महेश सिंह लहान – पछिल्लो १० वर्षदेखि लहान नगरपालिका–८ मा सञ्चालनमा रहेको नशा इन्स्टिच्युटले दक्ष र संस्कारी विद्यार्थी उत्पादन गर्दै आएको छ। विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक रूपमा सक्षम बनाउने उद्देश्यले यो संस्थाले विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
इन्स्टिच्युटमा बृज कोर्स, ईन्ट्रान्स तयारी कक्षा, तथा कम्प्युटर सम्बन्धी सबै प्रकारका कोर्सहरू उपलब्ध छन्। हालै मात्र संस्थाले ‘वेलकम प्रोग्राम’ तथा ‘करियर डेभलपमेन्ट कार्यक्रम’ आयोजना गरेको थियो, जसमा उल्लेखनीय विद्यार्थी सहभागिता देखिएको थियो।
कार्यक्रमका अवसरमा शिक्षकहरूले शिक्षालाई सीपसँग जोड्न आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, विद्यार्थीमा नैतिकता र संस्कारको महत्वसमेत औंल्याइएको थियो।
संस्थामा दक्ष र अनुभवी शिक्षक तथा शिक्षिकाहरूको टोलीद्वारा अध्यापन गरिन्छ। यसै कारण लहानमा इन्स्टिच्युटले आफ्नो स्पष्ट पहिचान र प्रभुत्व जमाउन सफल भएको छ।
कार्यक्रममा कार्यरत शिक्षिका मिस सोहिता विश्वकर्माले जीवन भरि उपयोगी बन्ने शिक्षा प्रदान गर्ने र अभिभावकको सपना साकार पार्ने दिशामा संस्थाले विशेष ध्यान दिइरहेको जानकारी दिइन्।