महेश सिंह लहान,-शिक्षाको उज्यालो दीप प्रज्वलित गर्ने लक्ष्यसहित स्थापना गरिएको लहान विद्यामंदिर इंगलिश बोर्डिङ स्कुल मा भव्य रूपमा पूजा समारोह सम्पन्न भएको छ। विद्यालयका संस्थापक स्वर्गीय शिव नारायण सिंह द्वारा स्थापित यस संस्थाले २३ वर्षको शिक्षण यात्रामा चिकित्सक, इन्जिनियर, शिक्षक तथा दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको छ।
विद्यालयमा नर्सरीदेखि कक्षा ७ सम्म अंग्रेजी माध्यममा अध्यापन भइरहेको छ भने शिक्षक-विद्यार्थी अनुपात १:१५ मात्र रहेको छ, जसले उत्कृष्ट शिक्षण वातावरण सिर्जना गरेको छ। साथै, रिमेडिएल टिचिङ मेथडको पूर्ण अभ्यास गरिँदा विद्यार्थीको व्यक्तिगत शैक्षिक आवश्यकतालाई समेत सम्बोधन गरिएको छ।
पूजा समारोहमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूले विद्यालयको शिक्षण पद्धति, अनुशासन तथा आगामी शैक्षिक योजनाहरूको विषयमा प्रकाश पारेका थिए।
लहान विद्यामंदिर इंगलिश बोर्डिङ स्कुलले स्थानीय शैक्षिक सुधारमा पुर्याएको योगदान प्रशंसनीय रहेको र आगामी दिनमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहेको विद्यालय प्रशासनले जनाएको छ।