काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले राजविराज विमानस्थलबाट दैनिक दुई उडानका लागि पहल गर्ने बताएका छन् ।
उनले राजविराजबाट दैनिक दुई उडान गर्न चाडै बुद्ध एयरसँग कुरा गर्ने बताए । अहिले याे विमानस्थलबाट दैनिक एक मात्र उडान गर्दै आएको छ । मन्त्री पाण्डेले राजविराज विमानस्थलमा सामान चेकिङ गर्नेसहितका उपकरण उपलब्ध गराउन समेत पहल गर्ने बताए ।
उनले सप्तरीस्थित छिन्नमस्ता मन्दिरसहितका धार्मिक पर्यटनको विकासका लागि पनि आफू सकारात्मक रहेको बताए ।
सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादवको नेतृत्वमा कांग्रेस जिल्ला सभापति रामदेव साहसहितका व्यक्ति मन्त्री समक्ष दैनिक दुई उडान गराइदिन अनुराेध गरेका हुन् ।








