Np Khabar
Advertisement
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद
Wednesday, September 9, 2026
ई-पेपर
No Result
View All Result
Np Khabar
No Result
View All Result

लहान रेडक्रस साधारणसभा : हजारौं युनिट रगत संकलन,आगामी वर्षका महत्वाकांक्षी योजना सार्वजनिक

लहान रेडक्रस साधारणसभा : हजारौं युनिट रगत संकलन,आगामी वर्षका महत्वाकांक्षी योजना सार्वजनिक

महेश सिंह लहान- नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको २२औं वार्षिक साधारणसभा शनिबार लहानमा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपशाखाले जिल्लामा निरन्तर २४सै घण्टा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ।
उपशाखाका सचिव महेश कुमार महतोले प्रस्तुत गरेको प्रतिवेदनअनुसार वर्षभरि जिल्लाका विभिन्न ४८ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। मोबाइल टोली तथा स्वयंसेवी रक्तदाताबाट संकलित हजारौं युनिट रगत लहानसहित सिरहा, कर्जन्हा, मिर्चैया, गोलबजारलगायतका अस्पतालमा वितरण गरिएको रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज प्रदीप कुमार यादव ‘मनिष’ले बताए।

रेडक्रसले अतिविपन्न परिवारलाई कम्बल वितरण गर्नुका साथै नवराजपुर गाउँपालिकाका ६० जना बिरामी र थ्यालेसेमिया पीडित १५४ बालबालिकालाई निःशुल्क रक्त सेवा दिएको जनाएको छ। स्थानीय सरकारको सहयोगमा सेवा केन्द्रको भवन मर्मत, भान्सा तथा शौचालय निर्माणसमेत सम्पन्न भएको छ।
सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रगत व्यवस्थापन सफ्टवेयर सञ्चालन, विपद् व्यवस्थापन कार्यक्रम विस्तार, अत्याधुनिक ल्याब स्थापना र रक्त संकलनका लागि भ्यान खरिदलगायतका योजना अघि सारिएका छन्।
सभालाई सम्बोधन गर्दै लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले ‘रक्तदानभन्दा ठूलो दान केही हुँदैन’ भन्दै रक्त संकलनका लागि आवश्यक चार चक्का गाडी खरिदमा नगरपालिकाबाट ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे। उपशाखाका सभापति फुलेश्वर महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री राजलाल यादव, नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका उपाध्यक्ष बेच्न प्रसाद यादव, प्रादेशिक अस्पताल लहानका अध्यक्ष राम नारायण मेहता, नेत्र ज्योति संघका चन्देश्वर महतो, समाजसेवी जयकृष्ण यादव तथा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता , वरिष्ठ समाज सेवी राकेश झा ,शंकर प्रसाद गुप्ता , ट्राफिक इन्चार्ज लगायतका  सहभागी थिए।

कार्यक्रमको अन्त्यमा रेडक्रसको मानवीय सेवालाई अझ प्रभावकारी बनाउन स्थानीय तह, संघसंस्था र स्वयंसेवकबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

लोकप्रीय

सुपर संचार मिडिया द्वारा संचालित  Super Sanchar अनलाईन मधेशको प्रख्यात न्युज पत्रिका हो
www.npkhabar.com/
अतरिया कैलाली, । सुदूरपश्चिम प्रदेश
[email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक : महेश सिंह
सम्पर्क  +
सल्लाहकार : सुरेश कार्की
सम्वाददाता : लक्ष्मण बजगाई
सम्वाददाता : सुमीत्रा भण्डारी

सम्पर्क

कार्यालय : ईलाम नगरपालिका वडा नं. ७
कम्प्युटर ले-आउट : NP Khabar

बजार व्यवस्थापक

प्रदिप सिंह

भर्खरै प्रकाशित

  • भोटेकोशी बिनाशकारी घटना लाई दु:ख व्यक्त गर्दै बिश्व हिन्दु परिषद नेपाल सिरहाद्वारा दीप प्रजवलन र श्रद्धाञ्जली अर्पण
  • रसुवा बाढीपहिरो पीडितका लागि लहान सिटी जेसीजको राहत अभियान
  • संस्कृति र संस्कार सिकाउँदै माइलस्टोन एकेडेमीमा भव्य जन्माष्टमी उत्सव
  • विपन्न परिवारको सुरक्षामा समाजसेवी यादवको पहल, बस्ती–बस्तीमा झुल
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अन्तराष्ट्रिय
  • विजनेस
  • अन्तर्वार्ता
  • देश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन शैली
  • मनोरञ्जन
  • विचार
  • खेलकुद

© 2022 NP Khabar - All copyrights reserved. || Website by : Nitra Host.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?