्रोत बताउँछ । ६१ केजी प्रकरणमै सीआईबीले दीपेशसँग सोमबार ‘बयान कागज’ गराएर बोलाएको बेला उपस्थित हुने गरी छाडेको छ ।

दावा र दीपेशको बाक्लो सम्पर्क र उठबस भएको अनुसन्धानले पुष्टि गरेको र त्यही क्रममा बोलाएर कागज गराइएको सीआईबी स्रोतको भनाइ छ । स्रोतका अनुसार दावाले दीपेशलाई ‘दिप्स सालो’ भनेर मोबाइल नम्बर सेभ गरेको पनि भेटिएको छ । दावालाई दीपेशले भेटमा भिनाजु भनेर सम्बोधन गर्ने गरेको पाइएको छ । पूर्वउपराष्ट्रपति पुनसँग पनि दावाको भेटघाटरसम्बन्ध रहेको स्रोत बताउँछ । दावाले भनेजस्तो उनको भेट सामान्य मात्रै नभएको प्रहरी अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणले नै स्पष्ट हुन्छ । पुन उपराष्ट्रपति भएकै बखत दावासहित पुनका छोरा दीपेश २०७६ माघ १ मा हेलिकोप्टरमार्फत गोसाइँकुण्ड घुम्न गएका थिए ।

सुन तस्करी गराउन चिनियाँलाई नेपाली नागरिकता

रोल्पाकी अमला रोकामगरसँग विवाह गरेर सुन तस्कर दावाले माओवादीका नेताहरूसँग सम्पर्क बढाएका थिए । अमला माओवादी कार्यकर्ता हुन् । दावासँग विवाह गरेपछि उनको अस्वाभाविक आर्थिक हैसियत बढेको र सुन तस्करीबाट दावाले कमाएको पैसा नै अमलाका नामबाट लगानी गरेको हुन सक्ने स्रोत बताउँछ । देशका दुई उच्च पदस्थ पूर्वपदाधिकारीसँग सम्पर्क र सम्बन्धकै आडमा ५ जना सुन तस्करले काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी पनि लिएको भेटिएको छ । अमला रोकासँग विवाह गरेर तस्करीको सञ्जाल विस्तार गरेका दावाले काभ्रेबाट २०७४ पुस २० मा निमा तामाङका नाममा वंशजको नागरिकता लिएका थिए । नागरिकता जारी हुँदा काभ्रेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए । तर, कसरी विदेशीलाई नेपाली नागरिकता दिइयो भन्नेमा गृह मन्त्रालयले उनीसँग अनुसन्धान गरेको छैन ।

तिब्बती मूलका बेल्जियन नागरिक दावालाई नागरिकता दिनुअघि पेस गरिएको मुचुल्का पनि काभ्रे प्रशासनको ढड्डाबाट गायब बनाइएको छ । त्यही नागरिकताका आधारमा राहदानी लिन खोजेपछि उनी प्रहरी निगरानीमा परेका थिए । त्यसको सुइँको पाएर केही समय उनी सम्पर्कविहीन भएका थिए । उनका नाममा बेल्जियमबाट जारी जीए–४५९७३६४ नम्बरको राहदानी छ । उनकै हुलिया र सम्पर्क व्यक्ति अमला रोका उल्लेख गरेर काभ्रे प्रशासनले निमा तामाङका नाममा ‘३०–०१–७४–११८६८’ नेपाली नागरिकता जारी गरेको थियो । त्यसपछि दावा र दावाजिनकै सेटिङमा अरू थप ४ चिनियाँका नाममा पनि काभ्रे र काठमाडौंबाट नागरिकता र राहदानी जारी भएको भेटिएको छ ।

भारतमा सुन तस्करी गरेर सजाय भुक्तान गरेका तीन जनालाई दावा र दावाजिनकै योजनामा राहदानी र नागरिकता दिलाइएको खुलेको हो । स्रोतका अनुसार सेग फा दिङका नाममा चीनबाट ३० नोभेम्बर, २०१८ मा ‘ईई–७२९५३७९’ नम्बरको राहदानी जारी गरेको देखिन्छ । उनका नाममा काभ्रे प्रशासनले राम लामा उल्लेख गरेर ‘३०३०४१–२२५४’ को नागरिकता र त्यसकै आधारमा २३ डिसेम्बर, २०२१ मा ‘१२५८९४५७’ नम्बरको राहदानी जारी भएको छ । उक्त नागरिकता र राहदानी जारी हुँदा काभ्रेको प्रजिअ शिवराम पोखरेल थिए । अर्का चिनियाँ नागरिक नेङकाइ लिका नाममा चीनले सन् २०१८ नोभेम्बर ३० मा ‘ईई–७२९५२२२’ नम्बरको राहदानी जारी गरेको छ । तर, उनका नाममा काभ्रे प्रशासनले सोनाम लामाका नाममा ‘३०३०४२–२२५४’ नम्बरको वंशजको नागरिकता र त्यसकै आधारमा २०२१ डिसेम्बर २३ मा ‘१२५८९४५६’ नम्बरको राहदानी जारी गरेको छ ।

चिनियाँ नागरिक वेन ती सुङ लिका नाममा चीनमा २०२२ मार्च ८ मा ‘३६०३८७६६०’ नम्बरको राहदानी जारी भएकोमा नेपालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट छिरिङ लामाका नाममा ‘२७३२०६४४९२१’ नम्बरको वंशजको नागरिकता र त्यसकै आधारमा २०२२ जनवरी १६ मा ‘१२६२३०४५’ नम्बरको राहदानी जारी भएको छ । चिनियाँलाई नेपाली नागरिकता र राहदानी दिलाउन जिल्ला प्रशासनदेखि राजनीतिक तहसम्मलाई मिलाएको देखिएको स्रोत बताउँछ । हाल प्रहरी नियन्त्रणमा रहेका तीन चिनियाँले आफूहरू भारतमा रहेकै बेला दावाजिन र दावाले बोलाएर आएको स्वीकार गरेका छन् । नेपालमा उनीहरूले नै ‘नेपाली नागरिकता र राहदानी बनिसकेको’ भनेर बोलाएको र स्थलमार्गबाट आफूहरू उनीहरूले भने जसरी आएको बयान दिएका छन् ।

‘हामी चिनियाँ नागरिक हौं । भारतमा पक्राउ परेर छुटेपछि नेपाली नागरिकता र राहदानी बन्छ, आउनु भनेर बोलाए, त्यसपछि गाडीमा यता आएका हौं । आइसकेपछि उनीहरू ९दावाको समूह० ले नै नागरिकता र राहदानी दिएको हो, अरू कुरा थाहा छैन,’ प्रहरी नियन्त्रणमा रहेका सुन तस्करका एक भरियाले भनेका छन् । तर, तस्करका नाइके दावाले भने अझै पनि आफू तस्करी र फर्जी विवरणका आधारमा नागरिकता र राहदानी बनाउने काममा सामेल नभएको जिकिर गरिरहेको स्रोतको भनाइ छ । ‘तथ्यले भने दावाको संलग्नता स्पष्ट देखाउँछ,’ सीआईबी अधिकारीको भनाइ छ । उनले अमलासँग विवाह गरेपछि पूर्वराष्ट्रपतिको परिवार लगायतसँग भेट हुने गरेको स्विकारेका छन् ।

सुन तस्करीबाट आएको रकम गिरोहले क्रिप्टोमार्फत व्यवस्थापन गर्ने गरेको पनि अनुसन्धानबाट पुष्टि भएको छ । क्रिप्टोमार्फत कति रकम बाहिरियो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको स्रोतको भनाइ छ । तस्करीमा जोडिने सबै पक्षलाई खुला राखेर अनुसन्धान भइरहेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् । ‘अनुसन्धानमा कुनै कसरत बाँकी राखेका छैनौं । अनुसन्धानको दायरामा आउने कसैलाई पनि छाडिने छैन,’ उनले भनिन्, ‘अनुसन्धानमा के–कसो भइरहेको छ भन्ने विषय उल्लेख गर्न मिल्दैन । तर, सीआईबीले मिहिनेतका साथ तथ्य र प्रमाण संकलन गरिरहेको छ । प्रमाणले जता पुर्‍याउँछ, हामी त्यहीअनुसार अघि बढेका छौं ।’ सम्भवतः अर्को साता प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने गरी काम भइरहेको उनले बताइन् ।

ब्रेक सु सुन तस्करी प्रकरणको मुद्दा भदौ अन्तिमसम्म अदालतमा दायर गरिसक्नुपर्नेछ । भेप प्रकरणमा भने संगठित अपराधको दफा लगाएर गत साता मात्रै पूर्वसभामुख महराका छोरा राहुल पक्राउ परेका हुन् । पक्राउ परेको मितिले ६० दिनभित्र राहुल जोडिएको कसुरको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएर मुद्दाको अभियोजन अदालतमा गरिसक्नुपर्नेछ । उनलाई अदालतमा मुद्दा दायर गर्ने समय कात्तिक दोस्रो सातासम्म छ ।

सुन तस्करविरुद्ध प्रमाण जुटाउन सीआईबीले हङकङदेखि भारतसम्म आफ्ना संयन्त्रलाई परिचालन गरेको जनाएको छ । साउन २ बाट सुरु भएको सुन प्रकरणको अनुसन्धान सुरुमा तीन साता राजस्व अनुसन्धान विभागबाट भएकोमा संगठित अपराधका दफा लगाएर सीआईबीले जिम्मा लिएको थियो । स्रोतका अनुसार तस्करी गर्न भरियाका रूपमा प्रयोग गरिएका चिनियाँलाई मूल नाइकेका रूपमा राखिएका दावा र दावाजिनले नेपाली नागरिकता र राहदानी दिलाएको भेटिएको छ । दावा पक्राउपछि भने उनी सम्पर्कविहीन बनेको सीआईबी स्रोतको भनाइ छ ।

सुन तस्करी प्रकरणमा करिब सय जनासँग कागज

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सुन तस्करी प्रकरणमा करिब एक सय जनासँग सोधपुछ गरेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश र अध्यागमन विभागका निवर्तमान महानिर्देशक झलकराम अधिकारीसहित सय जनालाई अनुसन्धानको दायरामा राखेर सोधपुछ गरिएको सीआईबी स्रोतले जानकारी दियो ।

अध्यागमनका महानिर्देशक अधिकारीको तस्करीका नाइके दावा छिरिङसँग केही वर्षअघिबाटै बाक्लो उठबस र सम्पर्क रहेको पाइएपछि अनुसन्धानका लागि बयान कागज बोलाइएको हो । त्यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग पनि सोमबार नै सीआईबीले कागज गराएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार, गृह मन्त्रालय, भन्सारका एजेन्ट, शंकाको घेरामा परेका अन्यसहित अनुसन्धानको दायरामा तानिएका हुन् । ब्रेक सुको आवरणमा भएको सुन तस्करी प्रकरणमा २६ जना पक्राउ परेका छन् । भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल हाल प्रहरी नियन्त्रणमै छन् ।

सोमबार मात्रै प्रहरीले सुन तस्करी प्रकरणमै नेपाल–भारत सीमा क्षेत्रबाट रूपन्देहीका सुमन खरेललाई पक्राउ गरी काठमाडौं ल्याएको छ । उनी नेपालमा भित्रिएको सुन भारतसम्म लैजाने भूमिकामा रहेको खुलेको छ । सुन प्रकरणमै सीआईबीले विमानस्थल भन्सारका २ अधिकृत, भन्सार एजेन्ट, ९ विदेशी नागरिकलाई पक्राउ गरिसकेको छ । ईकान्तिपुर

एन.पी खबर

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?