Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 26, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Saturday, September 26, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

सिरहा :कैदीहरूबाट अवैध असुलीको आरोप, कारागार प्रशासनमाथि प्रश्न, ईन्द्रजित यादवलाई  चौकीदारको माग

सिरहा :कैदीहरूबाट अवैध असुलीको आरोप, कारागार प्रशासनमाथि प्रश्न, ईन्द्रजित यादवलाई  चौकीदारको माग

महेश सिंह,लहान-सिरहा जिल्ला कारागारमा साउन ४ गते भएको कैदीबन्दीबीचको झडपबाट उत्पन्न संकट तत्कालका लागि नियन्त्रणमा आए पनि भित्री तनाव कायमै रहेको कारागार स्रोतहरू बताउँछन्। झडपमा १३ जना घाइते भएका थिए भने अब पुनः हिंसा दोहोरिने प्रबल संकेतहरू देखिन थालेका छन्।
कारागार प्रशासनका अनुसार, झडप कैदी विजय महतो र कैलाश ठाकुर नेतृत्वको दुई समूहबीच ‘नाइके’ बन्ने प्रतिस्पर्धाका कारण भएको थियो। नाइके पदको प्रभाव, आर्थिक लाभ, र कैदी व्यवस्थापनको शक्ति विवादको मूल जड भएको बुझिएको छ।
वर्तमानमा कारागारमा १६ जना नाइके र ३६ जना सहनाइके रहेका छन्, जसले ४४३ कैदीबन्दीहरूलाई व्यवस्थापन गर्छन्। यही संरचनाले केही व्यक्ति र समूहलाई अत्यधिक प्रभावशाली बनाइदिएको छ।
आन्तरिक स्रोतअनुसार, कैदीबन्दीको मासिक, दशैं, तथा जाडो भत्ताबाट नाइकेहरूद्वारा लाखौँको अवैध असुली हुने गरेको खुलेको छ। विजय महतोमाथि चौकीदारीको आडमा संगठित असुली सञ्चालन गरेको आरोप लागिरहेको छ।
कैलाश ठाकुरलाई झडपपछि स्थानान्तरण गरिएको भए पनि उनले कारागारभित्र आफ्ना समर्थकमार्फत तनाव बढाइरहेको स्रोत बताउँछ। दुई पक्षबीच मासिक २ लाख रुपैयाँको असहमति पनि झडपको कारण बनेको बताइएको छ।
झडपमा विजय महतो, बरुण महतो, शिवकुमार राम, दीपक ठाकुर, जय प्रकाश चौधरी, अन्जनी कुशवाह, रिपेन्द्र झा, सन्तोष सिंह, बैजु दास, मकेश्वर महतो, दीपेन्द्र यादव, जितन साह, र सत्यनारायण कारक घाइते भएका छन्।
तीमध्ये केहीले कारागार प्रशासनमाथि ३५ लाख रुपैयाँको घुस लिएर झडपको वातावरण तयार गरेको गम्भीर आरोप लगाएका छन्।
कारागार प्रमुख सुवोधकुमार महतोले नाइके प्रणालीमै सुधार आवश्यक रहेको स्वीकार गरेका छन्। उनका अनुसार, असमान व्यवस्थापन र संगठित स्वार्थले भविष्यमा अझ ठूलो हिंसा निम्त्याउन सक्छ।
साउन ३ गते मात्रै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा कारागारमा खोजतलासी गरिएको थियो। त्यसको भोलिपल्टै झडप हुनुले कारागारभित्रै संगठित आपराधिक गतिविधि चलिरहेको सङ्केत गर्छ।
हाल चौकीदारमा रहेर आन्तरिक प्रशासन चलाइरहेका विजय महतोप्रति अविश्वास बढेसँगै कैदीबन्दीहरूको ठूलो समूहले इन्द्रजित यादवलाई चौकीदारमा नियुक्त गर्नुपर्ने माग राखेका छन्। इन्द्रजित यादवमाथि हालै लगाइएको गुण्डागर्दीको आरोप तथ्यहिन रहेको पुष्टि भएको छ। उनीमाथि सञ्चारमाध्यमहरूमा प्रचारित सामग्रीलाई भ्रामक र बदनाम गराउने नियतसाथ सम्प्रेषण गरिएको दाबी गरिएको छ।
पूर्वकैदी हरेराम यादवका अनुसार, यस्ता झडप पहिले पनि भएका थिए तर बाहिर नआएका मात्र हुन्। “अहिलेसम्म पनि पैसाकै लेनदेनमा कुटाकुट हुने गरेको हो,” उनले भने।
वर्तमान घाइतेहरू उपचारका लागि काठमाडौं पठाइए पनि उनीहरू पुनः सिरहा कारागारमा फर्काइएमा अवस्था थप जटिल बन्ने सम्भावना रहेको छ। झगडालु प्रवृत्तिका बन्दीहरूलाई छुट्टै राख्नुपर्ने बहस शुरू भइसकेको छ। सिरहा कारागारमा देखिएको अव्यवस्थित नेतृत्व, अवैध असुली, र नाइके प्रणालीको दुरुपयोगले सम्पूर्ण कारागार प्रणालीमाथि प्रश्न उठाएको छ। सुधार नगरे पुनः हिंसात्मक झडप दोहोरिने खतरा बढ्दो छ। देशभरिका कारागारहरूमा पनि यस्तो अव्यवस्था सामान्य बन्न नदिन तत्काल नीति सुधार अपरिहार्य देखिन्छ।

महेश सिंह

महेश सिंह

Related Posts

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

बाल अधिकार र प्रतिभा प्रस्फुटनमा जोड दिँदै लहानमा बाल दिवस मनायो

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठकमा स्नातनीको भिड

लोकप्रीय

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

लहान सुनचाँदी व्यवसाय संघको संस्थागत विकासमा नगरपालिकाको प्रतिबद्धता, जग्गा दिने घोषणा

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • मोबाइल खरिदमा उपहारै–उपहार, गणपति मोबाइलको ‘डबल धमाका अफर
  • जलवायु परिवर्तन न्यूनीकरणमा विद्यार्थीको भूमिका बढाउँदै, दुई विद्यालयमा इको क्लब
  • महिलालाई प्रमुख स्थानमा उम्मेदवारी दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’
  • विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य : उमेश चौधरी
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?