Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 18, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Friday, September 18, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

कालोपत्र भएको तीन महिनामै भत्कियो सडक

कालोपत्र भएको तीन महिनामै भत्कियो सडक

भोजपुर। कालोपत्र भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन्। सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन्।

बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो। छोटो समयमा सडक भत्किएपछि निर्माणको काम गुणस्तरहीन भएको भन्दै स्थानीयले आवाज उठाएका छन्। ठेकेदार राम पौडेलले काममा लापरबाही गरेको स्थानीयको भनाइ छ । स्थानीयले गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाहीको मागसमेत गरेका छन्।

कालोपत्र भएको सडक भत्किएर आवतजावतमा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङसहित सरोकारवाला पक्षले स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा सडक मापदण्डअनुसार निर्माण भएको नपाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए। छोटो समयमा सडक भत्किएर, खाल्डाखुल्डी परेकाले निर्माणका क्रममा लापरबाही देखिएको उनको भनाइ छ।

“स्थानीयको गुनासो बढेपछि हामीले स्थलगत अनुगमन गरेका छौँ”, प्रजिअ घिमिरेले भन्नुभयो, “सडक कालोपत्र भएको छोटो समयमा नै भत्किएको अवस्था छ, सडक तोकिएको मापदण्डअनुसार बनेको छैन, सडकको अवस्थाका बारेमा मैले सडक हेर्ने कार्यालयलाई जानकारी गराएको छु।”

सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक÷पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ। सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको भोजपुर नगरपालिका–५ बोखिमका वडा सदस्य निरकुमार फुयाँलले बताए।

“सडक कालोपत्र भएको तीन महिना मै भत्किएको छ”, फुयाँलले भने, “सडक भत्किएर आवतजावतमा समस्या छ, मैले नै सडकको यो अवस्था हेर्न नसकेर सरोकारवाला पक्ष बोलाएर अनुगमन गराएको हुँ, राज्यको पैसाको चरम दुरुपयोग भएको छ, गलत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन आवश्यक छ।”

यो सडक ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन एकाइ झापाअन्तर्गत नेपाल सरकारको भ्याटसहित करिब रु साढे १० करोड लागतमा निर्माण भएको कार्यान्वयन एकाइका कामु आयोजना व्यवस्थापक वीर बहादुर रावलले जानकारी दिए। यो सडक बिग्रिएको खण्डमा एक वर्षसम्म ठेकेदारले मर्मत गर्नुपर्ने उनको भनाइ छ।

सडकलाई तत्काल मर्मत गर्नका लागि पत्राचार गर्ने उनले जानकारी दिए। “सडक भत्किएको विषयमा हामीलाई पनि जानकारी आएको छ”, उनले भने, “एक वर्षसम्म सडकको मर्मत सम्भारको जिम्मा ठेकेदारलाई हुन्छ, त्यहाँ भएका त्रुटिलाई सच्याएर पुनः मर्मतका लागि ठेकेदारलाई पत्राचार गर्छौँ।”

सडकमा बिच्क्याइएको सब बेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्र गरेको स्थानीयको आरोप छ। समस्याको समाधानमा लाग्नुभन्दा पनि निर्माण कम्पनीका प्रतिनिधि सम्पर्क विहीन बन्ने गरेको स्थानीयको भनाइ छ। तीन महिना बितिसक्दा पनि कालोपत्रको क्रममा विच्छ्याइएको गिट्टी नउठाउँदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीय धनबहादुर थापाले बताए।

एन.पी खबर

Related Posts

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

सरस्वती मोडेल स्कुलद्वारा रसुवा बाढीपीडितलाई ४१ हजार नगद सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि प्यारागनको १ लाख ५१ हजार सहयोग

लोकप्रीय

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि विद्यार्थीको आवाज

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो
  • विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड
  • लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?