Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, October 12, 2025
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Sunday, October 12, 2025
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सप्तरीमा मिटरब्याजीको ज्यादतीः ऋण तिरे पनि जग्गा फिर्ता नपाएको पीडितको गुनासो

सप्तरीमा मिटरब्याजीको ज्यादतीः ऋण तिरे पनि जग्गा फिर्ता नपाएको पीडितको गुनासो

महेश सिंह लहान, अग्नीसाई कृष्ण सावर्ण गाउँ पालिका ६ मा मिटरब्याजको चक्रव्यूहमा परेका स्थानीय पीडितहरूले न्यायका लागि हारगुहार गरिरहेका छन्। ऋण लिएको रकमभन्दा कैयौं गुणा बढी तिरेर पनि आफ्नो जग्गा फिर्ता नपाएपछि उनीहरू संघर्ष समितिसम्म पुगेका छन्।

३२ कठ्ठा जग्गामाथि १ करोड १८ लाखको भार
रतवालाका दिपेन्द्र प्रसाद लेखीले २०६६ सालमा सुकदेब लेखीसँग १४ हजार रुपैयाँ ऋण लिएका थिए। उनले कुल २५ हजार फिर्ता गरिसकेको दाबी गर्छन्। तर, लिखत पास गराउँदा दुई लाख पाँच हजार रुपैयाँ धरोधनी राखिएको जग्गा साहुले अहिलेसम्म फिर्ता दिएका छैनन्। चक्रवर्ती ब्याज जोड्दै सुकदेब लेखीले हालसम्मको रकम १ करोड १८ लाख पुर्‍याएको पीडित बताउँछन्।

“ऋण तिरेको धेरै भइसक्यो, साहुले मेरो ३२ कठ्ठा जग्गा कब्जा गरेर जोतिरहेका छन्,” लेखी भन्छन्, “न्याय माग्न संघर्ष समितिसम्म पुगेको छु।”
१ लाख ऋण लियो, ३० लाख माग्दै साहु
यस्तै, पुलकित लेखीको कथा पनि उस्तै छ। उनले २०७१ सालमा बद्री लेखीसँग १ लाख रुपैयाँ ऋण लिएका थिए। अहिलेसम्म १ लाख ५४ हजार तिरिसकेका छन्। तर, बद्री लेखीले चक्रबर्ती ब्याज जोड्दै रकम ३० लाख बनाएका छन्। २ कठ्ठा जग्गा राजीनामा पास गरेपछि जग्गा फिर्ता गर्न बद्री लेखी तयार छैनन्।

“ऋण लिएको भन्दा तेब्बर बढी तिर्न बाध्य पारियो,” पुलकित लेखी भन्छन्, “अब त साहुले मेरो जग्गा नै फिर्ता गर्न मानेका छैनन्।”
१५ कठ्ठा जग्गामाथि ५० लाखको दाबी मिटरब्याजीको सिकार भएका मिश्रित लाल चौधरीले बेबी कुमारी साह र बिन्दा देवी कोईरीसँग २०७१ सालमा २ लाख ५० हजार, १ लाख ५० हजार र २५ हजार गरी तीनजनासँग सानो सानो ऋण लिएका थिए। तर, ब्याजका नाममा ५० लाख तिर्नुपर्ने अवस्था आएपछि उनी संघर्ष समितिमा पुगे।

संघर्ष समितिले साहुले कब्जा गरेको १५ कठ्ठा जग्गा पुनः कब्जा गरी पीडितलाई फिर्ता गराएको छ। “मिटरब्याजीको ज्यादती सहन नसकेर हामीले हस्तक्षेप गरेका हौं,” संघर्ष समिति सदस्य तयब अली भन्छन्, “पीडितलाई जग्गा फिर्ता दिनु पर्ने हाम्रो अडान हो।”
यता, बिन्दा देवी कोईरीका परिवारले भने आफूहरूले विदेशमा कमाएर उक्त जग्गा किनेको दाबी गरेका छन्। उनीहरूले संघर्ष समितिको कदमप्रति असन्तुष्टि जनाएका छन्।
सप्तरीमा मिटरब्याजीको यस्तो जालो उजागर भएसँगै न्याय खोज्ने पीडितहरूको संघर्ष अझ चर्कने देखिन्छ। कानूनी रूपमा मिटरब्याज अस्वीकृत भए पनि स्थानीय स्तरमा यसको प्रभाव कायमै छ। पीडितहरूले प्रशासनले ठोस कदम चाल्नुपर्ने माग गरिरहेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहान क्रिकेट प्रतियोगिता २०२५: सोभापुर युवा क्लबको शानदार जित

लहान क्रिकेट प्रतियोगिता २०२५: सोभापुर युवा क्लबको शानदार जित

स्वास्थ्य सेवामा सुधारका लागि मेहतालाई नेतृत्व जिम्मेवारी

स्वास्थ्य सेवामा सुधारका लागि मेहतालाई नेतृत्व जिम्मेवारी

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली महिलाको आवाज बुलन्द बनाउने डा.अधिकारी

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

एनसीसीको सरसफाइ कार्यक्रममा पूर्व मेजर सिंह र वडाध्यक्ष प्रत्यासी चौधरीको उपस्थिति

लोकप्रीय

पीडित पक्षको उजुरी नै नदर्ता, सप्तरी प्रहरीमाथि पक्षपातको आरोप

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • लहान क्रिकेट प्रतियोगिता २०२५: सोभापुर युवा क्लबको शानदार जित
  • स्वास्थ्य सेवामा सुधारका लागि मेहतालाई नेतृत्व जिम्मेवारी
  • प्रतियोगिताले स्वास्थ्य चेतना र सामुदायिक सद्भाव बढाउने विश्वास: गापा अध्यक्ष यादव
  • पर्यावरण संरक्षणका लागि लायन्स क्लब अफ लहान फूलवारीको पहल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?