Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 10, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Tuesday, March 10, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

दलितको संविधान खोई ?

दलितको संविधान खोई ?

राजेश विद्रोही

नयाँ संविधान घोषणा भएको आठ वर्ष पूरा भएको छ। संविधानको धारा ४० ले दलितसम्बन्धी सबै अधिकार सुनिश्चित गरेको छ। तर, यो व्यवस्था सबैभन्दा बढी अन्याय दलितमाथि गरेको छ। र संविधानले पनि न्याय दिन सकेको छैन। यो कुराको पुष्टि हालसम्मका विभिन्न घटना र सरकारी तथ्यांकहरूले नै गरेको छ। दलित समुदायले रत्तिभर यो व्यवस्था र संविधानको प्रत्याभूति गर्न सकेको छैन। अहिलेसम्म दलितमाथि भएको हत्या, हिंसा, बलात्कार र विभेदका घटनाहरूले न्याय पाएको उदाहरण खासै छैन। राज्यकै संरक्षणमा घटेका घटना पनि छन्। कानुनकै आडमा अधिकांश पीडकले उन्मुक्ति पाएका छन्।

सामन्तीहरूले यो व्यवस्था र कानुनको गलत प्रयोग गरेर निर्दोष दलितहरूलाई अनाहकमा फसाउने र जेलसम्म पुर्‍याउने धेरै घटना छन्। यो कसको व्यवस्था र संविधान हो रु यो व्यवस्था र संविधानका अपूर्णताहरू कसले पूरा गर्ने हो रु यो संविधान दिवस आउँदा दलितहरूले कसरी मनाउने हो रु यसको जवाफ कसले दिन्छ रु नयाँ संविधान निर्माणपछि पहिलोपटक २०७४ मा तीन चरणमा भएको तीनै तहको निर्वाचनमा दलित समुदायको जुन उपस्थिति थियो, २०८० को दोस्रो निर्वाचनमा त्यो उपस्थिति छैन। दिनानुदिन घट्दो क्रममा छ।

२०७३–०७४ को निर्वाचन आयोगको ऐन र अध्यादेश, राजनीतिक दलसम्बन्धी ऐन, प्रतिनिधिसभा सदस्य ऐन तथा नियमावली, प्रदेशसभा सदस्य निर्वाचन ऐन, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, स्थानीय तह निर्वाचन ऐनले सबैखाले व्यवस्था गरेको छ। २०७२ को संविधानको प्रस्तावनाको धारा ४, ३८९४०, ४०९१० र ४२ ले राज्यको निर्देशक सिद्धान्तको आधारमा समावेशितालाई राम्रोसँग अवलम्बन गरेको छ। तर, यो व्यवस्था कार्यान्वयनमा भने देखावटी कि त कागजी मात्र सावित भएको छ।

अहिले ७ सय ५३ स्थानीय तहमा कमसेकम १ सय २ प्रमुख उपप्रमुख दलित समुदायको उपस्थिति हुनुपर्ने थियो। २ सय ७५ प्रतिनिधिसभामा ३९ जना दलित प्रतिनिधि हुनुपर्ने थियो। ५९ राष्ट्रियसभा सदस्यमा ८ जना दलित प्रतिनिधित्व हुनुपर्नेमा १ जना कमै छन्। ५ सय ५० प्रदेशसभामा ७१ जना हुनुपर्नेमा ७६ जनाको उपस्थिति छ। यसअघि २०७४ को स्थानीय तहको प्रमुख उपप्रमुखमा ३४ जना, ६ हजार सात सय ४३ वडामा १ हजार ९ सय ७६ जना, २०७३ को बाध्यकारी स्थानीय तह निर्वाचन ऐनले गरेको दलित महिला वडा सदस्यको अनिवार्य व्यवस्थाले ६ हजार ५ सय दलित महिला वडा सदस्य हुनुपर्नेमा २ हजार ७४ जनाको मात्र उपस्थिति थियो। प्रदेशसभामा ३४ जना, संघीय संसद्मा १९ जना र राष्ट्रियसभामा ७ जनाको उपस्थिति थियो। यो संख्या दिनानुदिन बढ्नुपर्ने हो कि घट्नुपर्नेरु

तीनै तहको सरकारको कर्मचारी भर्नामा समेत मनपर्दी छ। आसेपासेलाई पाल्ने थलो बनाएको छ। नामको परीक्षण लिने कामको सबै सेटिङ प्रणालीद्वारा आफ्नो मान्छे भर्ती गर्ने भर्ती केन्द्रको रूपमा स्थापित छन्। सक्षम, कमजोर, गरिब र दिनहीन मानिस सधैं अपमानित र अपहेलित छन्। लोकसेवा आयोगले समेत समावेशी ‘क्लस्टर’लाई दिनानुदिन कमजोर पार्दै लगेको छ। क्लस्टरलाई टुक्राटुक्रा पारेर समावेशी सिद्धान्तलाई समेत अपमान गरिरहेछन्। यसलाई संरक्षण गर्न बनेका मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग, मधेसी आयोग, समावेशी आयोग, मुस्लिम आयोग, थारू आयोगहरू मूकदर्शक र निरीह सावित भएको छ। उनीहरूले समेत आफ्नो औचित्य सावित गर्न सकिरहेका छैनन्।

राज्यकै संरक्षणमा घटेका घटना पनि छन्। दिनानुदिन बढ्दो क्रममा छ। कानुनकै आडमा अधिकांश पीडकले उन्मुक्ति पाएका छन्। यी विषयमा किन कोही बोल्दैन रु

कैयौं नेताहरू दल र सरकारको झोले सावित भएका छन्। यतिसम्म कि कतिपय जनप्रतिनिधिसमेत उनीहरूकै मतियार बनेका छन्। बिनारसको ललिपपमा भुलेका छन्। खासमा न्याय र अधिकार पीडितले पाउने हो कि पीडकले रु व्यवस्था र संविधानले खासमा कसको सेवा गर्नुपर्ने हो रु यहाँ देखिएको सेवा कसको पक्षमा छन् रु सवाल यसै गम्भीर छ। यसो हेर्दा संविधानमा अनेक अधिकार छन्। तर, व्यवहारमा भने जताततै अत्याचार छन्। लकडाउनमा, यसअघि र पछि दलितमाथि राज्य र समाजकै अगाडि अहिलेसम्म भएका दमन, शोषण, विभेद र उत्पीडन तथा जघन्य हत्या, हिंसा र बलात्कारका घटनाहरूले समेत न्याय पाएको इतिहास छैन। नवराज विक, शम्भु सदा, विजय राम, त्रिभुवन राम, निरजन राम, सम्झना विक, शुकदेव खंग, रोशन राम, राजेश सदाहरूको परिवारले अझै पनि न्याय पाएको छैन। न्यायालयको ढोका चहार्दै उनीहरूको जीवनसमेत लथालिंग भएका छन्।

संविधान र व्यवस्थाको हविगत यस्तै छ। माक्र्सवाद, लेलिनवाद, माओवाद र समाजवादको माला जप्ने राजनीतिक दल र उनका विचारहरूसमेत दलित अधिकार र न्यायको सबालमा स्खलित छन्। दलितको नेतृत्व र पहुँचको सबाल, राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा पहुँचको सबाल निकै परको सबाल हो। जातीय छुवाछूत, अमानवीय व्यवहार, राज्यको सबै क्षेत्रमा पहुँचबाट टाढाको सबाल हो। यसमा आकाश र जमिनको फरक छ। दलितको नाममा दलाली गर्नेहरूकै दुनियाँ सावित भएको छ। यतिबेला दलितको अवस्था यिनै कारण र कारकले दिन दुई गुणा र रात चार गुणाको दरले बेहालको अवस्थामा छ। उनीहरू अझै पनि लोकतान्त्रिक व्यवस्थाभित्र दमन, शोषण, विभेद र उत्पीडन भोग्न विवश छन्।

अहिलेसम्म न्यायको प्रत्याभूतको एउटा पनि उदाहरण राज्य र सरकारसँग छैन। उनीहरूको आफ्नो राज्य न सरकार छ। न्याय न कानुन छ। न त छ संविधान। त्यसैले अपूर्ण संविधानलाई पूर्ण गर्न र दलित गरिबमैत्री बनाउन संशोधन गरौं। सकिन्छ भने पुनर्लेखनको दिशामा अगाडि बढाऔं। राज्यको पुनर्संरचना गरी हरेक तह र निकायमा समाजिक, आर्थिक र राजनीतिक रुपमा क्षतिपूर्तिसहित विशेष अधिकारको ग्यारेन्टी गरौं। जसले मात्र दलित समुदायलाई न्याय गर्नेछ। र, मानव जातिको दर्जा पाउनेछन्। अरू सरह यो समाजमा बाँच्ने हकअधिकारको ग्यारेन्टी हुनेछ। र, यो देश र समाजमा अपनत्वको बोध गर्नेछन्। ९अन्पूर्ण पोष्टबाट साभार०

एन.पी खबर

Related Posts

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

बहुदलीय प्रतिस्पर्धाबीच विचारधारात्मक बहसबाट अलग पहिचानको प्रयास

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

मतसंस्कारमा बहस: रक्सी र पैसाको प्रभावविरुद्ध सचेतना सन्देश

लोकप्रीय

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

युवाको रोजगारी, कृषकको बजार समस्या र महिलाको उद्यम प्राथमिक एजेन्डा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान–१२ भोटिया टोलमा शैक्षिक उत्सवको उल्लासपूर्ण माहोल
  • जिरोमाइलदेखि नवराजपुरसम्म गुञ्जिए नाराः कांग्रेस पक्षमा जनलहर
  • सप्तरी ४ मा नागरिक उन्मुक्ति पार्टी नेपाल का रामाकान्त चौधरी ‘ग्राउन्ड टेस्ट’ मा मतदाताको मन जितदै
  • विश्वास पुनर्निर्माणको नारासहित सिरहा–२ मा कांग्रेसको तीव्र अभियान
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?