Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Monday, July 27, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

मेयर साहकै कारण भद्रगोल जनकपुरधाम उपमहानगर, ल्याउन सकेन बजेट

मेयर साहकै कारण भद्रगोल जनकपुरधाम उपमहानगर, ल्याउन सकेन बजेट

मधेश प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानगरपालिकाले यसपटक समयमा बजेट ल्याउन सकेन । असार १० गतेभित्र बजेट ल्याउने कानुनी प्रावधान छ । बजेट ल्याउन नसक्नुको प्रमुख कारण हो नीति तथा कार्यक्रम र बजेटको तयारी नहुनु । गत जेठ ७ गते उपमहानगरपालिका कार्यालयले बजेट तयारीको विषयमा कार्यपालिका बैठक राखेको थियो । काम सम्पन्न भएका धेरै योजनाको भुक्तानी बाँकी छ । एकदिन पूर्व काँग्रेसबाटै जितेका ११ जना वडाध्यक्षले बोर्ड योजनाको भुक्तानी नभएसम्म बोर्ड बैठक बहिस्कार गर्ने निर्णय गरेका थिए । अन्य वडाध्यक्षहरुले त्यसमा समर्थन जनाउने संकेत गरे । असार ७ गते नै प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साह अचानक बिरामी भएको भन्दै अनुपस्थित भए । बोर्ड बैठक नबसी स्थगित भयो ।

मेयर मनोज साहले प्रमुख प्रशासकीय अधिकृत साह बिरामीको बहाना बनाएर काठमाडौं गएकाले बोर्ड बैठक बसेर तयारी नभएकाले समयमै बजेट ल्याउन नसकेको बताए ।
‘बजेट तयारीका लागि ७ र ८ गतेलाई बोर्ड बैठक राखिएको थियो । तर प्रमुख प्रशासकीय अधिकृतले बिरामी भएको बहाना बनाएर ७ गते नै काठमाडौं जानुभयो । आउनु भएन । त्यसकारण बोर्ड बैठक स्थगित गरियो’ मेयर साहले भने ‘प्रमुख प्रशासकीय अधिकृत बिना कसरी बैठक बसाउनु र बजेट बनाउनु’

गत जेठ २३ मै कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सत्यनारायण साह हाजिर भएका थिए । जिल्ला समन्वय समिति महोत्तरीबाट जेठ २१ गते रावाना लिएर उपमहानगरपालिका कार्यालयमा हाजिर भएका उनी ३।४ दिन नियमित कार्यालयमा बसे । त्यसपछि उनी नियमित कार्यालय आउन छाडेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत फर्किने छाँटकाट नदेखेपछि मेयर साह सोमबार समान्य प्रशासन मन्त्रालयमा पहल गरी सामाजिक विकास योजना शाखाका प्रमुख शिक्षाका दशौं तहका कर्मचारी मेहिलाल यादवलाई निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिलाएका छन् । यधपी यादवले निमितको जिम्मेबारी लिन मानेका थिएनन् । मेयर साहले उपमहानगरको शिक्षा शाखा प्रमुख (आठौं तह) अञ्जु पाण्डेलाई बनाउन चाहेका थिए । तर, समान्य प्रशासन मन्त्रालयले सिनियर कर्मचारी हुँदहुँदै जुनियरलाई नदिने अडान लिएपछि बाध्य भएर यादवलाई मेयर साहले विभिन्न माध्यमबाट फकाएर जिम्मेबारी स्वीकार्न लगाए । यादव इमान्दार खरो कर्मचारीको रुपमा चिनिन्छन् ।

चालु आर्थिक वर्षमा मात्र एक निमितसहित पाँचजना प्रशासकीय अधिकृत फेरिएका छन् । मेयर साहले आफू अनुकुल मनोमानी ढंगले योजना चलाउन चाहेका कारण प्रशासकीय अधिकृत र लेखाअधिकृत बस्न नचाहेको कर्मचारी स्रोतको दावी छ । तर, मेयर साहे यो आरोप गलत रहेको दवी गरिरहेका छन् ।

चालु आर्थिक वर्षमा पुजीगँत तर्फ मात्र ११ प्रतिशत मात्र बजेट खर्च भएको छ । चालु आवको झण्डै ४ सय विभिन्न योजनाको भुक्तानी बाँकी छ । जसमा प्रायः भौतिक पूर्वाधारसँग सम्बन्धित योजना छन् । भए गरेका धेरै योजनामा गुणस्तरहीन काम र फर्जी बिल भर्पाइ बनाएर भुक्तानी गर्न मेयर र उनका नजिकका व्यक्तिले दबाब दिएकाले प्रमुख प्रशासकीय अधिकृतहरु जोखिमको कारण नबसी भाग्ने गरेको कार्यालय स्रोतको दावी छ ।

यस्तै दबाब झेल्न नसकेको भन्दै गत जेठ २० गते तत्कालीन प्रमुख प्रशाकीय अधिकृत टेकराज पञ्थी केही गुणस्तरीहन काम भएका योजनाको फाइलको प्रतिलिपीसहित कार्यालय छाडेका थिए । उनी समान्य प्रशान मन्त्रालयमा पुगेर यो विषयमा जानकारी गराउँदै त्यहाँ काम गर्न नसक्ने बताएका थिए ।
मेयर साहले भने नियम विपरीत र गुणस्तरहीन कामका योजनाको भुक्तानी गर्न कर्मचारीलाई कुनै दबाब नदिएको दाबी गर्छन् ।

‘गुणस्तरहीन कामको भुक्तानी र नियम विपरीत कामको लागि मैले कुनै कर्मचारीलाई दबाब दिएको छैन । तर सही काम भएको छ भने त्यसको भुक्तानी त गर्नु पर्यो नि !’ मेयर साहले भने ।

सबै काम आफू अनुकुल गर्न मेयर साहले केही महिना अघि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीसँग मिलेर कानुन विपरीत कर्मचारी हेरफेर गरेका थिए । त्यस क्रममा केही सिनियर कर्मचारीलाई पाखा लगाएर जुनियरलाई शाखा तथा कामको जिम्मेबारी दिएका थिए ।

मेयरकै कारण योजनाहरुको भुक्तानी नभएको र अब असार मसान्तमा भुक्तानी नभए अपठ्यारो हुने देखेर वडाध्यक्षहरु आक्रोशित बनेका छन् । उनीहरुले बाध्य भएर बोर्ड बैठक चल्न नदिने वडाध्यक्षहरुको अडान रहेको एक कार्यपालिका सदस्य बताउँछन् ।

निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी पाएका मिहिलाल यादव अब पालिका स्तरीय योजनाहरुको मेयर र वडास्तरीय योजनाहरुको वडाध्यक्षहरुबाट सम्पूर्ण जिम्मेबारी लिने गरी भुक्तानी प्रक्रिया अघि बढाउने बताए । भुक्तानी पश्चात वातावरण सहज हुने र त्यसपछि वोर्ड बैठक बसी तयारी गरेर असार मसान्त भित्रै नगरसभा गर्ने योजनामा रहेको उनको भनाइ छ ।

एन.पी खबर

Related Posts

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सखुवानान्कारकट्टीमा मल वितरणमा अपारदर्शिता, कालोबजारीको आशंकाले किसान आक्रोशित

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

सुरक्षित आवासको अभाव चुनौती, जिम्मेवार बन्न सरोकारवालालाई आग्रह

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा, बाल अधिकार संरक्षणमा ऐतिहासिक उपलब्धि

लोकप्रीय

विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • टेन्ट व्यवसायी संघको जिल्ला अधिवेशन,विधान र कानुनसम्मत चल्न प्रमुख अतिथि महतोको जोड
  • मधेसमै गुणस्तरीय शिक्षा सम्भव छ,विद्यार्थी पलायन रोक्नुपर्छ’
  • पराल नजलाउन र विषादी घटाउन किसानलाई सडक नाटकमार्फत आग्रह
  • विद्यालयमै सिक्दै दिगो कृषि: विद्यार्थीलाई कम्पोष्ट मल निर्माणको व्यवहारिक प्रशिक्षण
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?