रामशंकर भण्डारी /बलान विहुल
सप्तरी । बलान विहुल गाउँपालिका वडा नं-४ स्थित जनता आधारभुत बिधालय बेल्ही नजिक एक घरमा वृद्ध एकल महिलालाई अज्ञात व्यक्तिले कुटपिट गरि कानमा लगाएकाे गहना लुटिएको छ।
उक्त घटना आज करिब २:०५ बजे बिचलाटाेल बेल्ही फनिलाल यादब काे पत्नी अन्दाजी बर्ष ८२ कि पबित्री देबी यादबलाई अज्ञात एक महिलाले घरायसी हतियार प्रयाेग गरी निर्घात कुटपिट गरिनुकाे साथ टाउकाे ,आँखासमेत फुटाएर गम्भीर चाेट पटक रहेकाे अबस्थामा पुर्याएका एक स्थानीयले बताए ।
स्थानीय बासीकाे अनुसार उक्त घटना आधि घण्टापछि
छिमेकी एक महिला उसकाे घर जादा पिडित वृद्ध महिला रगत बगिरहेको अबस्थामा देखेपछि नजिकै बिधालयमा बसेकाहरु व्यक्तिहरुलाई जानकारी गराए ।
लगत्तै नजिककाे प्रहरी चाैकीलाई जानकारी गराउन साथ प्रहरी चाैकी ईन्चार्जले घटना स्थल पुगी उक्त अचेत वृद्ध महिलालाई उपचारको लागि एम्बुलेन्समा पठाएकाे स्थानीय बताए ।
यस घटनालाई ईलाका प्रहरी कार्यालय कडरबाेनाबाट खटिएका प्रहरी निरिक्षक सुरेन्द्र यादब टाेलीले छिटोभन्दा छिटो अपराधीलाई खाेजतलास गरी कानुनी कारबाही गरिनेछाै बताए ।







