महेश सिंह लहान सिरहा- गोलबजार नगरपालिका–११, बलकवा (साविक वडा नं. ३ मुसहरी बस्ती) मा १५० भन्दा बढी दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षाप्रति रुचि जगाउँदै विद्यालयीन बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले कापी–कलम वितरण कार्यक्रम सम्पन्न गरिएको हो।
सक्रिय युवा समूह बलकवााको पहलमा तथा ‘हेल्पिङ हट नेपाल’को आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा स्थानीय सरोकारवाला, अभिभावक तथा बालबालिकाको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रमको अध्यक्षता सक्रिय युवा समूहका प्रतिनिधिले गरेकामा आयोजक पक्षले यसलाई ‘बालबालिकाको शैक्षिक भविष्यका लागि महत्वपूर्ण कदम’sa रूपमा व्याख्या गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि तथा गोलबजारका अगुवा नेता एवं समाजसेवी राम सगुन यादवले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न शिक्षा नै प्रमुख माध्यम भएको भन्दै आगामी दिनमा व्यक्तिगत स्तरबाट पनि दलित बालबालिकाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
अध्यक्षता गरेका प्रतिनिधिले बालबालिकाको सफलताका लागि समुदायको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै निरन्तर सहयोग र साथका लागि सबैमा धन्यवाद व्यक्त गरे। कार्यक्रममा सक्रिय युवा समूहका विजय भूषण ठाकुर र प्रदीप पासमानले समन्वय तथा सञ्चालन कार्य सशक्तरूपमा जिम्मेवारीपूर्वक वहन गरेको आयोजकले जनाएको छ।







